×

NMB BANK
NIC ASIA

करीब १ वर्षपछि उपसम्पादकको विज्ञापन गर्‍यो संस्थाले । सरकारी सञ्चार संस्थानको उपसम्पादक सातौं तहको पद वरिष्ठ शाखा अधिकृत सरहको थियो । 

Muktinath Bank

आफू कार्यरतभन्दा १ तहमाथिको पद भएकाले गोपालले पनि दरखास्त दियो । राम्रै अंकमा पास गर्‍यो लिखित र मौखिक दुवैमा । त्यसपछि उपसम्पादकको जिम्मेवारी समाल्न पुग्यो सम्पादकीय विभागमा । पहिले जहाँ लेख–रचना बुझाउन जान्थ्यो, अब सोही स्थानमा बसेर लेख–रचना बुझ्न थाल्यो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रायः भन्ने गरिन्छ संसार स्वार्थी छ । हो संसार स्वार्थी नै छ । सबै आफ्नै लागि भएका हुन्, आएका हुन् । त्यसैले स्वार्थी हुने नै भए तर त्यो आधा मात्र सत्य हो, पूर्ण सत्य होइन । पूर्ण सत्य त यही हो कि संसारमा स्वार्थी मात्र छैनन्, स्वार्थबाट माथि उठेका पनि छन् । नराम्रा मात्र छैनन्, राम्रा पनि भेटिन्छन्, छिटपुट कहीँकतै । उदाहरणका लागि गोपाललाई नै लिन सकिन्छ ।   


Advertisment
Nabil box
Kumari

उसले आफ्नो ३० वर्षीय नोकरीको अवधिमा सालाखाला ३० जनाभन्दा बढी हाकिम व्यहोरेको थियो, एउटै व्यक्ति अध्यक्ष तथा महाप्रबन्धक भएर आएका र अलग–अलग व्यक्ति अध्यक्ष तथा महाप्रबन्धक भएर आएका गरी । यिनमा कोही ३ महिनाका लागि आउने पर्थे, कोही १३ दिनका लागि । सालाखाला वर्षका १ जना हाकिम फटाएको थियो उसले ।

Vianet communication
Laxmi Bank

यस्तो हुनुको कारण थियो संस्थानको हाकिम हुन सत्तारुढ पार्टीको छाप लाग्नुपर्ने । यदाकदा त्यतिले मात्र नपुगी गुट वा उपगुटको समेत लाइसेन्स बोक्नुपर्ने हुन्थ्यो । यीमध्ये नाम लिन लायक भने २–३ जना मात्र भेट्यो गोपालले । बाँकी सबै जागिर खान आएका थिए – खाए, गए । आफूले पनि खाए, आफ्नालाई पनि खुवाए । यस्तै नाम लिन लायक १–२ जनामा ती महाप्रबन्धक पनि थिए, जतिबेला गोपालले उपसम्पादक बन्ने अवसर पाएको थियो ।

श्रेष्ठ थरी काठमाडौंका रैथाने नेवार ती महाप्रबन्धक साह्रै सज्जन थिए । हमेशा संस्थाको कुरा गर्थे, संस्था बचाउनुपर्छ भन्थे । संस्था बचे मात्र स्टाफ बाँच्न सक्छन् भन्ने उनको मान्यता थियो । आफैं सम्पन्न र सम्भ्रान्त परिवारका थिए संस्थानबाट कमाउनु थिएन । कमाउनु थियो त केवल संस्थानकै लागि । जति बसे संस्था हितकै कुरा गरे, संस्था हितकै काम गरे । न विवेकलाई बन्धकी राखे, न आफ्नो र पराइ नै भने । न माथिको तोक–आदेशलाई भाउ दिए । तोक आदेशको भरमा कर्मचारी नियुक्ति गर्दै जाने हो भने संस्थानको भुँडी फुट्छ भन्थे आएका तोक आदेशलाई दराजमा थन्क्याउँथे ।

गोपालकै नियुक्तिको समयमा पनि कम्ती दबाब नआएको होइन उनलाई । विभागीय मन्त्रीकै ठाडो लिखित आदेश आएको थियो तर उनले त्यसलाई समेत वास्ता गरेनन् र जो–जो पास हुन योग्य देखे, तिनैलाई पास गरे, गराए । यसको अर्थ विभागीय मन्त्रीले भनेको नमान्दा आफ्नै पद धरापमा पर्छ भन्ने उनलाई थाहा नभएको होइन । तैपनि त्यतातिर ध्यान दिएनन् । मन्त्री आउँछन्, जान्छन्, रहने संस्थानका पत्रकार तथा कर्मचारी नै हुन् भन्थे सोही अनुसार छनोट गर्थे ।

आखिर भयो त्यही । राम्रो काम गर्ने मानिसको भलो नहोस् भन्ने सतीको श्राप किन खेर जान्थ्यो र ? संस्थानको भलो चिताई असल नियतले काम गर्दागर्दै मन्त्रीले पठाएको अवकाशको पत्र बुझेर घरतिर लागे । सायद अरूमाथि कुभलो गर्छु भन्दा आफ्नै कुभलो हुन पुग्ने प्रकृतिकै नियम रहेछ कि, केही समयपछि प्रधानमन्त्रीको कोपभाजनमा परी ती मन्त्रीले समेत जागिरबाट हात धुनुपर्‍यो । २०४७ सालको संविधान निर्माता पार्टी सभापतिलाई अन्तर्घात गरी हराएर शक्तिशाली बन्न पुगेका प्रधानमन्त्रीको अहम्को अगाडि ती बबुराको के लाग्थ्यो र ? कुन कुरामा चित्त बुझेन छ कुन्नि उनीसहित ६ जना मन्त्रीलाई एउटै अचानो पारे । 

