×

NMB BANK
NIC ASIA

स्ववियु चुनाव

चैत १२ अघि सबै क्याम्पसमा स्ववियु निर्वाचन सकिसक्न त्रिविको आग्रह

चैत ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिभुवन विश्व विद्यालयले स्ववियु निर्वाचन हुन बाँकी सबै क्याम्पसहरूमा चैत १२ अघि नै निर्वाचन गरिसक्न आग्रह गरेको छ । त्रिविका उपकुलपति प्राडा धर्मकान्त वास्कोटाले आइतबार विज्ञप्तिमार्फत आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी काम गरेर निर्वाचन गरिसक्न आग्रह गरेका हुन् ।

Muktinath Bank

‘स्थगन भएका क्याम्पस तथा कलेजहरूमा आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी कायम गर्दै कसैले कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस प्रशासन, विद्यार्थी नेतृत्वकर्ता, विद्यार्थी वर्ग, सबै राजनैतिक दल, स्थानीय प्रशासन, आमसञ्चार जगत, अभिभावक वर्ग लगायत सम्बन्धित सम्पूर्ण पक्षलाई हार्दिक अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो अन्तरालपछि  आइतबार सम्पन्न त्रिभुवन विश्वविद्यालयको आइगिक तथा सम्बन्धन प्राप्त अधिकांश क्याम्पस– कलेजहरूमा स्ववियु निर्वाचन सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

केही क्याम्पस तथा कलेजहरूमा विद्यार्थी संघ संगठनहरूबीचको सामान्य विवादका कारण मतदान स्थगन गर्नु परेता पनि अधिकांश स्थानमा शान्तिपूर्वक निर्वाचन भएको त्रिविको भनाइ छ । 

Vianet communication
Laxmi Bank

 स्थगन भएका स्थानमा आपसी सहमति कायम गरी निर्वाचन प्रक्रिया सम्पन्न गर्न सम्बन्धित सबै पक्ष अनवरत रूपमा लागि परेका विज्ञप्तिमा उल्लेख  छ। 

निर्वाचन सम्पन्न भए पश्चात् कोभिड महामारीले अस्तव्यस्त बनाएको  शैक्षिक पात्रोलाई स्थिर तुल्याई, पठनपाठनलाई अभियानको रूपमा सञ्चालन गरी शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्न भूमिका खेल्न पनि त्रिविले आह्वान गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x