×

NIC ASIA

अशोक शर्मा भन्छन् – नेपालमा ‘प्रेम गीत ३’ हिन्दी डब प्रदर्शन नगरौँ

असोज ३, २०७९

Prabhu Bank
NTC
Premier Steels

निर्माता, निर्देशक एवं कलाकार अशोक शर्माले ‘प्रेम गीत ३’को हिन्दी डब नेपालमा प्रदर्शन नगर्न अनुरोध गरेका छन् । चलचित्र संघका पूर्वमहासचिवसमेत रहेका शर्माले बरु चलचित्र देशका अन्य जातजातिका भाषामा डब गरेर प्रदर्शन गर्न सुुझाव दिएका छन् । 

Muktinath Bank

उनले फेसबुकमा स्टाटस् लेख्दै निर्माता, वितरक एवं अभिनेतालाई अनुरोध गरेका छन्, ‘प्रेम गीत ३’ का निर्माता श्री सन्तोष सेन भाइ, वितरक श्री मनोज राठी र गोविन्द शाही तथा कलाकार श्री प्रदीप खड्का भाइहरूलाई विनम्र अनुरोध छ, नेपालमा  उक्त चलचित्र नेपाली, अझ सम्भव भए हिन्दीमा जस्तै देशका अन्य जात–जातिका भाषामा डब गरी प्रदर्शन गरौँ, तर हिन्दीमा नगरौँ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शर्माले हिन्दी डब प्रदर्शन हुँदा यसको दूरगामी प्रभाव हाम्रो भाषा, संस्कृति र क्षेत्रमा पर्ने बताएका छन् । आफूले अनुरोध मात्र गर्न सक्ने भए पनि निर्णय भने चलचित्र टिमको रहेको शर्माको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

‘प्रेम गीत ३’ आगामी शुक्रवारदेखि नेपाल र भारतसँगै अन्य विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउँदैछ । भारतमा हिन्दी भाषामा डब भएर प्रदर्शन हुन लागेको चलचित्र नेपालमा भने नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने तयारी छ । 

Vianet communication

चलचित्रको हिन्दी डब नेपालमा प्रदर्शन हुन लागेको विषयलाई लिएर यतिबेला तर्क वितर्क भइरहेका छन् । निर्माण टिमले हिन्दी डबले नेपाली चलचित्रले झैं सेवा सुविधा पाउनुपर्ने माग विकास बोर्डसमक्ष गरेको छ । यद्यपि, बोर्डले भने हिन्दी डब(संस्करण)को प्रतिलिपि बलिउड कम्पनीले किनेको हुँदा ‘विदेशी’ प्रक्रियाबाटै चलचित्र प्रदर्शनमा आउनुपर्ने बताएको छ । 

विदेशी चलचित्रले चलचित्र विकास कर बापत १५ प्रतिशत शुल्क तिर्नुपर्छ । यता, चलचित्र हलहरूले रातिको शो समेत बन्द गरेका छन् । ‘प्रेम गीत ३’को हिन्दी डब ‘विदेशी’ प्रक्रियाबाटै प्रदर्शनमा आउनुपर्ने र हलले ११ रातिको शो नराखेको भन्दै निर्माण टिम आक्रोशित छ । ‘प्रेम गीत ३’ टिम यतिबेला भने प्रिमियरका लागि मुम्बईमा छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x