२५ जेठ २०८३, सोमबार
परिकार

घरमै होटलको जस्तो बर्गर कसरी बनाउने ?

चैत १८, २०७९
घरमै होटलको जस्तो बर्गर कसरी बनाउने ?

नयाँ पुस्तामा बर्गर खान रुचाउनेको ट्रेन्ड निकै छ । बच्चाहरू होस् या युवा पुस्ता, सबैलाई बर्गर निकै मन पर्छ ।

बर्गर सर्भ गर्ने रेस्टुरेन्टहरू पनि व्यापक खुलेका छन् । सन् १७४७ मा हन्ना ग्लासद्वारा आर्ट अफ कुकरी मेड प्लेन एण्ड ईजीमा प्रकाशित सामग्रीअनुसार बर्गरको आविष्कार जर्मनीबाट शुरू भएको प्रस्ट छ ।

पछिल्लो समय बर्गरले युरोप, अमेरिका, अस्ट्रेलियादेखि एसियासम्मको मार्केट लिएको छ । विदेशमा फास्ट फूडको रूपमा प्रचलित बर्गर नेपालमा भने धेरै स्पेसल डिसको रूपमा खाने चलन छ । बर्गर खुवाउन आफ्ना बालबच्चालाई राम्रो रेस्टुरेन्ट र होटल धाउने लर्काे दिनानुदिन बढ्दो छ ।

सामान्यतया पाउरोटीमा मासुको डल्ला (प्याटिज) हालेर सर्भ गरिने परिकार नै बर्गर हो तर बर्गर भेराइटीहरू व्यापक छन् । 

समयसँगै बर्गरका भेराइटीमा पनि विविधता आउन थाल्यो र चिकन बर्गर, फिस बर्गर, भेज बर्गर, साल्मन बर्गर लगायत मेनुमा थपिँदै गयो । भेगान बर्गर पनि शुद्ध भेज खानेका लागि उपयुक्त प्लान्ट बेसको प्याटिज बनाएर मेनुमा समावेश गर्न थालिएको छ । हुँदाहुँदा माछामासु नखानेका लागि मासुको फ्लेबर र टेक्चर (बनावट) हुबहुँ गरेर बनाउने र स्वादमा पनि फरक नपर्ने गरी वैज्ञानिकहरूले अनुसन्धान गरेर पत्ता लगाएका छन्, जुन ननभेज बर्गर जस्तै देखिन्छ र स्वादमा पनि कुनै फरक हुँदैन ।

null

चिकन बर्गर बनाउन चाहिने सामग्रीः

बर्गर बन २ पिस, बटर ३० ग्राम, लेटुस (सलाद पत्ता) ४ लिफ, स्लाइस गरेको काँक्रो ८ पिस, स्लाइस गरेको टोम्याटो ८ पिस, स्लाइस गरेको अनिअन रिङ ८ पिस, चिज स्लाइस २ पिस, चिकन प्याटिज (किमा रोटी) २ पिस, मायोनिज सस ४ चम्चा, टोम्याटो सस २० एमएल, फ्रेन्च फ्राइज १२० ग्राम, नून स्वाद अनुसार, मरिचको धुलो आधा चम्चा ।

चिकन बर्गर बनाउने विधिः 

बर्गर बनलाई आधा काटेर नन स्टिक प्यानमा बटर हाली सेकाउने । गोल्डेन ब्राउन हुनासाथ एक साइडमा राखेर चिकन प्याटिजलाई राम्ररी पाक्ने गरी प्यान ग्रिल गर्ने । प्याटिज प्यान ग्रिलमा पाकेपछि टपमा स्लाइस चिज हाली छोपेर मेल्ट गराउने । टोस्ट गरेको बनमा मायोनिज सस दलेर सलाद पत्ता, काक्रो, टोम्याटो, अनियन रिङ मिलाएपछि पाकेको प्याटिज हाल्दिने र माथिबाट मायोनिज सस दलेको बनको टपले छोपिदिने । यसरी तयार भएको बर्गर साइडमा फ्रेन्च फाइज र केचपसँग सर्भ गर्न सकिन्छ ।

null

चिकन प्याटिज कसरी बन्छ ? 

चिकनको किमामा नून, मरिचको धुलो, मसिनो गरी काटेको प्याज, लसुन, ड्राइ हब्स, सेलरी, वस्टसा सस मिसाएर मोल्ने र सानो–सानो बाक्लो रोटी सेब दिएर थोरै अलिभ अएल हालेर ग्रिल गर्ने र फर्काएर पकाउने । चिकन प्याटिज जस्तै पनिर प्याटिज, भेज प्याटिज, मटन या फिसको पनि प्याटिज बनाउन मिल्छ ।

null

फ्रेन्च फ्राइज पनि

फ्रेन्च फ्राइज बनाउन मिडियम खालको २ आलु लिएर छिल्ने । साइड ट्रिम गरेर सेम साइजमा जार्डिनियर कटमा काटी ८० प्रतिशत पाक्ने गरी बोइल गर्ने र छानेर चिस्याउने । राम्ररी चिसो हुनासाथ एक पटक डिप फ्राइ गरेर पुनः चिस्याउने । हाइहिटमा पुनः एक पटक फ्राइ गरी नून छरेर बर्गरसँग साइडमा सर्भ गर्ने ।

salt training

कमेन्ट गर्नुहोस्