×

NMB BANK
NIC ASIA

ऐतिहासिक कथालाई फिल्ममा ल्याउन किन मुस्किल ?

चैत १९, २०७९

NTC
Premier Steels

भेषराज कार्की/रासस 

Muktinath Bank

चैतको पहिलो साता काठमाडौंमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भएको विभिन्न छलफलमा चलचित्रकर्मीले चलचित्र प्रदर्शनीबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धन भइरहेको निष्कर्ष निकालेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । 


Advertisment
Nabil box
Kumari

अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजको रूपमा समेत बुझ्ने गरिन्छ । अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै भेषभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ ।

Vianet communication

कुनै समय वा घटनालाई लिएर बनाइने चलचित्र त्यो समयलाई अहिलेको पुस्तासम्म पुर्याउनका साथै इतिहासका लागि दस्तावेजको कामसमेत गर्छ तर नेपालमा भने त्यस्ता कथामा कमै चलचित्र बन्ने गरेका छन् । सीमित बनेका चलचित्रले दर्शकको साथ पाउँदैनन् । 

यसैवर्ष प्रदर्शन भएको चलचित्र ‘नालापानी’ समीक्षात्मक र व्यावसायिक दुवै रूपमा सफल भएन । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण गर्न झन्डै नौ वर्ष लागेको निर्माता तथा निर्देशक रिमेश अधिकारीले जानकारी दिए ।

‘हामीकहाँ ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्रलाई प्रोत्साहन वा प्रवर्द्धन गर्ने नीति नै छैन । हाम्रो कथा देखाउभन्दा कसैको साथ नपाउँदा लगानीसमेत सुरक्षित हुँदैनन्’, निर्देशक अधिकारीले भने, ‘चलचित्रको विकासका लागि विभिन्न संस्था खुले पनि निर्मातालाई प्रोत्साहन गरिदिने र सहज महसुस गराउने कुनै निकाय छैन ।’

उनी झैँ निर्माता तथा निर्देशक मिलन चाम्स पनि नेपाली कथा वस्तुलाई विश्वभर पुर्याउने उद्देश्यले ‘गोर्खा वारियर’ तयार गर्दै छन् ।

आफैँ पूर्वगोर्खा सैनिक भएकाले उनी दश वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयासमा थिए । ‘चलचित्रको छायाङ्कनमै तीन वर्षभन्दा बढी समय खर्चिसकेँ । यसको प्राविधिक कार्यका लागि नेपालदेखि भारतसम्मका प्राविधिको प्रयोग गरेको छु’, निर्देशक चाम्सले भने ।

उनले गोर्खालीको वीरताको कथा देखाउने विषय भने मलाया युद्धलाई रोजे । किनकी गोर्खाली जङ्गल युद्धमा विश्वमै उच्च मानिन्छन् । त्यही कारण निर्देशक चाम्सले चार वर्ष अगाडि कथा तयार गरेका थिए ।

भूतपूर्व गोर्खालीसँगै अहिले सेवामा रहेकासम्मलाई भेटेर मलाया युद्धको बारेमा बुझी कथा तयार गरेपछि चलचित्रमा त्यो समयलाई पर्दामा देखाउन भने निकै सकस भयो । चाहिएको प्रविधि थिएन । चलचित्र भनेपछि सङ्ग्राहालयमा भएका पुराना सामान पाउनसमेत नसकेको उनले सुनाए । ‘आजभन्दा ८० वर्ष अगाडिको समय देखाउनुपर्ने भएकोले बेलायत र भारतबाट केही सामग्री पाए पनि त्यो पर्याप्त थिएन । मलाई समान जुटाउन नै एकवर्ष लाग्यो’, निर्देशक चाम्सले भने ।

