फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बाँकेको बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दिनचर्या २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगञ्जको बजारमा बेच्नमै व्यस्त छ ।
प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगञ्जको बजारसम्म ल्याउनमै उनको दिन बित्ने गर्दछ । शान्ति तरकारी बोकेर बिहानै नेपालगञ्ज आइपुग्छिन् ।
मौसमअनुसार बारीमा फलाइएका तरकारी बेच्ने शान्तिलाई आफूले कति किलो तरकारी लिएर बिक्री गर्ने गरेको भन्ने थाहा छैन तर बजारसम्म ल्याइएका तरकारी भने सबै बेचेर घर फर्किन्छिन् उनी ।
‘अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरें भन्ने हिसाब हुन्छ । यी त सबै आफ्नै बारीमा फलाइएका तरकारी हुन्,’ उनले भनिन्, ‘आफ्नै बारीमा फलेको हुनाले टिप्यो बोरामा बाँध्यो अनि बजारमा ल्याएर बेच्यो । कति किलो ल्याइएको हुन्छ भन्ने थाहा नभए पनि बोकेर ल्याइएका सबै तरकारी बेचेर फर्कन्छु ।’
शान्तिले नेपालगञ्जको सडक छेउमा बसेर विगत ५ वर्षदेखि हिउँदे, बर्खे र बाह्रैमासे तरकारी बेच्दै आएको बताइन् ।
प्रत्येक बिहान सडक छेउमा तरकारी बेजेर शान्तिले दैनिक ४–५ हजार रुपैयाँसम्म कमाउने गरेको बताउँछिन् । उनले यसपटक बर्खे तरकारी बेचेर १ लाख ९५ हजार रुपैयाँ कमाइ गरेको बताइन् । ‘दैनिक आम्दानी थोरै भनेको ३ हजार हुन्छ, नत्र त प्रायः ४–५ हजार रुपैयाँसम्मको भइरहन्छ । हामी बूढाबूढीले अस्ति भर्खरै हिसाब गरेको बर्खे तरकारी बेचेर १ लाख ९५ हजारको कमाइ भएको रहेछ ।’
तरकारीबाट कमाएको पैसाले छोरीको पढाइ खर्च र घर खर्च दुवै चलेको उनले बताइन् । शान्तिका ४ छोरीसहित ६ जनाको परिवार छन् ।
शान्तिझैं आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत ४ वर्षदेखि घर चलाउँदै आएकी छन् शोभारानी थारूले पनि । ५५ वर्षीया शोभारानीको आम्दानी दैनिक २ हजार ५०० देखि ३ हजार ५०० सम्मको हुने गर्दछ । उनले बर्खे बालीभन्दा हिउँदो बालीबाट बढी आम्दानी गर्ने गरेको बताइन् । ‘हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बालीबाट उत्पादन भएका चना, केराउ, मसुरोको दानासँगै जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको ५ हजार ५०० रुपैयाँसम्मको आम्दानी गरेको छु,’ उनले भनिन् ।
शोभारानी र शान्ति एउटै गाउँका भएको हुनाले उनीहरू बिहान ७ः०० बजे नै गाउँबाट तरकारी बोकेर बेच्नका लागि नेपालगञ्जको धम्बौझीमा आइपुग्छिन् । यो समयमा शोभारानीले कटहर, आलु, प्याज, बर्खे खुर्सानी, भान्टा, कर्मुलाको साग लगायतका हरियो तरकारी बेच्दै आएकी छन् । साथीको देखेर आफूले पनि बारीमा फलेको तरकारीलाई नेपालगञ्जको बजारसम्म ल्याएर बेच्न शुरू गरेको शोभारानीले बताइन् ।
शुरूशुरूमा लाज लागेको बताउने उनी अब उमेरले साथ दिएसम्म यही व्यापार गर्ने बताउँछिन् । ‘सडकको छेउमा तरकारीका थुप्रो लगाएर बेच्न मलाई पहिला त लाज लागेको थियो तर अहिले त आफ्नै व्यापार हो भन्ने बुझेको छु । अब त सकुञ्जेल यही नै गर्ने हो,’ उनले भनिन् । शोभारानीले ८ कठ्ठा जग्गामा लगाइएको तरकारीलाई बजारसम्म ल्याएर बिक्री गर्ने गर्छिन् ।
