×

NMB BANK
NIC ASIA

काम नगर्ने ठेकेदारमाथि कडाइ, म्याद नथप्ने मन्त्रालयको चेतावनी

फागुन २३, २०७९

NTC
Premier Steels

समयमै काम नगर्ने ठेकेदारलाई कोशी सरकारले कडाइ गर्न थालेको छ । तीन वर्ष सम्ममा ३० प्रतिशत पनि काम नगर्ने ठेकेदारलाई तत्काल कामको प्रगति नबढे कानुनअनुसार कारबाही गर्ने  कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले चेतावनी दिएको छ । समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई मन्त्रालयमै बोलाएर कामको प्रगति नबढाए म्याद नथप्ने चेतावनी दिएको छ । 

Muktinath Bank

काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गाप्रसाद चापागाईँले पुँजीगत खर्च बढाउन निर्देशन दिंदै काम रोकीनुको कारण खोजेका छन् । मन्त्रालयले तीन पटकसम्म म्याद थपेका निर्माण कम्पनीको पुनः म्याद थप्नेगरी क्याबिनेटमा नलाने भन्दै मन्त्री दुर्गाप्रसाद चापागाइँले ठेकेदारलाई चेतावनी दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जहिले कोभिड ? पानीको बहाना बनाएर काम रोकेको देखियो मन्त्रालयका सचिव मोहनराज चापागाईँले भने, ‘विभिन्न बहानामा काम रोक्न हुँदैन । अब काम रोकिएमा भने योजना तपाइहरुको हातबाट फुत्कन सक्छ ।’ 


Advertisment
Nabil box
Kumari

उनले तीन वर्षसम्म पनि ३० प्रतिशतभन्दा कम प्रगति गर्ने निर्माण कम्पनीका लागि बैंकलाई पत्र लेख्ने र कारबाही गर्ने अवस्थामा मन्त्रालय पुगेको पनि दाबी गरे । प्रदेशको स्थापनामा ठेक्का लगाइएका योजनाहरू नै अलपत्र बनेपछि मन्त्री चापागाईँले चासो देखाएका छन् । २५ देखि ३० वटासम्म योजनाले प्रगति गर्न नसक्दा बजेट समेत फ्रिज हुनेगरेको मन्त्रालयको भनाइ छ ।  

Vianet communication

सुनकोसी खोलामा ९० मिटरको पुल निर्माणाधीन छ । यो ठेक्का लागेको ३ वर्ष भइसकेको छ । दुई दुई जना मुख्यमन्त्री यस जिल्लाबाट भएका छन् । बहालवाला राष्ट्रपति तथा मन्त्री पनि यसै जिल्ला बाट छन् । विद्या भण्डारी तथा पर्यटनमन्त्री सुदन किराँती पनि भोजपुरकै हुन् । यो पुल निर्माणको काम कालिका कन्स्ट्रक्सनले गरिरहेको छ । यसका प्रतिनिधि विक्रम पाण्डे हुन् । केही दिनअघि भोजपुर आएका बेला मन्त्री किरातिले कामको प्रगतिबारे चासो राखेका थिए । 

अहिले काम छिटो गराउन प्रदेशका कर्मचारीले पर्यटनमन्त्रीको नाम लिन थालेका छन् । ठेकेदारसँगको छलफलमा सचिव चपागाइँले ‘मन्त्रीको रिस कस्तो छ देख्नु भएको छ नि, अब काम गर्नु भएन भने हामी चाहिँ बचाउन सक्दैनौं’ भनेका छन् । प्रगति न्यून भएका बेला मन्त्रीको डर देखाएर भए पनि काम लगाउन थालिएको मन्त्रालयका कर्मचारी बताउँछन् । 

समयमै पुल बनाइ नसक्दा सडक निर्माणको काम पनि अन्योलमा छ । पुलपारीदेखि १५ किलोमिटर एडीबीको आरसीआइपी प्रोजेक्टमार्फत बाटो कालोपत्रे गर्ने योजना थियो । पुल समयमै नबनेपछि उक्त योजना समेत अलपत्र छ । 

प्रदेश सरकारले आर्थिक वर्ष २०७६–७७ मा ६६ वटा बहुवर्षे सडकहरू निर्माणको सम्झौता गरेको थियो । ती आयोजनामध्ये ५ प्रतिशतको भौतिक प्रगति ३० प्रतिशतभन्दा कम रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका मोहनराज चापागाईँले बताए । चापागाईँका अनुसार धेरै आयोजनाको म्याद २ वर्षको मात्रै छ ।

