कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडाैं | असार ३, २०८०
'बालकृष्ण दाइ, चिन्ता गर्नु पर्दैन, हाम्रो पनि दिन पक्कै आउँछ,' शमशेर मियाँले अचानक यसो भन्दा शुक्रवार काठमाडौं जिल्ला अदालतको इजलास नम्बर २५ मा झन्डै ३ घण्टा जतिको सन्नाटा हाँसोमा परिणत भयो ।
नक्कली शरणार्थी प्रकरणमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सकिएपछि आदेशको प्रतीक्षामा घन्टौंसम्म कुरेर बसिरहेका १८ जना प्रतिवादीहरू, उनीहरूका कानून व्यवसायी र पत्रकारले आफ्नो हाँसो रोक्नै सकेनन् ।
खाजा खाएर इजलासमा आदेश पर्खिरहेका बेला सबैजसो प्रतिवादीहरू तनावमा देखिएका बेला प्रतिवादी मियाँको उक्त भनाइले उपस्थित सबैको अनुहारमा हाँसे छाएको थियो ।
त्यसपछि मियाँले थपे, 'बालकृष्ण दाइ तपाईं फेरि पनि चुनाव जितेर मन्त्री बन्नुहुन्छ । टोपबहादुर दाइ तपाईं संसद्को यही कार्यकालमा फेरि पनि मन्त्री बन्नुहुन्छ । हाम्रो पनि दिन आउँछ ।'
अधिकांशले खित्का छाडे । इजलासमा हाँसो गुञ्जियो ।
हाँसोको माहोलमा उनी रोकिएनन्, 'टोपबहादुर दाइ तपाईं पो एमाले हुनुभयो, म त अझै पनि माओवादी नै हो । तर, मलाई कुनै पनि माओवादीले हिरासतमा भेट्न समेत आएनन् । दुःख पर्दा आफ्नै पार्टीले समेत सम्झेन ।'
झन्डै २ बजे थुनछेक बहस सकिएपछि न्यायाधीश न्यौपाने आफ्नो च्याम्बरमा आदेश लेख्नमा व्यस्त थिए । इजलास अधिकृत पनि लामै समयदेखि इजलासमा थिएनन् । सबै प्रतिवादीहरू खाजा खाएर साढे २ बजेतिर इजलासमा पसिसकेका थिए । बीच-बीचमा उनीहरूबीच कानेखुसी चल्थ्यो अनि फेरि शान्त हुन्थे ।
हरेक दिन फरक-फरक टीका लगाएर आउने बालकृष्ण खाँण शुक्रवार दिनभर निकै गम्भीर देखिएका थिए । कुनै दिन रातो, कुनै दिन कालो टीका लगाएर आउने खाँणले शुक्रवार सेतो टीका लगाएका थिए । सधैँजस्तो उनको शिरमा कालो क्याप थियो ।
थुनछेक आदेश आउने दिन साँझ साढे ५ बजेतिर खाँणले आँखा चिम्लिएर दुवै हात जोड्दै भगवानसँग प्रार्थना नै गरे ।
शुरूमा शान्त देखिएका टोपबहादुर पनि आदेशको समय नजिकिँदै गर्दा तनावमा थिए । इजलासमै यताउता हिँडेर तनाव कम गर्न प्रयास गरे ।
मियाँले हँसाएको एकछिनमै फेरि सबै जना चुपचाप भए । मियाँ पनि आफ्नो ठाउँमा आएर बसे । हँसाउनुअघि उनी अर्का प्रतिवादी सन्दीप रायमाझी र सन्देश शर्मा भएको ठाउँमा पुगेर केही कानेखुशी गरेका थिए ।
आफ्नो आसनमा फर्किएपछि मियाँसँग लामो संवाद गर्ने अवसर जुर्यो । त्यसक्रममा खुलेर कुराकानी गरेका मियाँले आँसु नै झारे ।
भावुक मुद्रामा प्रस्तुत भएका मियाँले भने, 'मैले नखाएको विष लाग्यो । यो घटनामा मेरो कुनै संलग्नता छैन । कसैसँग एक पैसा लिएको पनि छैन । शायद द्वन्द्वकालको पाप लाग्यो ।'
आफैंले सप्लाइ गरेको हतियारबाट विस्फोट गराइएका पुलहरूमा मानवीय क्षति समेत भएको स्मरण गर्दै उनले त्यही सराप लागेको हुनसक्ने गुनासो गरेका थिए ।
आफू २०५५ सालदेखि नै माओवादीमा आबद्ध भएको मियाँले खुलाए । शुरूमा सल्यानमा जुत्ता चप्पलको पसल गरिरहेका उनी त्यहीँबाट माओवादीमा आबद्ध भएका थिए । पछि कपिलवस्तुको कृष्णनगरमा पुगेर व्यापारलाई निरन्तरता दिएका उनले माओवादी लडाकूलाई जिलेटिन सप्लाइको जिम्मेवारी पाएका रहेछन् ।
