×

NIC ASIA

विवादमा पाठ्यक्रम

पाठ्यक्रममा ज्यादती : अपराधमा मुछिएका व्यक्तिसहित एमाले नेताको जीवनी समावेश

विराटनगर | भदौ १७, २०८०

Prabhu Bank
NTC
Premier Steels

झापाको गौरादह नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यक्रम विवादमा परेको छ । मुद्दा परेका व्यक्तिदेखि नेताहरूको जीवनी राखिएपछि पाठ्यक्रम विवादमा तानिएको हो । गौरादह नगरपालिकाले प्रकाशन गरेको पाठ्यक्रममा नेताको जीवनी र फोटो राखिएको छ । स्थानीय पाठ्यक्रममा बहालवाला र पूर्वजनप्रतिनिधिको तस्वीरदेखि अदालतमा मुद्दा खेपिरहेका व्यक्तिको जीवनी पनि समावेश छ ।

Muktinath Bank

गौरादह नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बलराम खरेल जग्गाको कीर्ते अभियोगमा मुद्दा खेपिरहेका छन् । उनी त्यही मुद्दामा २५ दिन थुनामा समेत परेका थिए । उनका बारेमा पनि विद्यार्थीले अब पढ्नुपर्ने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाठ्यक्रममा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की र उनका दाइबारे पनि सामग्री राखिएको छ । गौरादह नगरपालिकाका कक्षा १ देखि ८ सम्मका विद्यार्थीले अब कार्की दाजुभाइ र मुद्दा खेपिरहेका खरेलको जीवनी पढ्नुपर्ने भएको हो । दाजु दीपकको जीवनी पढ्नु पर्ने छ भने भाइ हिक्मतका विषयमा विद्यार्थीले जान्नुपर्ने भएको छ ।  


Advertisment
Rupse Holidays
Nabil box

चाखलाग्दो कुरा त के छ भने गौरादह बजारका सुन पसले सोम विश्वकर्मा झण्डै ५० करोडभन्दा बढी पैसा ठगेर डेढ महिनाअघि फरार भएका थिए । पीडितले बनाएको सङ्घर्ष समितिले गरेको कार्यक्रममा नेकपा (एमाले) झापाका अध्यक्ष तथा संविधानसभा सदस्यसमेत रहेका दीपक कार्कीलाई बोलाइएको थियो । कार्कीले पीडितका  पक्षमा कुरा गर्नेमा धेरै आशावादी थिए । तर, उनले गौरादहमा जम्मा दुई जना मात्रै ठूला मान्छे भएको भन्दै भाषण गरे । पहिलो आफू र दोस्रोमा भाइ हिक्मत कार्की । हिक्मत त्यति बेला कोशी प्रदेशका मुख्यमन्त्री थिए । कार्कीले भनेजस्तै अब विद्यार्थीले दुई दाजुभाइकै बारेमा पढ्नुपर्ने भएको छ । 

Vianet communication

कक्षा १ को स्थानीय पाठ्यक्रममा नगेन्द्र भण्डारी, हेमन्त कार्की, मणिचन्द्र कार्की, भूमिराज पोखरेल, गजेन्द्र घिमिरे, सीताराम भट्टराई र खड्ग पराजुलीबारे सामग्री राखिएको छ । उनीहरू गौरादहका पूर्ववडाध्यक्षहरू हुन् । 

यस्तै कक्षा २ मा राखिएका दिलीप भण्डारी, गोपालप्रसाद कोइराला, गणेशकुमार राजबंशी, उपेन्द्र निरौला, दुर्गामणि बस्नेत र जगन्नाथ खनाल हालका गौरादह नगरपालिकाका बहालवाला वडाध्यक्ष हुन् । 

कक्षा ३ को पाठ्यपुस्तकमा रोहितकुमार साह नगरपालिकाका पूर्वप्रमुख हुन् भने गीता भेटवाल पूर्वउपप्रमुख हुन् । कक्षा ४ को पाठ्यक्रममा हालका नगर प्रमुख छत्रपति सुवेदी र उपप्रमुख जलवर्षा राजबंशीको तस्वीर राखिएको छ । चार कक्षकै पाठ्यपुस्तकमा पूर्वअर्थमन्त्रीसमेत रहेका  डा. युवराज खतिवडाको तस्वीर पनि राखिएको छ । निजी विद्यालयका सञ्चालक नारायणप्रसाद घिमिरेको पनि तस्वीर पाठ्यक्रममा छ । 

कक्षा ६ को पाठ्यक्रममा कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की, एमालेकै नेतृ तथा पूर्वमन्त्री शिवमाया तुम्बाहाम्फेको तस्वीर राखेर कुनै एक जनाको योगदानको विषयमा खोज र छलफल गरी कक्षामा प्रस्तुत गर्न भनेर उल्लेख गरिएको छ । त्यही कक्षामा एमाले झापाका अध्यक्षसमेत रहेका संविधानसभा सदस्य दीपक कार्कीको जीवनी राखिएको छ । 

पूर्वमुख्यन्यायधिवक्ता  तथा कानूनमन्त्रीसमेत रहेका अग्नि खरेलको नाम भने पुस्तकमा राखिएको छैन । कार्की दाजुभाइसँग खरेलको सम्बन्ध राम्रो नभएको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग को नजिक हुने भन्ने टसलका कारण उनीहरूबीच तिक्तता रहेको गौरादहका एमाले नेताहरू बताउँछन् । गौरादहमा कार्की र खरेल भनेर एमालेका कार्यकर्ता विभाजित रहेको स्थानीय नेताहरूको दाबी छ । मेयर सुवेदी कार्कीनिकटका हुन् भने वडा नम्बर ७ का वडाध्यक्ष बलराम खरेल खरेल निकटका हुन् । 

