×

NIC ASIA

सञ्चार मन्त्रालयले भन्यो– हिन्दी डब भए पनि ‘प्रेमगीत ३’ नेपाली फिल्म हो

असोज ६, २०७९

Prabhu Bank
NTC
Premier Steels

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको बताएको छ । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’लाई नेपाली फिल्म नै भन्ने निर्णय भएको बताए । 

Muktinath Bank

‘प्रेम गीत ३ नेपाली कम्पनीले बनाएको छ । नेपालको पैसा खर्च भएको छ । नेपालमा छायाँकन छ । नेपाली कलाकारहरू छन्’, पोखरेलले लोकान्तरसँगभने, ‘अनि कसरी विदेशी फिल्म भयो ?’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले हिन्दी भाषामा डब गर्न पाउने कानुनी व्यवस्था भएको बताउँदै डब गर्ने वित्तिकै विदेशी फिल्म भन्न नमिल्ने बताए । मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाउने छ । फिल्मले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । हिन्दी संस्करणको सेन्सर भने बाँकी छ । फिल्म आज सेन्सर हुनेछ । 


Advertisment
Nabil box
Kumari

चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ लाई विदेशी फिल्म बनाउँदै १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने बताउँदै सेन्सर सिफारिस गरेको थियो । बुधवार फिल्मको हिन्दी संस्करणलाई बोर्डले विदेशी फिल्म करार गरेपछि वितरकले सञ्चार मन्त्रालयमा निवेदन दिएका थिए । 

Vianet communication

त्यसपश्चात छलफलको लागि बोर्ड अध्यक्ष भुवन केसीलाई मन्त्रालयले बोलाएको थियो । मन्त्रालयका प्रवक्ता पोखरेलका अनुसार अब फिल्म नेपाली फिल्मसरह रिलिज हुनेछ । स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको ‘प्रेमगीत ३’मा प्रदीप खड्का र क्रिष्टिना गुरुङको शीर्ष भूमिका छ । निर्माण टिम भने यतिबेला फिल्म प्रिमियरका लागि मुम्बईमा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x