×

NMB BANK
NIC ASIA

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता

पुस १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्यांकन समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

Muktinath Bank

कोटहीमाई गाउँपालिका–१ दानव नदीको सिपवा नाकाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न टेन्डर प्रक्रियामा रकम बाँडेर टेण्डरको मूल्य घटाई ठेकेदारसँग आर्थिक लाभ लिई राज्यलाई हानिनोक्सानी गरेको भन्दै बुधवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दानव नदीको सिपवाघाट बालुवा उत्खनन्, संकलन तथा बिक्रीवितरण ठेक्का एआरके निर्माण सेवालाई प्राप्त गराउन नविन निर्माण सेवा, एआरके निर्माण सेवा र दुबेजी निर्माण सेवाका प्रोप्राइटरहरूले आपसमा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग पत्रमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

३ वटै निर्माण सेवाको बीओक्युनिरज श्रीवास्तव भन्ने जीवन श्रीवास्तवले भरी दर्ता गरे गराएको र ३ वटै निर्माण सेवाको बीओक्यूमा लेखिएका हस्तलिखित अंक र अक्षर आँखाले हेरी एउटै व्यक्तिले लेखेको छुट्याउन सकिने अवस्थामा पनि मिलेमतो गरी बोलपत्र मूल्यांकनमा अनियमितता गरेको पाइएको हो ।

Vianet communication
Laxmi Bank

बोलपत्र मूल्यांकन समितिले सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम बोलपत्र परीक्षण नगरी मूल्यांकन समितिका अध्यक्ष तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे, इन्जिनीयर मोहम्मद नुरुल हुसेन खाँ, एआरके निर्माण सेवाका प्रोप्राइटर कमलेशप्रसाद बर्मा (कोहार), नविन निर्माण सेवाका प्रोप्राइटर जयप्रकाश लाल श्रीवास्तव, दुबेजी निर्माण सेवाका प्रोप्राइटर अशोककुमार दुबे, निरज श्रीवास्तव भन्ने जीवन श्रीवास्तव र सन्दीप तिवारी भन्ने सन्दीपकुमार त्रिपाठीको मिलेमतोमा अनियमितता गरिएको हो ।

सबैभन्दा बढी कबोल अंक रहेको निर्माण सेवाको बीओक्यूबोलपत्र खोल्नुभन्दा अगाडिको अवधिमा परिवर्तन गराई एकभन्दा बढी व्यक्तिले अंक र अक्षर लेखी लेखाई बोलपत्रदाताको दस्तखत महलमा अर्कै दस्तखत गराई फर्मको छाप महलमा अर्कै छाप लगाइएको अभियोग पत्रमा उल्लेख छ ।

बीओक्यूको कबोल रकमको अंक महलमा केरमेट एवं मुचुल्कामा अंक र अक्षरमा केरमेटसमेत गरी सहीछाप नगरेको कैफियत जनाई निर्माण सेवाको बोलपत्रलाई अयोग्य ठहर गरी ठेक्काको न्युनतम रकमभन्दा थोरै कबोल अंक रहेको एआरके निर्माण सेवालाई ठेक्का दिई ४३ लाख ७० हजार रुपैयाँ राजस्व चुहावट गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x