×

NMB BANK
NIC ASIA

बागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्यानाकर्षण

मकवानपुर | असोज १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

: बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा शून्य समयमा प्रदेशका विभिन्न सदस्यहरूले जनतासँग जोडिएका विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

Muktinath Bank

उक्त शून्य समयमा बोल्ने सत्तापक्ष तथा प्रतिपक्षका सदस्यहरूले चाडपर्वका अवसरको मौका छोपेर इन्धन, ग्यास र बजारमा खाद्यान्न मूल्य अति नै मूल्यवृद्धि भएकामा सङ्घीय सरकारसँग सहकार्य गरेर मूल्य घटाउन गर्नुपर्नेमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशका विभिन्न जिल्लामा रहेका विपन्न नागरिकको दैनिकी कष्टकर भएको भन्दै उनीहरूले प्रदेश सरकारले पनि सङ्घीय सरकारसँग समन्वय गरेर उनीहरूका माग सम्बोधन गरे।


Advertisment
Nabil box
Kumari

संविधानमा कैदीबन्दीहरूले आफ्नो सजाय भुक्तान गरेको ६० प्रतिशत पूरा भएको अवस्थामा मात्रै राष्ट्रिय पर्वमा माफी दिने प्रचलन भएको भए पनि सरकारले आफ्नो गठबन्धनको सरकार टिकाउन दलका नेता र कार्यकर्ताहरूलाई विशेष छुट दिई रिहा गरेको आरोप लगाउँदै प्रदेशसभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराए । 

Vianet communication
Laxmi Bank

हेटौँडा उपमहानगरपालिका–७ स्थित फारलाइनमा केही वर्षअघि अपाङ्गमैत्री आश्रमका लागि बनाइएको भवन सम्बन्धित पक्षले प्रयोग गर्नुको सट्टा प्रदेश शिक्षा निर्देशनालयको कार्यालय सञ्चालन गर्न दिइएकामा चिन्ता व्यक्त गर्दै उनीहरूले सो भवन अब अपाङ्गभएकालाई फिर्ता गर्न माग गरे ।

उक्त शून्य समयमा प्रदेशसभाका सदस्यहरू उद्धव थापा, आशा लामा, एकलाल श्रेष्ठ, केशवप्रसाद पोखरेल, गीता काफ्ले, भारती पाठक, मधुकुमार श्रेष्ठ, रामकुमार पहाडी, लक्ष्मी घिमिरे, सकुन्तला श्रेष्ठ, सृजना सैँजू, गिरबहादुर तामाङ, सुरेन्द्रराज गोरसाईं र ओमकुमार श्रेष्ठले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रदेशसभाको अर्को बैठक भोलि असोज १५ गते दिउँसो २ बजे बस्ने गरी स्थगित भएको सभामुख भुवनकुमार पाठकले बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x