जे होस् महाप्रबन्धक हिँडेपछि प्रधानमन्त्रीका दाहिने हात भनेर चिनिएका कांग्रेसी नेता अध्यक्ष भएर आए । त्यसपछि शुरू भयो संस्थानमा राजनीतिक रोगको नराम्रो शृंखला । सर्वप्रथम तत्कालीन महाप्रबन्धकले रोकेका नयाँ भर्ती अभियानलाई खुला गरी संस्थानलाई भर्ती केन्द्रमा परिणत गरे । दरबन्दी छउञ्जेल दरबन्दीमै नियुक्ति गरे । बाँकी कतिलाई विना दरबन्दी अस्थायी नियुक्ति दिए, कतिलाई करारमा । त्यतिले मात्र नपुगेर ३० वर्षे नियम लागू गरी कैयौ पत्रकार तथा कर्मचारीलाई एउटै निर्णयले घाँटी रेटी त्यस स्थानमा समेत आफ्ना निकटलाई नियुक्ति दिए । संस्थामा भएका छँदैथे, निकालिएका पनि ३ वर्षपछि अदालतबाट पुनर्बहाली हुँदै आउन थाले । त्यसपछि संस्था यति बढी आर्थिक संकटमा फस्यो कि कर्मचारीलाई तलब खुवाउनकै लागि पनि बैंकबाट ऋण लिनुपर्ने अवस्था आयो ।
 
अझ डरलाग्दो पक्ष त के भने उनले संस्थामा यति बढी अस्थिरताको जग बसाएर गए कि उनीपछि आउनेले उनकै सिको गर्दै पुरानालाई हटाएर निकटस्थलाई नियुक्त गर्न थाले । उनले रोपेको अस्थिरताको बिउलाई पछि आउनेले गोडमेल र मलजल गर्दै गए । सुनिन्छ संस्थानमा त्यो रोग अहिलेसम्म पनि कायमै छ ।

यद्यपि उनी उपल्लै स्तरका नेता मानिन्थे, सिधै प्रधानमन्त्रीसित सम्पर्क राख्न सक्ने खुबी भएका तर संस्थानमा भने त्यो उचाइ कामय राख्न सकेनन् । उनी यसरी प्रस्तुत हुने गर्थे कि आफू निकट त्यो पनि गुट निकटबाहेक अर्कोलाई गन्दै गन्दैन्थे । उनको आँखामा पर्न कि प्रधानमन्त्रीको गुटको हुनुपथ्र्यो कि आफ्नो प्रिय पात्र, जसले गर्दा गोपाल शुरूदेखि नै उनको नजिक बन्न सकेन । कारण उसको ध्यान काममा हुन्थ्यो । काम छाडेर हाकिमको अघि उभिन उसले जानेकै थिएन ।  

फलतः संस्थाका हकिमसित उसको भेट कि पहिलो पटक हुन्थ्यो कि अन्तिम पटक । पहिलो पटक नयाँ हाकिम आउँदा चिनजानका लागि भेट्न जान्थ्यो । बिदा हुने बेला भने हाकिम आफैं बिदा हुन आए मात्र भेट हुने गथ्र्यो । यसबाहेक उसको भेट हुने भनेको आफ्नै सम्पादकसँग थियो । किनकि उसलाई काम लगाउने सम्पादक नै हुन्थे । आफ्नो स्वभाव अनुसार आउनासाथ ती हाकिमलाई भेट गर्न नगएको पनि होइन, त्यतिबेला उनले पनि आउँदै गर्नुहोला है भनेकै हुन् तर गोपालले स्वभाव अनुसार नभएकाले त्यसलाई पछ्याउन सकेन ।    

त्यत्तिकै निहुँमा उनलाई के लागेछ कुन्नि, सायद नियमित भेट गर्न नआउने मानिस आफ्नो होइन भन्ने लागेछ कि सम्पादकसँग ३ पटकसम्म सोधेका थिए रे त्यो मानिस कस्तो हो भनेर । धन्य सम्पादकले आफूलाई ढाँट्न सकेनछन् र बच्यो । अन्यथा उसको पनि कि जागिर जान्थ्यो कि प्रशासन शाखातिर सरुवा निश्चित थियो । किनकि उनले यस्तै निहुँमा एक होनहार पत्रकारलाई विज्ञापन शाखामा सरुवा गरेका थिए । स्वाभिमानका धनी ती अग्रज पत्रकारले त्यसलाई पचाउन सकेनन् र तत्कालै राजिनामा दिएर हिँडे । पछि गएर उनी सोही संस्थाको प्रधान सम्पादक बनेर आएका थिए ।

नियमित भेट गर्न नगएकै कारण परीक्षणकाल थपिएर दुःख पाउने पत्रकार साथी पनि कति थिए कति । उनीहरू पनि यति बढी काबिल थिए कि तिनैमध्येका कोही पछि सोही संस्थाका महाप्रबन्धक हुन पुगेका थिए भने केही प्रधान सम्पादकको जिम्मेवारीमा पुगेका थिए । यस्तै उतारचढाव झेल्दै गोपालले ७ वर्षसम्म उपसम्पादकमा गुजार्‍यो । पद खाली हुँदाहुँदै पनि बढुवाको सूचना निकालिएन । जबकि उभन्दा कैयौ जुनियर सिनियर बनेर गए । कैयौ नयाँ सिनियर बनेर आएका थिए । तैपनि गोपालका निम्ति ७ वर्षसम्म कहिल्यै काग कराएन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x