राप्रपाका नेता अम्बरबहादुर विष्टको नामसमेत पुस्तकमा अटाइएको छैन । उनी पूर्वप्रधानपञ्च हुन् भने हालका कोशी प्रदेशसभा सदस्य हुन् । राज्यले सहिद घोषणा गरेका व्यक्तिबारे पनि त्यहाँ उल्लेख गरिएको छैन । एमाले अध्यक्ष ओलीसँग चुनावी प्रतिस्पर्धामा गएका डा. खगेन्द्रपाण्डव अधिकारीलाई पनि पुस्तकमा उल्लेख गरिएको छैन ।  उनको घर गौरादहमा छ । उनले  वन्यजन्तुको विषयमा भारतबाट पीएचडी गरेका थिए । 

अर्का कृषिविज्ञ अनिल कृष्ण प्रसाईँको नाम पनि उल्लेख गरिएको छैन । उनी नेपाली कांग्रेसको भनेर चिनिएका कारण नै नाम नराखिएको भन्दै विरोध भइरहेको छ । 

सामाजिक तथा शैक्षिक व्यक्तित्वको नामसमेत छुटेको स्थानीयले बताएका छन् । गौरादहमा दुई जनालाई सशस्त्र युद्धको समयमा प्रहरीले बाटो छेकेर गोली हानी हत्या गरेको थियो । उनीहरूलाई राज्यले सहिद घोषणा गरेको छ । तर, उनीहरूका बारेमा भने पाठ्यक्रममा केही पनि उल्लेख छैन ।

यसैगरी, कक्षा ४ मा निजी विद्यालयका सञ्चालक नारायण घिमिरेको फोटो राखिएको छ । उनले आफूलाई जानकारी नदिई फोटो राखेको बताए । ‘अरु भासभुसेको पनि फोटो देखेको छु,’ घिमिरेले भने, ‘मेरो शिक्षाको कदर गरेर राखेका होलान् । तर, मलाई जानकारी पनि गराइएन । फोटो पनि मागिएन ।’ 

सोचविचारै नगरी पाठ्यक्रम बनाइएको डा. खगेन्द्र पाण्डव अधिकारीले बताए । यसले साना बालबालिकाको मष्तिष्कमा नकारात्मक असर गर्न सक्ने भन्दै पुर्नलेखन गरेर पाठ्यक्रम बनाउनेपर्ने उनले बताए । ‘बगरमा बसेर पार्टीमा यो गरियो, ऊ गरियो, सामन्तको टाउको मुण्डन गरेर जेल बस्यो भनेर हल्ला गर्नुभन्दा पनि देशका लागि केही गरेका प्रेरणादायी व्यक्तिबारे उल्लेख गरेको भए राम्रो हुने थियो,’ उनले भने, ‘साना बालबालिकाको दिमागमा यस्तो कुरा छिराउनु राम्रो होइन । विकसित देशमा प्राथमिक शिक्षालाई महत्वपूर्ण मानिन्छ । कस्तो देश बनाउने ? बच्चालाई के सिकाउने भन्ने विषय महत्त्वपूर्ण हुन्छ । यस विषलाई लिएर प्रतिक्रिया दिन पनि लाज लाग्ने स्थिति छ । यो राम्रो होइन । अब पुर्नलेखन नै गरी पाठ्यक्रम प्रकाशन गर्नुपर्छ ।’

यता पालिका प्रमुख छत्रपति सुवेदीले भने पाठ्यक्रममा राखिएको विषयवस्तु स्वाभाविक रहेको प्रतिक्रिया दिए । राजनीतिक पूर्वाग्रहका कारणले कसै–कसैले विरोध गरेको उनले तर्क गरे । फेसबुकमा लेख्न र टाइप गर्न जाने भनेकै भरमा कुरा नबुझी मानिसहरूले विरोध गरिरहेको उनले बताए । ‘नेपालमा जे गरे पनि चर्चा हुन्छ । हामीले लामो समय योगदान गर्ने मान्छेको बारेमा जीवनी हालेका हौँ । अलिक कम योगदान गर्नेको फोटो मात्रै हालेका हौँ । सात–आठ महिना लगाएर पाठ्यक्रम बनाएका हौँ,’ उनले भने, ‘फेसबुकमा लेख्न जाने, टाइप गर्न जाने भनेकै भरमा नबुझी विरोधमा लेख्नु भएन नि !,’ उनले भने । 

डा. खगेन्द्रपाण्डव अधिकारी र अग्नि खरेलको गौरादहमा लामो योगदान नभएकोले पाठ्यक्रममा नराखिएको उनले स्पष्ट पारे । उनले अधिकारी र खरेल चुनाव लड्न मात्रै जिल्लामा आउने गरेको आरोपसमेत लगाए ।  

यद्यपि अम्बर विष्टको नाम भने छुटेको बताउँदै उनको संकलन गर्न भनिसकेको जानकारी दिए । कक्षा ८ को पुस्तकमा विष्टको तस्वीर छापिने सुवेदीले जनाए ।

कक्षा ७ र ८ को पाठ्यपुस्तक भने छापी नसकिएको शिक्षा शाखाका प्रमुख विदुर आचार्यले जानकारी दिए । उनका अनुसार शुद्धाशुद्धि हेर्ने काम भइरहेको बताए । कक्षा ६ सम्मको भने पुस्तक नगरपालिकाले प्रकाशन गरिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x