×

NMB BANK
NIC ASIA

सरकार गठनको रस्साकस्सी

प्रदेश १ मा सत्ताका लागि दौडधूप: मुख्यमन्त्रीको पत्तो छैन, आधाजसो सांसद मन्त्रीको लाइनमा

पुस १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि आह्वान गरेपछि मुख्यमन्त्रीसँगै मन्त्री बन्न चाहनेहरूको दौडधूप शुरू भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलका सांसदहरू मन्त्री बन्ने दौडमा छन् । मुख्यमन्त्रीमा एमालेका हिक्मतबहादुर कार्की र माओवादी केन्द्रका इन्द्रबहादुर आङ्वो दौडमा छन् । 

Muktinath Bank

एमाले र माओवादीका डेढ दर्जन नेताहरू दौडमा छन् । सबैभन्दा बढी माओवादी केन्द्रमा समस्या देखिएको छ । सांसदको आधा संख्या मन्त्रीकै दौडमा छन । माओवादीबाट १३ जना सांसदले प्रतिनिधित्व गर्छन्, तीमध्ये ८ जना केन्द्रीय सदस्य छन् । केन्द्रीय सदस्यहरू सबै मन्त्रीका दाबेदार हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

८ जनामध्ये इन्द्रबहादुर आङ्वो मुख्यमन्त्रीको दौडमा छन् भने अन्य सबै सभामुख, उपसभामुखदेखि मन्त्री बन्ने दौडमा लागेका छन् ।


Advertisment
Nabil box
Kumari

आङ्वोले भने मुख्यमन्त्री नपाए मन्त्री नबन्ने घोषणा गरिसकेका छन् । पहिलो कार्यकालमा आङ्वो दुईपटक मन्त्री बनेका थिए । नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला आङ्वोलाई २०७७ पुस ११ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेका थिए । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन भूमिका खेलेको भन्दै आङ्वोलाई बर्खास्त गरिएको थियो । 

Vianet communication
Laxmi Bank

नेकपा विघटन र एमालेको विभाजनपछि बनेको सरकारमा उनले पुनः सोही मन्त्रालयका दोहोरिएर नेतृत्व समालेका थिए । ‘दुईपटक एउटै मन्त्रालय सम्हालिसकेकाले मन्त्री बन्दिनँ भनिसकेको छु,’ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका आङ्वोले भने ‘यसपटक मेरो इच्छा मुख्यमन्त्रीमा हो ।’ 

आङ्वोबाहेक ७ सांसद मन्त्रीका आकांक्षी छन् । दुर्गाप्रसाद चापागाईँ (सचिन), राजेन्द्र कार्की, बाबुराम गौतम, गीता तिम्सिना, सपना परियार, गाेम्बु शेर्पा (कर्ज्याङ) , जीवन आचार्य मन्त्री बन्ने दौडमा छन् । आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का कान्छा ज्वाइँ हुन् । 

जीवनलाई मन्त्री बनाउँदा प्रचण्डले ज्वाइँलाई मन्त्री बनाएको भन्दै विरोध हुने भएकाले अहिले नै मन्त्री बनाउन नहुने आवाज समेत उठ्न गरेको छ ।

माओवादीका केही नेताहरूले भने दोस्रो कार्यकालमा मात्रै मन्त्री बन्न सुझाव दिएका छन् । तथापि भोलिको समीकरण फेरिन सक्ने भन्दै जीवन मन्त्री बन्ने दौडमा लागेका छन् ।

मुख्यमन्त्री कुन दलको भागमा पर्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । प्रदेशको मुख्यमन्त्री एमालेले पाएमा सभामुख माओवादीले र मुख्यमन्त्री माओवादीले पाएमा सभामुख एमालेले पाउने नेताहरू बताउँछन् ।

एमालेले सभामुख पाएमा ताप्लेजुङका तिलकुमार मेन्याङ्बो मुख्य दाबेदार मानिएका छन । सुनसरीका रेवतीरमण भण्डारीले सभामुख लिन अस्वीकार गरेको नेताहरूले बताएका छन । सभामुख हुँदा पार्टीको राजनीतिमा असर पर्ने भएको भन्दै उनले मन्त्रीमा इच्छा देखाएको एमालेका एक नेताले बताए । भण्डारी सुनसरीका जिल्ला अध्यक्ष समेत हुन् । 

माओवादीको भागमा सभामुख परे संखुवासभाका राजेन्द्र कार्की र ओखलढुंगाका बाबुराम गौतम प्रमुख दाबेदार मानिएका छन् । पार्टीभित्र राजेन्द्र सिनियर मानिन्छन् । 

