मंसिर ८, २०८०
हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो । ...
काठमाडाैं | असार १८, २०८०
धूलोधुवाँ र फोहोरका कारण कुरूप र दुर्गन्धित बनेका राजधानीका सडकहरूको चित्र केही हदसम्म भए पनि फेरिन थालेको छ ।
काठमाडौं महानगरपालिकाले राजधानीको मध्य क्षेत्रका मुख्य सडकमा गमला राखेर फूल रोप्न थालेको छ ।
शहरमा हरियाली प्रवर्द्धनका लागि बिरुवा रोप्ने अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले बागबजार र पुतलीसडक आसपासमा गमला राखेको छ ।
चुनाव जितेको वार्षिकोत्सवको अवसरमा हरितकरण गर्ने योजनाअन्तर्गत मेयर बालेन साहको निर्देशनमा वृक्षारोपण गरिएको २८ नम्बर वडाका अध्यक्ष भाइराम खड्गी (प्रकाश)ले जानकारी दिए ।
'महानगरपालिकाको निर्देशनमा वडाको बजेटबाट बागबजार, पुतलीसडक वरपर हरियाली बनाउने कामआगाडि बढेको हो,' उनले लोकान्तरसँग भने।
हरियाली प्रवर्द्धनका लागि बागबजारमा सडकपेटीको दायाँबायाँ गमलासहित फूल र पुतलीसडकमा वृक्षारोपण कार्य सम्पन्न भइसकेको अध्यक्ष भाइराम खड्गीले बताए। साथै बोटबिरुवाको सुरक्षाका लागि भनेर बकेट राख्ने योजना समेत रहेको उनले बताए ।
महानगरले सडक पेटीमा गमला राखेर फूल तथा विरुवा रोप्न थालेपछि स्थानीयले पनि खुशी व्यक्त गरेका छन् ।
'पहिला पसल अगाडि नै ल्याएर फोहोर फालिदिन्थे, अहिले महानगरले बिरुवा रोपेर गएको छ, मेयर बालेनलाई धेरै-धेरै धन्यवाद,' पुतलीसडकमा २ वर्षदेखि कम्प्युटर पसल सञ्चालन गर्दै आएकी सुष्मिता काफ्लेले खुशी हुँदै भनिन् ।
आफूहरूले केही परिवर्तन महसूस गर्न थालेको उनको भनाइ थियो ।
'मैले पसल खोलेको २ वर्षमा पहिलोचोटी परिवर्तन महसूस गरेकी छु,' उनले भनिन्, 'मेयरसाब काठमाडौंको नक्सा नै परिवर्तन गर्न लाग्नुभएको छ, उहाँलाई धेरै बधाई छ ।'
१५ वर्षदेखि पुतलीसडक चोकनजिक फेन्सी पसल सञ्चालन गर्दै आएका लक्ष्मण महर्जनले पनि यसरी फूल तथा अन्य बिरुवा रोप्नु सकारात्मक भएको बताए ।
'हरियाली बनाउने भनेको त धेरै राम्रो हो नि ! विदेशी पर्यटक आउँदा पनि हाम्रो देशको बारेमा राम्रो सन्देश जान्छ,' उनले भने ।
ठूला र पुराना दलहरू निकम्मा बनिसकेको भन्दै उनले बालेनले दाबबमुक्त भएर काम गरिरहेको भनी प्रशंसा गरे ।
उनले बिरुवाको संरक्षणका लगि हेरचाह गर्ने एक जना व्यक्ति समेत व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
'चोरेर लैजान सक्छन्, चुँडाल्न सक्छ, कसैले उखेलिदिन सक्छ, बिरुवामा दैनिक जसो पानी हाल्नुपर्ने हुन्छ, त्यसका लागि पनि एक जना त चाहिन्छ,' उनले सुझाव दिए ।
आफूले हातमुख धुन प्रयोग गरेको पानी बिरुवामा हाल्न थालेको पनि उनले बताए । 'यो हाम्रो पनि दायित्व हो नि !' महर्जनले भने ।
त्यसक्रममा बाटोमा हिँड्ने कतिपय पैदल यात्रुहरूले समेत गमलाको संरक्षणका लागि चासो व्यक्त गरिरहेका भेटिए ।
चोरीबाट बचाउन र त्यसको संरक्षणका लागि आसपासका बासिन्दा तथा पसलेहरूले ध्यान दिनुपर्ने उनीहरूको सुझाव थियो ।
हेर्नुहोस्, भिडियो :
हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो । ...
'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...
गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सरकारी मर्यादाक्रममा मुख्यसचिव ...
ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...
चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...