×

NMB BANK
NIC ASIA

अब संसदको हत्या गर्न कसैले आँट गर्न सक्दैन : मन्त्री चौधरी

कात्तिक २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसदको हत्या गर्ने आँट नगर्ने बताएका छन् । एकीकृत समाजवादी क्षेत्र नम्बर १, दाङले बुधबार लमहीमा आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलामा मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् । 

Muktinath Bank

संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणाली जस्ता उन्नत व्यवस्था सहितको उत्कृष्ट संविधानमाथि केपी ओलीले पटक पटक प्रहार गरेको बताउँदै मन्त्री चौधरीले भने, ‘दुई वटा मुख्य पदमध्ये एकमा महिला हुनै पर्ने, सीमान्तकृत जातजातिलाई समावेशी प्रणाली मार्फत् राज्यले उनीहरुको उपस्थितिको सुनिश्चित गर्ने, सबै धर्मलाई समानताको व्यवस्था जस्ता तमाम नयाँ जनपक्षीय प्रावधान हामीले संविधानमा राख्यौँ । देश अब प्रगतिशिल रुपान्तरणको बाटोमा जान्छ भन्ने आशा र अपेक्षा जनताले गरेको बेला ओली नेतृत्वको एमालेले नयाँ संविधानमाथि निरन्तर प्रहार गरि रह्यो । तर अब हाम्रै कारणले कसैले पनि संसदको हत्या गर्ने आँट गर्ने छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री चाैधरीले आफ्नै कारण मुलुकभर खरको छानो मुक्त गर्ने अभियान चलिरहेको बताउँदै भने, ‘लमहीमा सडक कालोपत्रे गर्न ५० करोड, गढवामा ३२ करोड, भालुवाङको लागि ८ करोडको ब्यवस्था भएको छ । अब राप्ती कोरिडोर आयोजनाको डिपिआर हुने छ । राप्तीको श्रीनारायण चोक देखि ५५ किलोमिटरमा स्वर्गद्वारी जोडिने बाटोको काम सुरु हुनेछ । त्यस्तै बनगाउँ चोकदेखि स्वर्गद्धारीसम्म केबुलकार निर्माणको काम अघि बढ्ने छ । दाङका प्रमुख सहरहरु जोड्नेगरि पोड वे सञ्चालनको कामलाई अघि बढाइनेछ ।’ 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x