×

NMB BANK
NIC ASIA

प्रचण्डले शान्ति प्रक्रियालाई मागिखाने भाँडो बनाए : एमाले सचिव भट्टराई

बैशाख ३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले सरकारसँग संसद चलाउने कुनै योजना नभएको बताएका छन् ।

Muktinath Bank

प्रतिनिधिसभा बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंग्याउन नचाहेको र शान्ति प्रक्रियालाई मागि खाने भाँडो बनाएको आरोप पनि लगाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिजनेश सरकारले दिने हो । यो सरकारसँग संसद चलाउने कुनै योजना नै छैन । दृष्टिकोण नै छैन । संसदलाई कसरी व्यस्त बनाउने । सत्य निरुपण, मेलमिलाप आयोगसँग सम्बन्धित विधेयक जुन छ, त्यसलाई यो सदनले टुंग्याउनुपथ्र्यो । त्यसमा प्रतिपक्षी दलसँग सामान्य छलफल पनि नगरीकन उहाँहरुले अगाडि सार्नुभयो । त्यसलाई समितिमा लगेर छलफल गरेर टुंग्याउनुपर्छ भन्ने हाम्रो धारणा थियो’ भट्टराईले भने, ‘उहाँहरुले त्यति संवेदनशील विषयलाई पनि टुंग्याउन चाहनुभएन र बाहिर बाहिर शान्ति प्रक्रिया भनेर भाषण गर्नुहुन्छ । शान्ति प्रक्रिया भन्नेकुरा प्रचण्डको मागि खाने भाँडो भइसकेको छ । बेला बेला अलि अप्ठ्याराे पर्याे भने शान्ति प्रक्रिया भन्ने । सरकारमा गएपछि शान्ति प्रक्रिया सबै बिर्सिने ।’


Advertisment
Nabil box
Kumari

आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक महेश बर्तौलाले विषयगत समितिहरु बन्न नसक्दा विधेयकहरु अगाडि बढ्न नसकेको बताए । समिति नहुँदा समग्र संसदीय प्रक्रियामा नै गतिरोध उत्पन्न भएको उल्लेख गर्दै समिति निर्माणमा दलहरू जिम्मेवार बन्नुपर्ने बताए । उनले तत्काल समिति बनाउनुपर्ने माग गरे । 

Vianet communication
Laxmi Bank

‘एमालेको तर्फबाट विषयगत समितिमा रहने सांसदहरुको नाम टुंग्याइसकेका छौँ । भोलि बिहानसम्म हामी सभामुखलाई हस्तान्तरण पनि गर्छौं । यो प्रक्रियामा अन्य दलहरुपनि त्यत्तिकै जिम्मेवार बन्नुपर्छ । छिटो अगाडि बढाउनुपर्छ’ उनले भने, ‘यो नबन्दाखेरी धेरै विषयहरू अन्यौलतामा परेको छ । संसदमा विचाराधीन भएका वा टेबल भएका कैयौँ विधेयकहरू छलफलको कोर्समा जान सकेन । यो भनेको समग्र संसदीय प्रक्रियामाथिकै गतिरोध हो । संसदले नियमित समयमा सम्पन्न गर्नुपर्ने कामहरु सम्पन्न गर्ने सामथ्र्यमा यसले सामथ्र्य गुमाएको छ ।’ 

सदनदेखि प्रधानमन्त्री डराउन नहुने उनको भनाई छ । 

‘सबै कुरा रोकिएको छ । तत्काल विषयगत समिति निर्माण गरौँ । कार्यपालिकाले संसदलाई छलेर हिड्नु हुँदैन । सदनदेखि प्रधानमन्त्री डराउनु हुँदैन । सांसदहरुले उठाएका देश र जनताकेन्द्रित मुद्दाहरुको बारेमा सदनमा आएर जवाफ दिने आँट, हिम्मत प्रधानमन्त्रीले गर्नुपर्छ’ उनले भने, ‘तर उहाँले यो हिम्मत गरिरहनुभएको छैन । प्रधानमन्त्रीले र मन्त्रीहरुले नियमित रुपमा सांसदको प्रश्नको जवाफ दिनुपर्छ । सरकार संसदप्रति पूर्ण जवाफदेही हुनुपर्छ ।’

त्यस्तै नेकपा(एमाले)का सचिव छविलाल विश्वकर्माले सरकारले देश र जनताको अहित हुने काम गरेमा आफूहरुले खबरदारी गर्ने बताए । एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्दै सरकारलाई खबरदारी गरिरहने बताए । 
‘संसदलाई छलेर बाहिर विषयवस्तु छर्ने र जनतालाई निराशाको गर्तमा पुग्नेगरी गतिविधिहररू गर्ने । देश र जनतालाई अहित हुने प्रकृतिको काम गर्ने, देशको राष्ट्रियतालाई कमजोर गराउने र अन्तर्राष्ट्रिय सम्बन्धहरुमा समेत प्रश्न खडा गर्ने । योखालको स्थिति बन्नुहुँदैन’ उनले भने, ‘एमाले प्रमुख प्रतिपक्ष दलको हिसाबले सरकारको गलत कामको आलोचना गर्छौ । खबरदारी गर्छौं । सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छौं ।’

एमाले सांसद राजेन्द्रकुमार राईले वर्तमान सत्तारुढ गठबन्धन राष्ट्र र जनताप्रति जिम्मेवार नभएकाले जुनसुकै समयमा ढल्न सक्ने बताए । 

‘यो सरकार राष्ट्र र जनताप्रति जिम्मेवार नभएको हुनाले जहिले पनि यो गठबन्धन ढल्नसक्छ’ उनले भने, ‘गठबन्धनमा आन्तरिक किचलो, एकअर्कामा विश्वास नहुने वातावरण म देख्छु । मुलुकको विकासमा दुई ठूला पार्टीहरु एकतावद्ध भएर जाँदा राम्रो हुन्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x