×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

संघीय सांसद बन्ने प्रत्यक्ष दौडमा १ नम्बर प्रदेशका ४ महिला नेत्री

असोज २६, २०७९

NTC
Premier Steels

१ नम्बर प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा ४ जना महिला प्रत्यक्ष चुनावी मैदानमा होमिएका छन् । नेकपा एमालेका २ र नेपाली कांग्रेसका २ जना महिला चुनावी दौडमा रहेका छन् ।

Muktinath Bank

कांग्रेसका सीता गुरुङ र सुजाता कोइराला तथा एमालेका भगवती चौधरी र मञ्जु चौधरी चुनावी दौडमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी गुरुङ तेह्रथुमबाट चुनाव लड्दैछिन् । उनले एमालेका डा. विजय सुब्बासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । समानुपातिक तर्फबाट संविधानसभा सदस्य भएकी गुरुङ प्रत्यक्ष तर्फबाट पहिलोपटक चुनावी मैदानमा आउँदैछिन् ।


Advertisment
Nabil box
Kumari

२ पटक चुनाव जितेका सुब्बा तेस्रोपटक संसदमा छिर्नका लागि २३ वर्षपछि तेह्रथुमबाट लड्दैछन् । सुब्बाले २०४८ र २०५६ सालमा चुनाव जितेका थिए । २ पटक चुनाव जितेका सुब्बासँग गुरुङ पहिलोपटक चुनावी मैदानमा भिड्दैछिन् । 

Vianet communication

एमालेको पकड मानिएको तेह्रथुममा २०१५ र २०६४ सालबाहेक सबै निर्वाचनमा एमाले विजयी हुँदै आएको थियो । एमाले फुटेको तथा माओवादीले साथ दिएकाले तेह्रथुमबाट कम्युनिस्टको विरासत तोड्ने कसरतमा सीता छिन् ।

मोरङको २ नम्बर क्षेत्रबाट सुजाता कोइराला चुनावी मैदानमा छिन् । उनको प्रतिस्पर्धा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलसँग हुँदैछ । पोख्रेल र सुजाताको यो पहिलो भेट हो । पटक–पटक मन्त्री समेत भइसकेकी सुजाता पनि प्रत्यक्षतर्फ पहिलोपटक भिड्दैछिन् । यसअघि उनी समानुपातिकबाट संसद् छिरेकी थिइन् ।

अघिल्लो निर्वाचनमा मिनेन्द्र रिजाल विजयी भएका थिए । यो क्षेत्रमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले चुनाव लड्ने क्षेत्र हो । 

विजयकुमार गच्छदार २०४८ सालको चुनावमा पहिलोपटक संसद् छिरे । त्यसपछिका सबै चुनावमा उनी संसद् पुगिरहन्छन् ।

२०४८ देखि २०७४ सालसम्म भएका सबै चुनाव उनले आफ्नो पक्षमा पार्दै आएका छन् । छैटौंपटक चुनाव जितेका गच्छदार सातौंपटक संसद छिर्ने प्रयासमा छन् । उनलाई संसद् छिर्न रोक्नका लागि नेकपा एमालेकी भगवती चौधरीले कसरत गरिरहेकी छन् । यसअघिका २ चुनावमा गच्छदारसँगै पराजित बनेकी भगवती तेस्रोपटक भिड्दैछिन् ।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा ३६२ मतान्तरले चौधरीलाई गच्छदारले हराएका थिए । २०७४ सालको निर्वाचनमा ३२१ मतान्तरले भगवतीलाई नै उनले पराजय गरेका थिए । २०७४ सालको चुनावमा गच्छदारले मतगणनामा धाँधली गरेको भन्दै पराजित भगवती पुनः मतगणनाको माग राख्दै सर्वाेच्च पुगेकी थिइन् । त्यो मुद्दा अहिले पनि विचाराधीन छ ।

भगवतीले गच्छदारलाई रोकेर आफू माननीय बन्न तेस्रोपटक प्रयास गर्दैछिन् । यसअघि गच्छदार २०४८, २०५१, २०५६ र २०७४ सालका चुनावमा कांग्रेसबाट विजयी भएका थिए भने २०६४ सालको पहिलो संविधान सभामा मधेशी जनअधिकार फोरमबाट र २०७० सालको दोस्रो संविधान सभामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट विजयी भएका थिए ।

उदयपुरको १ नम्बर क्षेत्रबाट मञ्जु चौधरी प्रतिस्पर्धा गर्दैछिन् । उनले परराष्ट्रमन्त्री नारायण खड्काको सामना गर्नुपर्नेछ । २०७४ सालको निर्वाचनमा तिनै खड्कासँग उनी पराजित बनेकी थिइन् । उनको यो तेस्रो प्रतिस्पर्धा हो । २०७४ सालको चुनावमा वाम गठबन्धनकी उम्मेदवार बनेकी चौधरी खड्कासँग ५४८ मतान्तरले पराजित भएकी थिइन् ।

उनी उदयपुर–२ बाट २०७० सालको निर्वाचनमा निर्वाचित भएकी थिइन् । खड्काले २०६४, २०७० र २०७४ सालका निर्वाचन जितेका छन् । खड्का चौथोपटक संसद् छिर्ने प्रयासमा छन् । २०७० सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनले उदयपुर–१ बाट जीत हासिल गरेकी थिइन् । उनी यसअघि शहरी विकास राज्यमन्त्री समेत भइसकेकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x