सोलुखुम्बुकै तामाखानी–जस्माने भन्ज्याङ–गुम्बा गोलु–लिखु पिके–काफ्ले चौर–भण्डारी सडकको प्रगति शून्य छ । सोलुखुम्बुको नेले–तुम्से–खगेल्टर–वाचिम–जुभो–खनियाखर्क–ऐँसेलुखर्क सडकको प्रगति हालसम्म ३.१३ प्रतिशत मात्रै छ । 

धनकुटाको लेगुवाखोला मोटरेवल पुल २५ प्रतिशत मात्रै काम भएको छ । भोजपुरको नागी अञ्चलडाँडा महभिर झरना सडकको प्रगति २० प्रतिशत छ । धनकुटाको मुलघाट साप्तिङटार अखुवाटार मचुवाटार सडकको प्रगति ३० प्रतिशत छ ।  झापाको भद्रपुर फडानी पुल इँटाभट्टा बौद्धमोड सलकपुर इलाम सडक प्रगति १६ प्रतिशत मात्रै रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

अधिकांश दुई वर्षे आयोजनाको म्याद सकिइसकेको छ । पहिलो पटक म्याद थप्न नेपाल सरकारले नै कोभिडको कारण देखाएर सहज नियमावली बनाइदिएको थियो । त्यसपछि रुग्ण आयोजनाको लागि १ वर्षका लागि म्याद थप गर्ने अनुमति नेपाल सरकारले नै दियो ।

 इलाम बजार सन्दुकपुर पर्यटकीय सडक आयोजना प्याकेज १ को प्रगति १५ प्रतिशतमात्र छ । यस्तै मोरङको बबियाविर्ता रंजनी काजिमान्चोक फर्सडाँगी हुँदै दोभानघाट गान्धी आश्रम दोबरिया थान हुँदै सुनवर्षी सडक निर्माणको काम पनि ३० प्रतिशत मात्र भएको छ । तेह्रथुम र पाँचथर जोड्ने तमोर खोलाको पुल १८ प्रतिशत मात्रै प्रगति भएको छ । यस्तै उदयपुर र भोजपुरको सिमानामा रहेको दूधकोशी खोलाको पुल निर्माणको प्रगति पनि २० प्रतिशत छ । सोलुखुम्बुको दूधकोशी पुल निर्माणको प्रगति भने हालसम्म शून्य छ ।

म्याद थप्न समस्या 

अधिकांश दुई वर्षे आयोजनाको म्याद सकिइसकेको छ । पहिलो पटक म्याद थप्न नेपाल सरकारले नै कोभिडको कारण देखाएर सहज नियमावली बनाइदिएको थियो । त्यसपछि रुग्ण आयोजनाको लागि १ वर्षका लागि म्याद थप गर्ने अनुमति नेपाल सरकारले नै दियो । सार्वजनिक खरिद ऐन १२ औँ संशोधनले म्याद थप गर्नका लागि २०७९ असार २० गतेदेखि २१ दिनभित्र म्याद थपका लागि निवेदन दिने अनुमति दिएको थियो । 

त्यसमा २०८० सालको असारसम्म मात्रै अनुमति दिएको छ । म्याद थप्नका लागि मन्त्रीपरिषद् बाटै निर्णय गराउनुपर्ने हुन्छ सचिव चापागाईँले भने, ‘अहिले मन्त्रीज्युले म मन्त्रीपरिषद्मा लिएर जान्न भन्नु भएको छ ।’ 

मोरङ, झापा र भोजपुरमा गरी तीनवटा आयोजना सम्पन्न भएको छ । बजेट समयमै दिन सकियो भने झापा मोरङ र भोजपुरमा १४ वटा योजना सम्पन्न हुने मन्त्रालयको दाबी छ । झापामा ७ वटा, संखुवासभामा २ वटा सडक निर्माण सम्पन्न हुनेछन् । नयाँ बहुवर्षे आयोजना समेत थप भएपछि भुक्तानीको समस्या भएको मन्त्रालयले जनाएको छ । नयाँ दायित्व सिर्जना नहुँदा १२ अर्ब रहेको थियो । अघिल्लो सरकारले १२ वडा सडक र १५ वटा बहुवर्षे पुल थप्ने निर्णय गरेका कारणले ६ अर्ब दायित्व थपिने सम्भावना रहेको सचिव चापागाईँले बताए । स्रोतको व्यवस्थापन गर्न नै समस्या देखिएको उनको भनाइ छ । यो वर्ष हामी निकै संकटमा हुन्छौ । चालू आर्थिक वर्षका लागि मन्त्रालयको बहुवर्षे आयोजनाहरूका लागि ५ अर्ब रुपैयाँ बराबरको बजेट छ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x