शान्ति र शोभारानीलाई पछ्याउँदै ३० वर्षीया सुबिनाकुमारी थारूले पनि आफैंले बारीमा फलाएको हरियो तरकारीलाई बजारमा ल्याएर बेच्ने गर्छिन् । उनले यसरी तरकारी बेच्न लागेको ३ वर्ष भएको छ । तरकारी बेच्नुभन्दा पहिला उनले ज्याला मजदुरी गर्थिन् । आफूले दिनभर काम गर्दा जम्मा ५०० पाउने र तरकारी बेचेर शोभारानी अनि शान्तिले २ हजार ५०० देखि ५ हजार ५०० सम्म आम्दानी गरेको थाहा पाएपछि उनले पनि बारीमा फलेका तरकारीलाई बजार भाउ दिन शुरू गगरिन् ।
‘पहिला–पहिला त मैले ज्याला मजदुरी गर्थें । दिनभरि काम गर्दा जम्मा ५०० रुपैयाँ मात्र कमाइ हुन्थ्यो । थकाइ पनि उस्तै । जब मैले छिमेकीहरूले बारीमा फलेको तरकारी बेचेर एकै दिनमा ५ हजारसम्म कमाएको थाहा पाएँ, त्यसपछि मैले पनि उहाँहरूसँगै बारीमा फलेका तरकारी बजार लगेर बेच्न शुरू गरें,’ सुबिनाले भनिन्, ‘अर्काको काम गर्दा बिहानदेखि बेलुकासम्म नै खटिनुपथ्र्यो । सानै भए पनि यो त आफ्नै व्यापार हो । बिहानभरि तरकारी बेचेर दिउँसो घरको काम गर्न पनि पाइन्छ ।’
तरकारी बेचेरै सुबिनाले पनि एक बिहान ३ हजार ५०० रुपैयाँ हाराहारीमा आम्दानी गर्ने गर्छिन् । उनी दिन बिराएर तरकारी बिक्री गर्न नेपालगञ्ज आउने गर्छिन् । तरकारीबाट राम्रो आम्दानी हुन थालेछि सुबिनाले बारीमा व्यावसायिक खेती गर्न शुरू गरेको बताइन् । ‘पहिला घरमै मात्र खानका लागि तरकारी लगाइन्थ्यो । अहिले तरकारीबाट सोचेकोभन्दा राम्रो आम्दानी हुन थालेपछि गोडमेलका लागि २ देखि ३ जनासम्म मान्छे लगाएर व्यावसायिक रूपमा तरकारी लगाउने गर्छु,’ उनले भनिन् ।
तरकारी फलाउनमा सुबिनाका श्रीमान्ले सहयोग गर्नुका साथै ज्याला मजदुरको काम पनि गर्छन् । उनका १ छोरा र १ छोरी छन् । ४ जनाको परिवारलाई सुबिनाकै तरकारीले पालेको छ । अरुको काम गरेर ज्याला मजदुरीका रूपमा चिनिनुभन्दा सानै भए पनि आफ्नै व्यापार गरेर आत्मसन्तुष्टि भएको सुबिना बताउँछिन् । ‘अहिले म निकै खुशी छु । अर्कैकामा काम गर्छु भन्नुभन्दा आफ्नै व्यापार गर्छु भन्नुमा छुुट्टै मज्जा छ,’ उनले भनिन्, ‘सडककै छेउमा बोरो ओछ्याएर तरकारी बेच्दा पनि यसले हामीलाई आत्मनिर्भर बन्न सिकाएको छ ।’
नेपालगञ्जको धम्बोझी चोक नजिकै प्रत्येक बिहान सडकको छेउमा अग्र्यानिक तरकारी किन्ने ग्राहकको भीड देख्न सकिन्छ । प्रायः मर्निङ वाक गर्नेले तरकारी किनेर लैजाने गर्दछन् । बिहान सडक सुनसान हुने र १० बजेपछि सरकारी कामसँगै चहलपहल पनि बढ्ने भएकाले ५–६ देखि १० बजेसम्म तरकारी बेच्ने वातावरण मिलाइदिएको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताए । विगत केही वर्षदेखि नेपालगञ्जका सडक छेउमा गाउँघरका अग्र्यानिक मौसमी तरकारीले बजार लिन थालेका छन् । – रुपनी जिएम/रासस
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...