×

NMB BANK
NIC ASIA

नेता असल भए तीव्र विकास हुन्छ : मन्त्री चौधरी

असोज ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता असल भएमा विकासका काम तिव्र हुने बताएका छन् । बारामा आयोजित कार्यक्रममा शुक्रबार बोल्दै चौधरीले यो जिल्ला पछि पर्नुको कारण यहाँ असल नेता नभएको धारणा राखे । 
‘जुन ठाउँका नेता असल, इमानदार र विकास प्रेमी हुन्छन् त्यहाँ तिव्र गतिमा विकास पुग्छ । तर जहाँ जनताको काममा ध्यान दिने भन्दा पनि गफ ठुला गर्ने नेता हुन्छन्, जहाँ जनतालाई हेप्ने, थर्काउने नेता हुन्छन्, त्यहाँ विकास हुँदैन,’ उनले भने । 

Muktinath Bank

चुनाव जितेपछि नेता पार्टी भन्दा माथि उठेर विकासका काममा लाग्नुपर्ने बताएका सहरी मन्त्री चौधरीले किसान श्रेष्ठ बारामा विकास गर्न र यो ठाउँलाई माथि उठाउन आउन लागेको बताए । 
कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका किसान श्रेष्ठले अब बारामा विकास र सम्बृद्धिको मुल फुट्ने दाबी गरे । बाराको विकासमा उनले जनताले चाहे जति बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक दिपिल शेखर श्रेष्ठले स्थानीय तह आत्मनिर्भर हुन जरुरी रहेको बताउँदै शिलान्यास भएका आयोजनाहरु समयमै सकिने बताए । 
सघन सहरी तथा भवन निर्माण बाराका आयोजना प्रमुख झपट बहादुर थापाले शिलान्यास गरिएका जम्मै आयोजनाहरुले जनताको जीवनमा ठुलो परिवर्तन आसा व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा, सुन्दर विक, एकबाल मियाँ, सीता गुरुङ, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी लगायत विभिन्न दलका प्रतिनिधिहरुले आआफ्ना मन्तव्य राखेका थिए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x