मंसिर १३, २०८०
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
लोकप्रिय हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट दर्शकमाझ प्रिय बनेका अभिनेता हुन् सिताराम कट्टेल ‘धुर्मुस’ ।
लामो समय उक्त सिरियलमा सक्रिय रहँदा उनले थुप्रै चरित्रहरू निर्वाह गरेका थिए । ‘धुर्मुस’ कुञ्जना घिमिरे ‘सुन्तली’का साथ सामाजिक कर्ममा होमिएपछि ८ वर्षयता टेलिसिरियलमा देखिएका छैनन् । उनी दर्शक बनेर अहिलेका टेलिसिरियल हेरिरहेका भने छन् ।
हिजोआजका टेलिसियलमा कतिपयले स्तरीयता खस्किएको समेत गुनासो गर्ने गरेका छन् । जबरजस्ती हँसाउने चक्करमा हास्य सिरियलहरू निर्माण भइरहेको गुनासो कतिपयले गर्ने गरेका छन् । धुर्मुसलाई चाहिँ कस्तो लाग्छन् त हिजोआजका टेलिसिरियल ? उनले जवाफ दिए, ‘यस्तो उस्तो भन्दा पनि मलाई यति थाहा छ कि अहिले क्षमतावान व्यक्तिहरू आउनुभएको छ । मात्रै, उहाँहरूले पस्किने चिजहरूमा चाहिँ मेहनत गर्नलाई विभिन्न कुराहरूले अप्ठयारो पर्यो होला भन्ने लाग्छ ।’
‘धुर्मुस’ले पहिले डमी हेरिसकेपछि मात्रै सिरियलहरू प्रसारणका लागि पास हुने गरेको स्मरण गरे । ‘त्यतिखेर प्लेटफर्म त्यति धेरै हुँदैनथे । जहाँबाट सिरियलहरू आउँथे, त्यहाँबाट कुन विषयवस्तु रोज्ने, कस्तो बनाउने ? डमीहरू हेरिसकेपछि मात्रै पास हुन्थ्यो’ उनले भने, ‘पुगेन भने फेरि यो थपेर ल्याउनुस् भनिन्थो । त्यसले गर्दा क्रियटरलाई पनि अझ राम्रो सिर्जना पस्किने, अझ राम्रो गरौं भन्ने हुन्थ्यो ।’
उनले अगाडि थपे, ‘अहिले प्लेटफर्महरू धेरै छन् । तिनलाई सेन्सर गर्ने ठाउँहरू पनि पहिलेजस्तो छैन । त्यसमाथि हतारमा काम गर्नुपर्ने अवस्था पनि अहिले देखिन्छ ।’
सिरियलमा विषयवस्तु उठान गर्न आर्थिक कुराले पनि प्रभाव पार्ने उनी बताउँछन् ।
‘आर्थिक मन्दीले गर्दा बजेटका कुराहरू आउँछन् । सुटिङ गर्न टेक्नोलोजी एकदमै हाइ छ । विषयवस्तु उठान गर्न आर्थिक कुरामा पनि भर पर्छ’ उनले भने, ‘मज्जाले स्रोत हुने भएदेखि सिर्जना गर्ने व्यक्ति एकसेएक हुनुहुन्छ । यद्यपि, विभिन्न बाध्यताले गर्दा ‘ल्याक’ भयोहोला भन्ने लाग्छ ।’
यतिबेला धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’को लेखन, निर्देशन एवं अभिनय रहेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ले दर्शकको माया पाइरहेको छ । यो फिल्मलाई ३३ लाख बढीले हेरिसकेका छन् ।
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...