×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् बैठक

रेशम चौधरीलगायतको मुद्दा फिर्ता लिने योजनाका साथ सरकारले ल्यायो अध्यादेश

मंसिर २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले हाल जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालगायतको मुद्दा फिर्ता लिनेगरी अध्यादेश ल्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

Muktinath Bank

ती मन्त्रीका अनुसार रेशम चौधरी र उनका पार्टीका नेता कार्यकर्ताका मागको सम्बोधन गर्दै मुद्दा फिर्ता लिने प्रयोजनका लागि अध्यादेश ल्याइएको हो । यस्तै तत्कालीन केपी ओली नेतृत्वको सरकारले मूलधारको राजनीतिमा ल्याएपनि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको समेत मुद्दा फिर्ता हुन नसकेको छैन । यी दुबै पार्टीका मागलाई सम्बोधन गर्नका लागि अध्यादेश ल्याउने निर्णय भएको बताउँदै उनले अध्यादेशमा उल्लेख हुने भाषा मिलाएर राष्ट्रपतिकहाँ पठाउने निर्णय भएको ती मन्त्रीको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती मन्त्रीले रेशमलाई नै छुटाउने भनेर नभनिएपनि राजनीतिक कारणले थुनामा रहेका तथा शान्ति प्रक्रियामा आउन चाहने र आउने प्रतिबद्धता गरेकाहरुको मुद्दा समेत फिर्ता लिन सकिनेगरी अध्यादेश  ल्याउने निर्णय भएको बताए । 
टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका रेशम चौधरीका मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । यहीबीचमा आम निर्वाचनबाट सो पार्टीले ३ सिट जितेर सरकारमा जान खोजिरहेको छ । तर, त्यसका लागि सरकारले मुद्दा फिर्ता लिनुपर्ने रेशमको पार्टीले माग गर्दै आएको छ । यस्तै विप्लव नेतृत्वको नेकपाले पनि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्रीसहितका राजनीतिक दलका नेताहरुलाई भेटेर मुद्दा फिर्ता लिन पटक पटक आग्रह गर्दै आएको छ । 
सरकारले पठाएको यो अध्यादेश राष्ट्रपतिले जारी गरेमा कार्यान्वयनमा आउनेछ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x