×

NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

बारा– ४ को चुनावी माहोल तताउने व्यावसायिक दुश्मनी: किन एकअर्काविरुद्ध खडा भए किसान र इच्छा ?

कात्तिक १७, २०७९

Prabhu Bank
NTC
Premier Steels

बाराको निर्वाचन क्षेत्र नम्बर ४ मा केही वर्षअघिसम्मका व्यावसायिक साझेदार अहिलेको प्रतिनिधिसभा चुनावमा एकअर्काका प्रतिद्वन्द्वी बनेका छन् । 

Muktinath Bank

कृष्णकुमार श्रेष्ठ (किसान) र इच्छाबहादुर वाग्ले केही वर्षअघिसम्म संयुक्त कारोबार गर्थे । करोडौंको जग्गा कारोबारमा व्यावसायिक साझेदार थिए । सिमरामा उनीहरू दुवैले करोडौंको जग्गा संयुक्त लगानी गरी खरिद गर्ने तथा प्लटिङ गरी बिक्री गर्ने गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकले अर्काको प्रशंसा गरेरै नथाक्ने यी दुईबीच घनिष्ठ सम्बन्ध थियो । 


Advertisment
Nabil box
Kumari

‘श्रेष्ठ तनहुँ वा काठमाडौंबाट सिमरा आउँदा वाग्लेले सञ्चालन गरेको होटल इच्छामा सँगै बस्ने र खाने गर्थे । तर अहिले यी दुईबीच एकअर्कालाई जसरी पनि सिध्याउने तहको दुश्मनी छ,’ सिमराका एक स्थानीय युवाले लोकान्तरसँग भने । 

Vianet communication

त्यसको झझल्को अहिलेको प्रतिनिधिसभा चुनावमा समेत देखापरेको छ । 

‘बारा–४ बाट किसान श्रेष्ठले टिकट पाएपछि उनलाई हराउनकै लागि भनेर वाग्लेले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्,’ ती युवाले थपे, ‘उनले त कतिपय सार्वजनिक कार्यक्रममा नै पनि आफू जित्न भन्दा पनि किसान श्रेष्ठलाई हराउनका लागि उठेको समेत भनिसकेका छन् ।’ 

त्यसबाट पनि ती दुईजना व्यावसायिक साझेदार बीच कुन हदसम्मको दुश्मनी रहेछ भन्ने देखाउँछ । कुनै बेलाका मिल्ने साथी अहिले बारा–४ मा प्रतिनिधिसभा सदस्य पदका लागि एकअर्काका प्रतिद्वन्द्वी बनेका छन् ।

दुवैले एकअर्काको जमानत जफत गरिदिने भनेर चुनावीसभा तथा अगुवा कार्यकर्ता भेलामा चेतावनी समेत दिने गरेका छन् । 

श्रेष्ठ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार छन् । नेकपा एसबाट टिकट पाएका उनले वाग्लेले बढीमा २ सय मत पाउने दाबी गरिरहेका छन् ।

श्रेष्ठ यसअघि २०७४ को निर्वाचनमा तनहुँ– १ बाट निर्वाचित भएका थिए । उक्त चुनावमा उनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए । यसपटकको चुनावमा सत्ता गठबन्धनबाट तनहुँ– १ मा पौडेलले नै टिकट पाएपछि श्रेष्ठ बारा–४ मा आएका हुन् ।   

‘टिकट नपाएको भए उहाँ त यहाँ कहिल्यै फर्किएर आउने मान्छे पनि होइन,’ श्रेष्ठका प्रतिद्वन्द्वी वाग्लेले लोकान्तरसँग भने, ‘दुईवटा व्यापार गर्नुभएको थियो । एउटा क्लासिक फ्याक्ट्री लगाउनुभएको थियो, त्यो पनि बेचिसक्नुभयो । अर्को क्लासिक होटलमा उहाँको नाम मात्रको शेयर छ ।’

क्लासिक प्लाजा

क्लासिक होटलको ७५ देखि ८० प्रतिशत शेयर श्रेष्ठले बेचिसकेको तर आफू नै मालिक हो भनेर भ्रम छरिरहेको आरोप वाग्लेले लगाए । 

‘तनहुँमा एउटा वडा पनि उहाँको पार्टीले जितेन, तर रामचन्द्र पौडेलको बहाना बनाएर यहाँ आउनुभएको छ । उहाँ चुनावपछि प्लेन चढेर काठमाडौं गएपछि कहिल्यै फर्किनुहुन्न,’ उनले थपे, ‘उहाँले रामचन्द्र पौडेललाई टिकट छाडेको भनेर कांग्रेसको मत आफूतिर आकर्षित गर्न खोज्नुभएको हो ।’ 