'भारतको झारखण्डस्थित धनवाद, उत्तर प्रदेशको रामपुर आदिबाट आउने जिलेटिन सप्लाइको काम मैले पाएको थिएँ,' मियाँले लोकान्तरसँग भने, 'मैले जनयुद्धमा बन्दुक चलाएर कसैको हत्या गरेको छैन । बम पनि आफैं पड्काइनँ । तर, मैले सप्लाइ गर्ने जिलेटिनबाटै धेरै पुल उडाइयो । एम्बुसमा सेना, प्रहरी र आममान्छे पनि मरे । शायद त्यही सराप मलाई अहिले लाग्यो ।'
हिरासतमा रहँदा माओवादीका कुनै पनि नेता/कार्यकर्ता भेट्न नआएकोमा उनी दु:खी थिए ।
'विगतमा जिल्लामा होस् वा काठमाडौंमै पनि माओवादीका कार्यकर्ताहरू जेल वा थुनामा हुँदा मैले कम्तीमा पनि ३ सय जनालाई भेटेको हुँला । तर, म आफैं गिरफ्तार हुँदा तिनै मान्छेसम्म पनि भेट्न आएनन् ।'
दुःख पर्दा कोही आफ्नो हुने रहेनछ भन्ने अनुभूति उनले सुनाए ।
'अहिले त रुँदारुँदै आँसु नै सुकिसक्यो । हेर्नुस्, माओवादीले हामीलाई धेरै नै उपयोग गर्यो, तर अहिले त्यही माओवादी सरकारको पालामा दु:ख पाइयो,' मियाँले थपे ।
मियाँ हज समितिका अध्यक्ष हुन् । २०५८ सालमा माओवादीको अवध राज्य समिति सदस्य भएका उनी मुस्लिम आयोग गठन हुँदा मुस्लिम आयोगका संस्थापक सदस्य सचिव पनि भइसकेका हुन् ।
२०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेका बेला उनलाई मुस्लिम आयोगको सदस्य सचिव बनाइएको थियो । त्यतिबेला आयोगको अध्यक्ष सेरेमोनियल थियो, सदस्य सचिव नै पावरफूल पद हुन्थ्यो । माओवादीमा हुँदा मियाँ भट्टराई खेमामै रहेकाले उनलाई भट्टराईले सदस्य सचिव बनाएका थिए ।
२०७० सालमा समानुपातिक कोटातर्फ मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमै सांसदमा सिफारिश गरिएका मियाँ २०७४ सालमा बुटवल उपमहानगरको वडा नम्बर ५ मा वडाध्यक्ष पदमा पराजित भए ।
'वडामा पराजित भए पनि शमशेरलाई कुनै न कुनै भूमिकामा ल्याउनुपर्छ भनेर पार्टीले मलाई हज समितिको अध्यक्ष बनायो,' उनले थपे, 'पछि सांसद वा राजदूत नै बन्ने लक्ष्य थियो । तर, दुर्भाग्य नै भनौं अहिले सबै सपना चकनाचुर भयो ।'
राजदूत बन्ने लोभमा सन्देश शर्माले आफूलाई फसाएको उनको कथन थियो । 'नेकपा एमालेका महासचिव शंकर पोखरेलको साख्यै भतिजो हुन् सन्देश । बरु शर्मा पो किन लेखेका छन्, अचम्म लाग्छ । पहिलै राम्रै मान्छे लाग्थ्यो,' उनले थपे, 'मलाई विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव पोखरेलसँग पनि पटक-पटक भेट गराइदिएका थिए ।'
राजदूत बनाइदेलान् कि भन्ने सोचेर सन्देशसँग गरेको दोस्ती नै अहिले आफ्नो लागि दुर्भाग्य भएको उनको बुझाइ पाइयो ।
'मैले त सन्देश राजनीतिक पहुँच भएको मान्छे भनेर दोस्ती गरेको थिएँ,' उनले थपे, 'तर, उनले मेरो सरकारी गाडीका लागि पो दोस्ती गरेका रहेछन् भन्ने बल्ल थाहा पाएँ ।'
मियाँले सुविधाबापत पाएको सरकारी गाडी चढेर प्रतिवादीहरूले बायोमेट्रिक गराउने, त्यही सरकारी नम्बर प्लेटको गाडीमा पीडितहरूबाट लिइएको रकम ओसारपसार गर्ने गरेको अभियोग छ ।
पाँचपटकका नमाजी, तीनपटकका हाजी
कुराकानीकै क्रममा आफू एकदमै धार्मिक प्रवृत्तिको मान्छे भएको उनले खुलाए ।
आफ्नो पाइन्टको पछाडिको गोजीमा राखेको कालो जालीदार टोपी निकाल्दै निधारमा तीन ठाउँमा बसेको कालो दाग देखाएर उनले भने, 'मेरो निधारमा यो दाग देख्नुभयो, यो नमाज पढ्दाको दाग हो । म पाँचपटक नमाज पढ्ने नमाजी मुस्लिम पनि हो ।'
