कात्तिक ८, २०८०
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
‘जसलाई हेर्ने कोही हुँदैनन्, उसलाई भगवान्ले हेर्छन्’ भन्ने आहान मैले सानैदेखि सुन्दै आएकी थिएँ तर भगवान्ले कसरी हेर्छन्, त्यो बारेमा मलाई थाहा थिएन ।
जब कोरोना महामारीले विश्वमा एकसाथ तहल्का मच्चाउन शुरू गर्यो, तब विश्व समुदायलाई एक अदृश्य शक्तिले आक्रान्त बनायो । संकट यति चुलियो कि त्यसबाट सुरक्षित अवतरण कसरी हुने भन्नेमा शक्ति, सामर्थ्य, विज्ञान र प्रविधिमा छलाङ मारेका शक्तिशाली देशहरू समेत अनभिज्ञ रहे ।
व्यक्ति, समाज र देश मात्र नभएर सारा विश्व अलमल्ल परेका बेला कोरोनासँग सम्बन्धित गरिएका नयाँ रिसर्च, त्यस्ता रिसर्च रिपोर्टमा उल्लेख भएका कुराहरू, महामारीले निम्त्याउन सक्ने सम्भावित अवस्था र बच्नका लागि नागरिकले खेल्नुपर्ने भूमिका र अपनाउनुपर्ने सतर्कताबारे तथ्यांक, सूचना र जानकारी लिएर समाजिक सञ्जालमा उपस्थित हुन थालेपछि मैले खासगरी डा. रवीन्द्र समीरलाई चिन्ने मौका पाएकी हुँ ।
जतिबेला सामाजिक सञ्जालमा उहाँको कोरोना अपडेट आउन थाल्यो, त्यो बेलासम्ममा आफ्नो कोठामा अलि ठूलो स्वरले खोक्दा समेत छिमेकीले ढोका बन्द गर्न थालिसकेका थिए । एकाएक परिवेश यसरी बिग्रिएर गएको थियो कि मानिसहरू कोरोनाको संक्रमणले मात्र नभएर कोरोना संक्रमणको डरले समेत सिकिस्त थिए । अस्पतालमा उपचार लिन जाँदा अस्पतालभित्र प्रवेश नपाई गेटबाट फर्किनुपरेका उदाहरणहरूको त समाजमा चाङ नै थियो ।
त्यो विषम परिस्थितिमा हामीले कोठाभित्र बसीबसी छिमेकीको खोकीसँग कति डराउने, कति नडराउने, आफ्नो शरीरमा देखिएका लक्षणको उपचार कसरी गर्ने, कस्तो जीवनयापन र आहारविहारमा जोड दिने, कोरोना सम्बन्धी विश्वमा के कस्ता अनुसन्धान भइरहेका छन् भन्ने कुराको शिक्षा र जानकारी एक जनस्वास्थ्य विज्ञबाट निरन्तर र निःशुल्क पाउनु भनेको जसको हेर्ने कोही छैन उसलाई भगवानले हेर्छन् भन्ने आहान बराबर थियो ।
हामीले कोठामा थुनिएर उहाँलाई सुनिरहँदा उहाँ भने हाम्रो संकटको साथी मात्र नबनी त्यो भयंकर क्षणका भयानक विषयहरूलाई लिपिको आकार दिई इतिहास सुरक्षित गर्नतर्फ पनि उत्तिनै लाग्नुभएको रहेछ, जसको फलस्वरूप कोरोना महामारीको लिखित दस्तावेज ‘कोरोनातन्त्र’ आज हाम्रो हातमा आइपुगेको छ ।
यो पुस्तकका हरेक पाना पल्टाउँदै जाँदा मैले फेरि एकपटक ती अत्यासलाग्दा दिनहरू, निराश लाग्दा समाचारहरू, निसास्सिँदा जीवनहरू र उदेक लाग्दा सरकारी पहलकदमीहरूलाई झल्झली सम्झिरहेकी छु । संकटको घडीमा हाम्रो प्रवृत्ति र मनोवृत्ति कस्तो हुँदो रहेछ ? त्यसको यथार्थ नमूना मैले कोरोनातन्त्रमा भेट्टाएकी छु ।
कोरोना संक्रमित तथा संक्रमणको आशंका भएका बिरामीलाई अस्पतालमा फरक व्यवहार गर्नु, संक्रमितको जाँच र उपचार गर्न डाक्टरको लुगा लगाएर गार्ड पठाउनु, सहयोगको नाउँमा नून दिएर सुन दिएकोझै हंगामा फैलाउनु र जस लिनु, ५ किलोको चामल हस्तान्तरणमा ५० जनाको हात थामिनु, कसलाई के सहयोग गर्नेभन्दा पनि कति कमिसन लिने भन्ने उत्कण्ठा भएका उच्च पदस्थहरूले आफ्नो परिवारले सहयोग माग्दा पनि मलाई के आउँछ भन्ने प्रश्न राख्नु जस्ता कथा पढ्दा मैले मेरै वरिपरिका धेरै अनुहारहरूलाई एकसाथदेखि रहें ।
कोरोनाको खोप लगाउन जाँदा खोप सकिएको भन्दै हामीलाई फिर्ता गर्ने स्वास्थ्यकर्मी, अब अर्को पटकको खोप आउँदा चाहिँ पक्का है भनेर मुसुक्क हाँस्ने खोप वितरणको भूमिका पाएका जनप्रतिनिधि, जसले हामीभन्दा पछि खोप केन्द्र पुग्ने तर उनीहरूका लागि फलदायी बन्नसक्ने व्यक्तिलाई सम्मानपूर्वक खोप लगाएर पठाएको दृश्य यसभित्र भेटिएको छ । त्यसैले यसमा हाम्रो कथा छ भन्न सकिन्छ ।
