माघ १३, २०७९
भारतीय सञ्चारमाध्यम डीएनएको एक खबरअनुसार, बलिउड सुपरस्टार शाहरुख खानको पठान फिल्मले विश्वभरिको बक्स अफिसबाट दुई दिनमा २३० करोड भारु कमाउन सफलता पाएको छ । यसअघि सलमान खानको सुल्तानले तीन दिनमा २१०...
कतारमा जारी विश्वकप फुटबल सिनेमाघरमा देखाउने विषयमा विवाद उत्पन्न भएको छ । सिनेमाघरले विश्वकप देखाउने तयारी थालेपछि चलचित्र विकास बोर्डले पत्राचार गर्दै सचेत गराएको थियो । बोर्ड अध्यक्ष भुवन केसीले आज सम्बन्धित हलहरूलाई पत्राचार गर्दै फिल्ममात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गरे कारबाही गरिने चेतावनी दिँदै विज्ञप्ति जारी गरे ।
चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तबमोजिम फिल्ममात्र प्रदर्शन गर्न गरिएको बोर्ड अध्यक्ष केसीको आग्रहमा नेपाल चलचित्र सङ्घले आपत्ति जनाएको छ । सङ्घका महासचिव नरेन्द्र महर्जनले बोर्डकै तर्फबाट विश्वकप देखाउन अनुमति पाएपछि तयारी थालिएको बताए ।
बोर्डको बक्स अफिस विभागका सूचना प्रविधि अधिकृत प्रवीण पाण्डेले हलहरूलाई बोर्डकै आधिकारिक इमेलबाट फुटबल खेललाई फिल्मसरह प्रदर्शन गर्नका लागि कोडसहितको मेल गरेका थिए। जहाँ पाण्डेले विश्वकप देखाउन इच्छुक हललाई वितरण र मुभीकोड प्रयोग गर्न आग्रह गरेका छन्।
“बोर्डले विकास शुल्क तिरेर विश्कप फुटबल देखाउन पाइने बताएपछि हामीले स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर तयारी ग¥र्यौं”, महासचिव महर्जनले भने, “बोर्डको यस्तो निर्णयले हामी व्यवसायीलाई नै असर गरिरहेको छ, बोर्ड सच्चिनु जरुरी छ ।” उनले पूर्वनिर्धारित कार्यक्रमअनुसार इच्छुक हललाई विश्वकप देखाउन भनेका छन् । सङ्घले आवश्यक सम्पूर्ण स्वीकृति लिएको उनले जानकारी दिए । रासस
भारतीय सञ्चारमाध्यम डीएनएको एक खबरअनुसार, बलिउड सुपरस्टार शाहरुख खानको पठान फिल्मले विश्वभरिको बक्स अफिसबाट दुई दिनमा २३० करोड भारु कमाउन सफलता पाएको छ । यसअघि सलमान खानको सुल्तानले तीन दिनमा २१०...
दक्षिण भारतीय अभिनेता सुधीर वर्माले ३३ वर्षको उमेरमा आत्महत्या गरेका छन् । प्रहरीका अनुसार जनवरी १० मा उनले विष खाएर आत्महत्या गर्ने प्रयास गरेका थिए । स्वास्थ्य बिग्रिएपछि उनी हैदराबादस्थित आफन्तको घरम...
२०७९ सालको कात्तिकसम्म ७ चलचित्रहरू सफल भएका थिए । ७ महिनामा ७ चलचित्र सफल हुनु विगतका वर्षको तुलनामा सुखद् हो । त्यसयता लामो समयसम्म कुनै पनि नेपाली चलचित्र राम्रो चलेका छैनन् । वैशाखमा प्रदर्शनमा आएको अ...
बलिउड सुपरस्टार शाहरुख खानको फिल्म 'पठान' बुधवार सार्वजनिक भएसँगै विरोध प्रदर्शन कायम छन् । यस फिल्ममा पवित्र केसरी रंगलाई अश्लील रूपमा देखाइएको भन्दै हिन्दू संगठनहरूले विरोध गरिरहेका हु...
छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुनेभएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच निफले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा...
बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशाले डेब्यु फिल्म साइन गरेकी छन्। अभिषेक कपुरको फिल्ममा राशा अभिनेता अजय देवगनका भतिजा अमन देवगन अपोजिटमा देखिनेछिन् । फिल्ममा अजय देवगन पनि पहिले कहिल्यै नद...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...