कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
काठमाडाैं | साउन १९, २०८०
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सांसद लेखनाथ दाहालले पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि लागेको आरोप सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा धारणा राख्दै दाहालले यस सम्बन्धमा छानबिन नहुँदासम्म प्रश्न उठिरहने बताएका हुन् ।
'सरकारले सुनकाण्ड छानबिनको जिम्मा सीआईबीलाई दिने भनेको छ,' दाहालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'जबसम्म अनुसन्धान भएर क्लीन चिट पाउनुहुन्न, तबसम्म प्रश्न उठिरहन्छ भन्ने उहाँको कुरा थियो ।'
विद्युतीय चुरोट 'भेप्स'मा ल्याइएको ९ केजी सुन प्रकरणका अभियुक्त चिनियाँ नागरिकसँग महराको 'कनेक्सन' देखिएको यसअघि नै सार्वजनिक भएको थियो ।
बैठकमा पूर्व सभामुख एवं पार्टी उपाध्यक्ष अग्नि सापकोटाले पार्टीमा कैयन समस्या रहेको भन्दै बैठकमा उठेका प्रश्नहरू जायज भएको बताए ।
'पार्टीमा समस्या छन् । पार्टी भत्किएको छ । बिग्रिएको छ । बैठकमा उठेका प्रश्न जायज छन् । साझा प्रयत्नबाट रूपान्तरणमा जानुपर्छ,' सापकोटाले भने ।
केन्द्रीय सदस्य एवं योङ कम्युनिस्ट लीग वाईसीएलका अध्यक्ष सुबोध श्रीपालीले पार्टीलाई गति दिन युवा र वयस्कलाई विभागीय जिम्मेवारी दिनुपर्ने बताए ।
'ऊर्जाशील युवालाई जिम्मेवारी नदिँदा पार्टीले गति लिन सक्दैन । जिम्मेवारी पाए युवाहरू ०५२ सालको जस्तै ऊर्जा खर्चिन तयार छन्,' श्रीपालीले बैठकमा भने ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नी छोरी गंगा दाहाललाई सचिवालयमा राखेको विषयको भने उनले प्रतिरक्षा गरे ।
सचिवालयमा पारिवारिक सदस्य राख्नु सामान्य विषय भएकाले अन्यथा लिन नहुने उनको भनाइ थियो ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...