×

NIC ASIA

नवौं राष्ट्रिय खेलकुदः प्रदेश १ लाई हराउँदै सुदूरपश्चिम विजयी

भदौ २६, २०७९

Prabhu Bank
NTC
Premier Steels

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष राष्ट्रिय क्रिकेटमा आइतवारको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३१ रन बनायो । 

Muktinath Bank

प्रदेश १ का दीपेश कँडेलले सर्वाधिक ३४ रन बनाउँदा फिर्दाेस अन्सारीले ३३, सोनु मण्डलले २६ र सन्दीप ढुंगानाले १३ रनको पारी खेले । सुदूरपश्चिमका मिलन बोहराले दुई विकेट लिए । यस्तै, हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउद र नारायण जोशीले समान एक÷एक विकेट लिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरा २० ओभरमा सात विकेट गुमाएर १ सय ४४ रन जोड्नसक्यो । सुदूरपश्चिमका वसन्त खत्रीले सर्वाधिक ५३ रन बनाए । वसन्तले ४० बलमा दुई चौका र चार छक्का प्रहार गरे । यस्तै मिलन बोहराले ४४ र लोकेन्द्र चन्दले २४ रनको व्यक्तिगत पारी खेले ।


Advertisment
Nabil box
Kumari

सुदूरपश्चिम पहिलो खेलमा एनआरएनएसँग १२ रनले पराजित भएको थियो । बागमतीसँग भने सुदूरपश्चिमले अंक बाँडेको थियो । सुदूरपश्चिले अब भदौ २८ मा मुलपानीमा विभागीय टोली एपिएफसँग खेल्नेछ । प्रदेश १ ले पहिलो खेल वागमतीसँग वर्षाको कारण अंक बाँडेको थियो । प्रदेश १ ले एपिएफसँग पनि वर्षाको कारण बाँडेको थियो । प्रदेश १ ले सोमवार एनआरएनसँग खेल्नेछ ।

Vianet communication

कीर्तिपुर मैदानमा आइतवारको दिनको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकालेको छ । ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिसले १०.४ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो । पुलिसका ओपनर सुनिल धमलाले २४ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेल ४० बलमा ५ चौका र १ छक्का सहित ३९ रन र पवन सरार्फ १ रनमा अविजित रहे । 

कर्णालीका प्रकाश जैशीले १ विकेट लिए । यसअघि हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले १९.३ ओभरमा सबै विकेट गुमाएर मात्र ८५ रन जोडेको थियो । कर्णालीका लागि ओपनर तथा कप्तान रविन्द्र शाही र अर्का ओपनर विपिन रावलले क्रमश २७ र १७ रनको पारी खेल्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । 

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशीले समान ३÷३ विकेट निकाल्दा सागर ढकाल र मञ्जित श्रेष्ठको नाममा समान २÷२ विकेट रह्यो ।

पुलिसले सोमवार त्रिवि मैदानमा लुम्बिनी प्रदेशसँग खेल्नेछ । कर्णालीले मंगलवार मधेस प्रदेशसँग त्रिवि क्रिकेट मैदानमा नै खेल्नेछ । यसअघि पुलिसले वर्षाको कारण मधेस प्रदेशसँग वर्षाको कारण अंक बाँडेको थियो । 

कर्णालीले वर्षाको कारण लुम्बिनी र त्रिभूवन आर्मी क्लबसँग अंक बाँडेको थियो । प्रतियोगिता अन्तर्गत आइतवार मूलपानीमा तय भएको एनआरएनए स्पोर्टस एकेडेमी र वागमती प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशबीचका दुवै खेल रद्ध भएका छन् । मूलपानी क्रिकेट मैदान ओसिलो भएकाले खेल रद्द भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x