×

NMB BANK
NIC ASIA

प्रकाशले ‘बोल माया २’ यसवर्ष ल्याउने !

बैशाख ५, २०८०

NTC
Sarbottam
‘बोल माया’को एक दृश्यमा मोडल अञ्जली अधिकारी ।
Premier Steels
Marvel

आफ्ना प्रायः सिर्जना मार्फत छुट्टै खालको तरंग ल्याउँदै आएका गायक एवं सर्जक हुन् प्रकाश सपूत । उनको पछिल्लो गीत ‘सकम्बरी’ले यतिबेला त्यस्तै खालको तरंग उत्पन्न गराइदिएको छ ।​ 

Muktinath Bank

युट्युबमा सार्वजनिक गरिएको केही घण्टामै शीर्ष स्थानमा आएको गीतले पाँच दिनमै ६७ लाख प्लस भ्युज पाइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यतिबेला उनका सिर्जनालाई रुचाउँदै आएका स्रोता दर्शकलाई विशेष खबर छ । गायक प्रकाशले स्रोता दर्शकले निकै रुचाएको आफ्नो गीत ‘बोल माया’को सिक्वेल यसवर्ष सार्वजनिक गर्ने भएका छन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

वैदेशिक रोजगारीको कथामा निर्मित उक्त गीत प्रकाशलाई छुट्टै उचाई दिने गीत थियो । ‘बोल माया’पछि उनले त्यसअघि र पछिको कथामा ‘गलबन्दी’ सार्वजनिक गरेका थिए ।

चार वर्षअघि सार्वजनिक उक्त गीतले निकै चर्चा कमायो । सो गीतको अन्तिममा प्रकाशले एउटा कौतूहलता छाड्दै उल्लेख गरेका थिए – बोल माया २ प्रतीक्षा गर्नुहोला ।

चार वर्षपछि उनी ‘बोल माया’को सिक्वेलको तयारीमा जुटेका हुन् । प्रकाशका हरेक गीतमा जोडिएर काम गर्दै आएका उनका भाइ सुनिल वि.क.ले यसवर्ष ‘बोल माया २’ ल्याउने कुरा रहेको जानकारी दिएका हुन् ।  

‘दाईले अब ‘बोल माया २’ को तयारी गर्ने भन्नुभएको छ’ सुनिलले एक अन्तवार्तामा भनेका छन् ‘जेठतिरबाट ‘बोलमाया २’ को तयारी गर्न सक्छौं । पहिलेको कथालाई निरन्तरता दिनुपर्ने छ ।’ त्यसपछि प्रकाशले आफ्नो डेब्यू फिल्म ‘परदेशी २’को प्रचारप्रसारलाई समय दिनेछन् । उक्त फिल्म आगामी दशैंमा प्रदर्शनमा आउँदैछ ।

प्रकाशले आफै पनि फिल्म निर्माणको कामलाई अगाडि बढाउने सोच बनाएका छन् । त्यसका लागि भने अलि समय लाग्ने प्रकाशका भाइ सुनिलले बताएका छन् ।

प्रकाशले वर्ष २०८० मा ‘जातीय विभेदविरुद्धको वर्ष’ का रूपमा सिर्जना ल्याउने बताएका छन् । पछिल्लो गीत ‘सकम्बरी’को पनि भाग २ ल्याउने घोषणा प्रकाशले भिडियोमार्फत नै गरेका छन् । ​

यतिबेला भने उनी​ साङ्गीतिक कार्यक्रमको शिलशिलामा अमेरिकामा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x