कांग्रेसको मत श्रेष्ठभन्दा बढी आफूलाई आउने उनको जिकिर छ ।​ विगतमा आफू कांग्रेसमा नै लामो समयदेखि सक्रिय भएर लागेका कारण कांग्रेसीहरूले आफूलाई मत दिने उनले बताए । 

किसान श्रेष्ठ

व्यावसायिक साझेदारीदेखि दुश्मनीसम्मको कथा  

एक स्थानीयका अनुसार, किसान श्रेष्ठले क्लासिक होटल खोलेपछि यी दुईबीच तिक्तताको शुरूआत भएको हो । त्यतिबेलादेखि शुरू भएको मनमुटाव वाग्लेले मसानघाटको करीब ६ बिघा जग्गा खरिद गरेर बिक्री गरेपछि दुश्मनीमा परिणत भएको उनी बताउँछन् ।

‘बाराकै गौतम थरका एक मालपोत कर्मचारीले मसानघाटको सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराएर सबै जग्गा वाग्लेलाई बेचेका थिए,’ ती स्थानीयले भने, ‘त्यो जग्गा वाग्लेले पछि वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगीदेखि उद्योगपति अशोक वैद्यका छोरालाई समेत गरी बेचेर सके ।’

उक्त जग्गा काण्डबारे स्थानीयदेखि राष्ट्रिय सञ्चारमाध्यममा समाचार आउनुमा पर्दापछाडिबाट श्रेष्ठले नै भूमिका निर्वाह गरेको बुझाइ वाग्लेको छ । त्यसबाहेक उक्त जग्गाको विषयमा अदालतमा मुद्दा गर्नेदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिनेमा श्रेष्ठकै हात रहेको भनेर वाग्ले श्रेष्ठसँग नराम्ररी चिढिएका छन् ।

‘हुन त अहिले पनि कतिपय जग्गाको कारोबारमा दुवैजनाको संयुक्त लगानी छ,’ ती स्थानीयले थपे, ‘तर त्यो कारोबार भए पनि राजनीतिक रूपमा यी दुई अहिले एकअर्काको प्रतिस्पर्धी भएका छन् ।’

होटल इच्छा

अर्का एक स्थानीय पनि वाग्ले र श्रेष्ठबीच अहिले खुलमखुला दुश्मनी रहेको बताउँछन् । दुश्मनीको आरम्भ भने इच्छाराजको होटलबाट नै भएको उनले सुनाए । रक्सी खाने विषयलाई लिएर झगडा परेको उनको भनाइ छ ।

‘इच्छा होटलमा किसान श्रेष्ठका केटाहरू साँझ बाहिरबाट नै रेड लेभल लिएर गएका रहेछन् । तर होटलले बाहिरबाट ल्याएको रक्सी खान दिन्नौं, यही होटलको किनेर खानुपर्छ भने पछि ठाकठुक परेको हो,’ ती स्थानीयले थपे ।

‘पछि त यतिसम्म भयो कि इच्छा होटलको बाटोबाट किसान श्रेष्ठका केटाहरू जान थालेपछि इच्छाराजका केटाहरूले बाटोमै घेरेका थिए,’ उनले भने । यो किसानमार्ग होइन, इच्छामार्ग हो भन्दै उनीहरूले किसानका केटाहरूलाई घेरेको उनले बताए ।   

वीरगञ्ज-पथलैया राजमार्गबाट होटल इच्छासम्म पुग्ने मार्गलाई वाग्लेले सञ्चालन गरेको होटल इच्छाकै नाममा इच्छा मार्ग नामकरण गरिएको छ ।

वाग्ले र श्रेष्ठको आ–आफ्नै दाबी

यता वाग्ले भने किसान श्रेष्ठ सांसद बन्नुअघि व्यापार सिक्न भनेर आफूकहाँ आएको दाबी गर्छन् । नेपालमा बिज्नेस सिक्ने भन्दै आउने धेरैलाई आफूले अर्बपति बनाइदिएको अनि त्यसबाट नै प्रभावित भएर श्रेष्ठ पनि आफूकहाँ आएको जिकिर उनले गरे ।