उपसभामुख पदमा भने माओवादीको भागमा पर्दा मोरङकी गीता तिम्सिना र एमालेको भागमा पर्दा उदयपुरकी सिर्जना दनुवार वा भोजपुरकी सिर्जना राईको नाम चर्चामा आएको छ । तीनैजना समानुपातिकबाट सांसद भएका हुने ।  माओवादीकी गीताले भने उपसभामुख हुँदा पार्टीको सक्रिय राजनीतिमा असर पुग्ने भएकाले आफ्नो पहिलो रोजाई मन्त्री नै भएको बताएकी छिन् । 

प्रदेश कमिटी सचिव गणेश उप्रेतीले पनि फूल मन्त्रीकै दाबी गरेका छन् । उनका लागि जीवन आचार्य मुख्य चुनौती देखिएका छन् । जीवन मन्त्री बन्दा उनको मन्त्री बन्ने बाटो बन्द हुने माओवादीका नेताहरू बताउँछन् । मोरङले नै २ मन्त्री पाउन मुस्किल छ । उप्रेती मोरङ २(१) बाट निर्वाचित भएका हुन भने आचार्य ६(१) बाट निर्वाचित भएका हुन् । 

आकांक्षी बढिरहँदा एमालेका लागि भने मन्त्रालय घटाउनु पर्ने चुनौती रहेको छ । राजेन्द्र राई नेतृत्वको सरकारले मन्त्रालय बढाउँदा सडक आन्दोलन समेत गरेको एमालेका लागि यसपटक मन्त्रालय घटाउने चुनौती रहेको छ । मुख्यमन्त्री राईले शपथ लिँदा बाटो नै छेकेर एमालेका कार्यकर्ताले रुँदै विरोध गरेका थिए । 

प्रदेश १ मा १३ मन्त्रालय रहेका छन । मन्त्रालय नघटाउँदा विरोध आउने डरले घटाउन कार्कीले आफ्ना सांसदहरूसँग लबिङ गर्न शुरू गरेको नेताहरूले बताएका छन् । 

मन्त्रालयको संख्या दुई अंकको नबनाऔं भनेर उनले आफूनिकट सांसद तथा नेताहरूलाई भनेका छन् । उनले ९ वटा मन्त्रालय बनाउन सहयोग गर्न नेताहरूलाई भनेको उनी निकट स्रोतले जनाएको छ ।  यद्यपि पार्टीभित्र मन्त्रीका दाबेदारको संख्या धेरै रहेकोले मन्त्रालय संख्या घटाउन उनलाई पनि त्यति सहज भने छैन ।

अहिलेको अवस्थामा एमालेबाट ८ र माओवादीबाट ५ मन्त्रालयमा दाबी छ । राप्रपा समेत जोडिँदा भागबण्डा थप मुस्किल हुन्छ ।

सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, इलामका राम राना मगर, मोरङका लीलाबल्लभ अधिकारी, खोटाङका पाँचकर्ण राई, उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई मन्त्रीका दाबेदार छन् । झापाका एकराज कार्की, झापाकै चिन्तन पाठक, सुनसरीका रमेश बस्नेत, रामप्रसाद मेहता र रामदेव यादव, मोरङका जयप्रकाश चौधरी तथा तेह्रथुमकी कमला दर्नालको नाम मन्त्रीका लागि चर्चामा रहेको छ  ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई निवर्तमान मेयरले पनि मन्त्रीको दाबी गरेका छन । बेलबारीका निवर्तमान मेयर ज्ञानेन्द्र सुवेदी र संखुवासभाको मादी नगरपालिकाका निवर्तमान मेयर विदुर सुब्बा लिङ्थेव मन्त्रीको दौडमा छन् । 

दोस्रो कार्यकालका लागि प्रदेशसभामा निर्वाचित भएका धनकुटाका इन्द्रमणि पराजुली र निरन राई पनि मन्त्री पदका दाबेदार हुन् । 

संघीय सरकारमा पनि एमालेका राजेन्द्र राई मन्त्री बनेका छन् । २०७४ तथा २०७९ को दुईवटै चुनावमा एमालेले धनकुटामा क्लीन स्वीप गरेको थियो ।

क्लीन स्वीप बनाएबापत पनि मन्त्री पाउनु पर्ने दाबी धनकुटाका दुवै सांसदको रहेको छ ।  

राप्रपाबाट झापाका भक्ति सिटौला मन्त्री बन्ने लगभग पक्का रहेको छ । उनी राप्रपा प्रदेश नम्बर १ का संसदीय दलका नेता पनि हुन् । समीकरण फेरिएपछि गुमनाम भएकी जसपाकी सांसद निर्मला लिम्बू राज्यमन्त्री बन्ने सम्भावना छ । 

प्रदेश १ मा सत्ता गठबन्धनतर्फ एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाको ६ र जसपाको १ जना सांसद छन् । यस्तै विपक्षी दल नेपाली कांग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी)का ४ जना सांसद छन् ।

नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी भएमा इलामकी खिनु लङ्वा लिम्बू र पाँचथरका कमल जबेगु मन्त्री बन्ने सम्भावना छ । खिनु बहालवाला मन्त्री समेत हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x