उनले पहिलो र दोस्रो विश्वयुद्ध लडेको र वीरतामा अगाडि आउने गोर्खालीको कथा विश्वभर पुर्याउने उद्देश्यले चलचित्र निर्माणसँगै निर्देशन गरेको बताए । मलाया युद्धलाई चलचित्रको विषयवस्तु बनाउनुको कारण नै जङ्गलयुद्ध थियो । किनकी त्यसलाई देखाउन धेरै खर्च पर्दैन । यसको छायाङ्कन अठार दिन मलेसिया र पचास दिन सिन्धुलीमा गरिएको थियो । 

‘आफैँ गोर्खाली सैनिक थिएँ । नेपालीको वीरताको कथा देखाउन कुनै सम्झौता गर्न सकिन । किनकी हामीलाई विदेशमा गोर्खाली भनी गर्ने इज्जत निकै माथि छ’, निर्देशक चाम्सले भने ।

देशले गर्व गर्नसक्ने कथालाई पर्दासम्म ल्याउने क्रममा नीतिगतसँगै संस्थागत सहयोगको आवश्यकता उनले समेत महसुस गरे । निर्देशक अधिकारीले नेपालमा चलचित्रकर्मीको लगानीले त्यस्ता कथालाई पर्दासम्म ल्याउन जटिल भएको आफ्नो अनुभव सुनाए । ‘व्यासायिक चलचित्रमा लगानी गर्ने त पाइन्छ तर हामीलाई गाह्रो छ । व्यावसायिक सफलताले अन्यलाई लगानी कदापी प्रोत्साहित गर्दैन । त्यसैले यस विषयमा सम्बन्धित सङ्घ संस्थासँगै राज्यले समेत सोच्नुपर्छ’, – उनले भने । 

निर्देशक चाम्सले समेत चलचित्र ‘गोर्खा वारियर’मा सामान्य चलचित्रभन्दा बढी लगानी भइसकेको बताए । ‘म आफैँ निर्माता समेत हुँ । विदेशमा यस्ता विषय पाउन मुस्किल छ तर हामीकहाँ व्यावसायिक जोखिमले गर्दा लगानीकर्ता नै हुँदैनन् । हामी आफ्नै इच्छाशक्तिले निर्माण गरिरहेका छौं’, निर्देशक चाम्सले भने । उनले उक्त चलचित्र विदेशमा प्रदर्शनसँगै नेपालमा समेत आउँदो वर्ष प्रदर्शन हुने जानकारी दिए । 

निर्देशक तथा समीक्षक प्रकाश सायमीले ऐतिहासिक घटनाक्रमलाई आधार बनाएर तयार गरिएका चलचित्रप्रति दर्शकको विश्वास बढाउन सक्नुपर्नेमा जोड दिए । ‘त्यस्ता चलचित्र बन्नुपर्छ । हामीले प्रोत्साहन पनि गर्नुपर्छ तर दर्शक विश्वस्त भएको पाइँदैन’, उनले भने । तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कीर्तिपुर आक्रमणलाई लिएर बनाइएको चलचित्र ‘कीर्तिपुर द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ का वितरक करण श्रेष्ठले व्यावसायिक रूपमा नै यस्ता चलचित्र तयार गरिनुपर्नेमा जोड दिए । 

‘ऐतिहासिक घटनाक्रम समेटिएको पछिल्लो केही चलचित्रमा स्थापित अनुहार भने देखिएन । त्यसको असर व्यापारमा परेको हुनसक्छ । दर्शकलाई परिचित अनुहारमा बढी विश्वास नभएको पनि हुनसक्छ’, वितरक श्रेष्ठले भने, ‘कलात्मकरूपमा अब्बल रहदै बन्ने त्यस्ता चलचित्रलाई व्यावसायिक रूपमा तयार गर्नु नै चुनौती रहेको छ ।’

पछिल्लो समय नेपालमा कृति र ऐतिहासिक घटनाक्रमबाट चलचित्र बन्ने क्रम विस्तारै बढे पनि सफलता भने न्यून सङ्ख्याले मात्र पाउने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x