श्रेष्ठलाई व्यापार सिकाउने क्रममा शान्ति सिंहको दरबार खरिद गर्दा पार्टनर राखेको वाग्लेले बताए । पूर्व राजा महेन्द्र शाहकी छोरी शान्ति सिंहको शान्ति दरबारको १८ बिघा जग्गा उनीहरूले मिलेर किनेका थिए ।

उक्त जग्गा किन्नका लागि स्थानीय बासिन्दा विनोद गुप्ता र कासिम मियाँबीच पहिलेदेखि नै झगडा थियो । ‘उनीहरूबीच त्यो जग्गा किन्ने विषयमा होडबाजी तथा मुद्दामुकदमा समेत चलिरहेको थियो,’ वाग्लेले स्मरण गरे, ‘त्यस्तो अवस्थामा दुईजना यतैका लोकल झगडा नगर, त्यो सबै जग्गा म किनिदिन्छु भनेर मैले त्यो जग्गा किनेको हो,’ वाग्लेले लोकान्तरसँग भने ।

त्यसक्रममा पार्टनर बनाउन श्रेष्ठलाई बैंकबाट पैसा समेत आफूले नै मिलाइदिएको उनको जिकिर छ । श्रेष्ठले उक्त जग्गामा ३० प्रतिशत लगानी गरेका थिए । त्यसबाहेक अन्य व्यवसायमा कुनै साझेदारी नरहेको वाग्ले बताउँछन् ।

शान्ति दरबारको जग्गा पनि एकआपसमा बाँडफाँट गरिसकिएको उनले बताए ।  ‘उहाँ जुन दरबारमा बसेर अहिले चुनाव प्रचारप्रसार गरिरहनुभएको छ त्यो ठाउँ जग्गाको एक पार्ट हो,’ उनले भने, ‘उता खाली दोस्रो पार्ट मेरो हो ।’ 

इच्छाबहादुर वाग्ले

अझै पनि इच्छाबहादुर वाग्ले मेरो बिज्नेस पार्टनर हो भनेर जनतामा श्रेष्ठले भ्रम छरिरहेको उनको आरोप छ । 

‘उहाँ कुन ब्याकग्राउन्डबाट आउनुभएको हो, के कसरी पैसा कमाउनुभयो त्यो विसंगतिपूर्ण इतिहासको त एउटा पुलिन्दा नै छ,’ वाग्लेले भने, ‘अहिले नै मैले सबै पोल खोलिदिएँ भने उहाँको उम्मेदवारी नै खारेज हुनसक्छ । हुन त मैले पोल खोल्नै पर्दैन । जनताले सबै जानिसकेका छन् ।’

विना कुनै लगानी आफ्नो हरेक कारोबारमा शेयर खोजेको आरोप वाग्लेले लगाए । ‘मेरो हरेक व्यापारमा जबर्जस्ती १ प्रतिशत, २ प्रतिशत पार्टनरशिप खोज्नुहुन्थ्यो । त्यो शेयर नदिएपछि उहाँ मेरो विरुद्ध लाग्नुभएको हो,’ उनले भने ।

अर्कातर्फ, वाग्लेले लगाएको सबै आरोप गलत रहेको श्रेष्ठ बताउँछन् । 

‘ती सबै आरोपहरू गलत हुन्,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘मैले उहाँको विषयमा अहिले धेरै बोल्न जरुरी नै छैन ।’ 

श्रेष्ठले वाग्ले भूमाफिया भएको आरोप समेत लगाए ।

‘उहाँ भूमाफिया हो, राजनीतिक व्यक्ति नै होइन,’ श्रेष्ठले थपे, ‘उहाँले बढीमा २ सय जति मत ल्याउनुहुन्छ । उम्मेदवारी मनोनयन गर्दा पनि उहाँले आफ्नो प्रस्तावक र समर्थकमा एक जना पनि राजनीतिक व्यक्ति भेट्न सक्नुभएन ।’ 

आफ्नो ड्राइभर र स्टाफलाई प्रस्तावक र समर्थक बनाएर वाग्लेले उम्मेदवारी मनोनयन गर्नुपरेको श्रेष्ठले बताए ।

चुनाव जित्नेमा आफू ढुक्क रहेको श्रेष्ठको दाबी छ । वाग्लेले आफ्नो मत कुनै पनि हालतमा काट्न नसक्ने ठोकुवा उनले गरे ।

श्रेष्ठ र वाग्लेका अलावा एमालेबाट इकवाल मियाँ यस क्षेत्रमा उम्मेदवार छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x