बिहान साढे ४ बजे, दिउँसो २ बजे, साँझ साढे ५ बजे, साँझ ७ बजे र बेलुका ९ बजे गरी पाँचपटक नमाज पढ्ने गरेको उनले बताए । इजलासमा आउँदा दिउँसो २ बजेको नमाज पढ्न नभ्याउने हुनाले त्यसको साटो राति थप नमाज पढ्ने गरेको उनले बताए ।
मुस्लिम समुदायमा हज यात्रा गर्नु धेरै ठूलो कुरा मानिन्छ । साउदी अरबको मक्का मदिनामा गरिने हज यात्राका लागि व्यवस्थापन गरिदिने, लगिदिने, ल्याइदिने जिम्मेवारी पाएको हज समितिको अध्यक्ष भएका कारण मुस्लिम समुदायभित्र उनको ठूलो सम्मान थियो ।
सोही क्रममा उनले तीनपटक आफैं पनि हज यात्रा गर्ने अवसर पाइसकेका थिए । हजयात्रा गर्नेलाई नामको अगाडि हाजी लगाउने गरिन्छ । हज यात्रा गरेका हाजीले कुनै पनि नापाक (गलत) काम गर्दैनन् भन्ने विश्वास गरिन्छ । तर, नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि आफूले पाएको सबै सम्मान, मान, मर्यादा धुलिसात भएको गुनासो उनले गरे ।
यही जेठ १८ गते नेपालबाट मक्का मदिनाका लागि उडेका हज यात्रीहरूलाई उनले नै लग्ने तय थियो । तर, उनी बीचमै पक्राउ परे ।
९६ किलोबाट ८० किलोमा झरेको मियाँको दुख
मियाँ पक्राउ परेपछि उनलाई दरमार्गस्थित प्रहरी थुनामा पठाइएको थियो । त्यहाँ उनलाई अर्को प्रतिवादी भुटानी नेता टेकनाथ रिजालसँगै राखियो ।
झन्डै २० दिनजति त्यहाँ बसेका उनीहरूलाई टेकुमा स्थानान्तर गरिएको थियो । टेकुमा भने एउटै हिरासत कक्षमा १ सयजना जति रहेका कारण सुत्न पनि सकस भएको उनले सुनाए । त्यसैले उनी इजलासमा बहस हुँदा पनि बेन्चमै सुत्ने गरेका थिए ।
'मलाई त खाना पनि राम्रो लागेको छैन, म पक्राउ पर्नुअघि ९६ किलोको थिएँ । तर, अहिले म ८० किलोमा झरेको छु जस्तो लाग्छ,' उनले थपे, 'टेकुमा हामीसँगै यसै मुद्दाका ११ जना छन् । उनीहरूलाई त आराम छ, खुब भात खान्छन् ।'
राति अन्य प्रतिवादीबीच हिसाब-किताबलाई लिएर सधैँ झै-झगडा हुने गरेको उनले खुलाए ।
'यिनीहरूलाई त हाइ सन्चो छ नि, यिनीहरूले नेपालीभन्दा बढी दार्जिलिङका इन्डियन र तिब्बतीबाट पैसा उठाएका छन् । ती सबै पैसा पचाउने भएपछि झन् ढुक्क छन् । कुनै चिन्ता देखिन्न,' मियाँले थपे, 'तर, मलाई यिनीहरूले फसाए । विगतको कर्मको फल पाएँ ।'
कुराकानीकै बीचमा साँझ सवा ६ बजे न्यायाधीश न्यौपाने इजलासमा आएपछि सबै जना उठे ।
'तपाईंहरूलाई उच्च अदालत जाने बाटो छँदैछ, लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटी मागेको छु । बाँकी सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश गरेको छु,' न्यायाधीश नेउपानेले संक्षिप्त आदेश सुनाएर फर्किए ।
उनी फर्किएलगत्तै बालकृष्ण खाँण र टेकनारायण पाण्डेले आँसु बगाए । उनीहरू शान्त हुन केही समय लाग्यो । लिखित आदेश आउन तथा सबै प्रतिवादीहरूको ल्याप्चे छाप लिन १ घण्टाभन्दा बढी समय लाग्यो । साढे ७ बजेतिर केन्द्रीय कारागार जगन्नाथदेवल (सुन्धारा) लैजाने क्रममा बालकृष्ण खाँणले पत्रकारहरूलाई नमस्ते गर्दै धन्यवाद पनि दिए ।
'ल सबैजना पत्रकारहरूलाई धन्यवाद ! तपाईंहरूले पनि धेरै दिनदेखि दु:ख भोग्नुपर्यो,' खाँणले भने ।
त्यसपछि लोकान्तरकर्मीले तपाईं केही भन्न चाहनुहुन्छ भन्ने प्रश्न गर्दा खाँणले संक्षिप्त जवाफ दिए, 'म यो घटनामा संलग्न छैन, उच्च अदालतले न्याय गर्ला ।'
खाँणले भन्नेबित्तिकै मियाँले पनि आफू निर्दोष रहेको र आफूलाई अन्यायमा पारिएको प्रतिक्रिया दिएका थिए ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...