लकडाउनको शुरूआती चरणमा विभिन्न मिष्ठान्न भोजन बनाएर फेसबुकभर पस्किने दिदीबहिनी, काकाकाकी, मामामाइजू, फूपू, छरछिमेकी सबै यहीँ पुस्तकमा भेटिनुहुन्छ, यस अर्थमा यो पुस्तक एक समाज बनेको छ ।
विदेशी भूमिमा उपचार नपाएर र हेरचार गर्ने आफन्त नभएर छट्पटिँदै देहत्याग गर्नुपरेका धेरै नेपाली दाजुभाइको कारुणिक दृश्य यसमा छापिएका छन् । निजी अस्पतालको लुट प्रणाली र त्यस्तै अस्पताललाई सरकारले दिने छुट प्रणालीको तीतो यथार्थ यसमा उल्लेख छ । यसले संकटमा सरकारले दिनसक्ने छुटको प्रयोग कि दुरुपयोग भन्ने प्रश्नले पाठकलाई कोतारी रहन्छ । यसर्थमा यसमा विद्यमान बेथितिको पर्दाफास छ भन्न सकिन्छ ।
नागरिकहरू जीवन कसरी बचाउन सकुँला भनेर तड्पिरहेका बेला तिनै जनताको जीउधनको रक्षा गर्ने सार्वभौम संयन्त्र चाहिँ कालमा पनि कमिसन खोजिरहेको चित्र प्रतिबिम्बित छ । सम्पत्ति, स्वाभिमान, संस्कार, सम्बन्ध भन्दा माथि मात्र नभएर कालभन्दा माथि रहेको ठान्ने मानवीय प्रवृत्तिसँग त सायद काल पनि जिल्लियो होलाझै लाग्दछ । यस्तो हर्कत र प्रवृत्ति कुनै न कुनै तवरले सरकारको अनुहारसँग मिलेजस्तो लाग्ने भएकाले यो पुस्तकमा सरकार छ भन्न सकिन्छ ।
लकडाउनले काम गर्न नपाएपछि भोक लाग्दा बच्चाहरूलाई टिस्यु पेपर पकाएर खुवाएको र फेरि भोक लाग्यो भनेछन् भने माक्स लगाइदिनु भनेर बुवाले आमालाई दिएको आदेशले त्यो बेला मान्छे कति निरीह हुनुपरेको थियो भन्ने चित्रण गरेको छ ।
यसमा छुटाउनै नहुने अर्को कुरा डाक्टर शर्माको सक्रिय भूमिका रहेको छ । इमान्दारदेखि लिएर बेइमानीसम्मका काम गर्नमा डाक्टर शर्माको पहल, रहर, विचार र दृष्टिकोण कुनै न कुनै तवरले हाम्रै वरिपरिका परिचित डाक्टर सा’पहरूसँग मिल्छ, जसले कथालाई सजीव बनाएको छ ।
कृति लेखनका लागि एकान्त, शान्त र अनुकूल वातावरण खोज्दै शहरबाट टाढा साथीको घर पुगेका सर्जक र साथी चाहिँ उस्तै वातावरण खोज्दै शहर पसेको कथा पढ्दा मान्छेलाई परिवर्तनले पार्ने प्रभावको फरक बुझ्न सकिन्छ ।
कथाका हरेक भागहरूमा शास्त्रमा उल्लेख भएका कुराहरूलाई युक्तिसंगत तवरले प्रस्तुत गर्नुले एउटा सर्जकले एउटा कृति जन्माउन कति धेरै कृति अध्ययन गर्नुपर्ने रहेछ भन्ने तथ्य उजागर भएको छ । शास्त्रसंगत भनाइ र प्रस्तुतिले पाठकलाई पठनमा चुम्बकलेझै आकर्षण गर्दछ । यसैगरी पुराना चलिआएका उखानलाई कोरोना महामारीसँगै प्रचलित उखानको रूपमा नविनता प्रदान गरी गरिएको प्रस्तुति एक उल्लेखनीय कार्य वा प्रयोग हो भन्नु अत्युक्ति नहोला ।
उल्लेख्य संख्यामा उत्कृष्ट कृति प्रकाशन गरिसक्नु भएका लेखक रवीन्द्र समीरको सूत्र उपन्यास ‘कोरोनातन्त्र’मा कोरोना भाइरसले विश्वमा गरेको निरंकुश शासनको कथा मात्र नभएर विश्व समुदायमा अभ्यास गरिएका लोकतन्त्र, कर्मचारीतन्त्र, समाजसेवातन्त्र, शासकीय तथा सेवाप्रदायक संयन्त्र र अरू पनि यस्तै धेरै तन्त्र र संयन्त्रहरूको यथार्थ चित्र र चरित्रको उत्कृष्ट रेखाचित्र भेट्टिएकाले यसमा विश्व छ भन्न फरक नपर्ला ।
यसर्थ मलाई लाग्छ, जसले समाज, देश र विश्वको इतिहासलाई सुरक्षित गर्दछ, हामीले उसलाई सुरक्षित गर्नुपर्दछ ।
अन्त्यमा, विश्वले सामना गर्नुपरेको विचित्र अवस्थालाई बिम्बात्मक र व्यंग्यात्मक रूपमा प्रस्तुत गरी उकृष्ट पुस्तक सिर्जना गर्नुभएकोमा वरिष्ठ साहित्यकार रवीन्द्र समीरलाई धेरै बधाई तथा शुभकामना !
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...