×

NIC ASIA

पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन, एक विद्यार्थीका लागि तीन शिक्षक

काठमाडाैं | असोज १५, २०८०

Prabhu Bank
NTC
Premier Steels

पर्वत– जिल्लाका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् । अवसरको खोजीमा गाउँबाट बसाई सर्नेक्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन् । 

Muktinath Bank

यस्तै समस्या रहेको छ, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको अर्जिकोटस्थित सहिद शुक्र आधारभूत विद्यालयमा । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको तीन वटा भवनमा  आठवटा कक्षाकोठा छन् । तीन शिक्षकको दरबन्दी रहेको सो विद्यालयमा एक सहायक कर्मचारीसमेत रहेका छन् तर मा विद्यार्थी भने एकजना मात्र छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कक्षा १ मा पढ्ने एक छात्राबाहेक विद्यार्थी नै छैनन् । तीन जना शिक्षकले दिनभर ती एउटी छात्रालाई रुघेर बस्नुपरेको छ । शिशुकक्षा, कक्षा २, ३, ४, ५ पूरै खाली रहेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद तिवारीले बताए । 


Advertisment
Nabil box
Kumari

कुनै समय २५-३० जनासम्म एउटै कक्षामा विद्यार्थी भएकामा अहिले विद्यार्थी सङ्ख्या न्यून रहेको उहाँको भनाइ थियो । एक÷दुई जना विद्यार्थी भए पनि आफूहरू नियमित विद्यालय आउने, हाजिर गर्ने र पढाउने काम गरिरहेको प्रधानाध्यापक तिवारीले बताए । आफूहरू गुणस्तरीय शिक्षा दिन सक्षम भए पनि विद्यार्थी नै नआएपछि के गर्ने भन्ने अन्योल रहेको उनको भनाइ थियो ।  

Vianet communication

विसं २०२६ मा स्थापना भएको यो विद्यालयमा विगत पाँच वर्षयता विद्यार्थीको खडेरी लागेको हो । कक्षा पाँचसम्म यो विद्यालयमा अध्ययन गर्ने र कक्षा ६ देखि सोही वडामा रहेको जनता सुदर्शन मावि वा त्रिभुवन आधारभूत विद्यालयमा जाने गरेको भए पनि विद्यार्थी नै नहुँदा विद्यालय नै सङ्कटमा पर्दै आएको कार्यालय सहयोगी नारायण गौतमले बताए । 

विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको छ, कतै विद्यालय नै खारेज हुने पो हो कि भन्ने सम्भावना बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर केसीले बताए । उनले भने, ‘स्कूलका भवन देखेर टिठ लाग्न थालेको छ । गाउँमा वृद्धवृद्धाबाहेक कोही पनि नहुँदा यस्तो समस्या आएको हो ।’

‘गाउँमा रहेका अधिकांश घर खाली भइसकेका छन् । मान्छे भएका घरमा पनि वृद्धवृद्धाबाहेक कोही छैनन्,’ अध्यक्ष केसीले भने, ‘सदरमुकाम कुश्माबजारबाट एक घण्टा पैदल यात्रा र सवारीसाधनमा १५ मिनेटमै पुगिने यस विद्यालयको अवस्था दयनीय बन्दै गएको छ ।’

विद्यार्थी अभावमा शिक्षकले कार्यालयको कोठा र अर्को एक कक्षाकोठा मात्र खोलेर सञ्चालन गर्दै आएका छन् । बाँकी ६ वटा कक्षाकोठाका कुर्सी, र बेञ्च मर्मतको अभावमा जीर्ण बन्दै गएका छन् । कक्षाकोठामै झार उम्रिन थालेको स्थानीयवासी रुद्र केसीले बताए । 

कुश्मा नगरपालिका–१२ का अध्यक्ष झलकप्रसाद रिमालले यो विद्यालय मात्र नभई वडामा रहेका अन्य आधा दर्जन विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या न्यून रहेको बताए । गाउँबाट बढ्दो बसाइँसराइका कारण विद्यालय खाली हुँदै गएको उनको भनाइ थियो । विद्यार्थी नभएपछि साना बालबालिकाका लागि ईसीडी कक्षा मात्र राखेर अन्य कक्षाकोठा मर्ज गर्नुपर्ने भएकाले यस विषयमा आफूले पहल गर्ने वडाध्यक्ष रिमालको भनाइ थियो । –रासस–

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको   छ ।  नगरपालिकाले सामुदायिक विद्या...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x