×

NIC ASIA

सरसर्ती २४ घण्टा

काठमाडौँमा ड्रोनबाट गस्ती, एनआरएनलाई नागरिकता

काठमाडाैं | असोज ३०, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि आज मङ्गलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय ६० मा बिक्री गर्नेछ ।
००००
गैरआवासीय नेपाली (एनआरएन)लाई नागरिकता दिन सुरु गरिएको छ।  
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उनीहरूलाई गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने कार्यको शुभारम्भ गर्ने कार्यक्रम छ । 
पहिलो गैरआवासीय नेपाली नागरिकता वर्तमान अध्यक्ष कुल आचार्यले पाउने भएका छन् । आचार्यले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै खुसी व्यक्त गरेका छन् । 

यसैबीच एनआरएनएको ११ औँ विश्वसम्मेलन काठमाडौँमा आजैदेखि सुरु भएको छ।  नयाँ नेतृत्व चयन गर्दै कात्तिक ३ मा विश्वसम्मेलन सम्पन्न हुनेछ । 
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न नाममा परिवर्तनका उपलब्धिलाई उल्ट्याउन भइरहेको षड्यन्त्रलाई परास्त गर्न जरुरी रहेको बताएका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनगढीमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देशसभामा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले देशका विभिन्न ठाउँमा जातीय, धार्मिक विद्वेषका नाममा प्रकट भएका घटना परिवर्तनका उपलब्धिलाई उल्ट्याउन चाहने प्रतिगामी र प्रतिक्रान्तिको ‘डिजाइन’ भएको बताए ।
००००
काठमाडौं प्रहरीले दशैंका बेला ड्रोनबाट सुरक्षा गस्ती गर्ने भएको छ ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुङ्गेलका अनुसार चाडपर्वलाई लक्षित गरेर भीडभाड हुने ठाउँमा ड्रोनबाट सुरक्षा गस्ती गर्न थालिएको हो ।
००००
नेपालीहरूको महान चाड दशैंलाई लक्षित गरेर व्यापारीले खसीबोका र च्याङ्ग्रा राजधानी काठमाडौंको बजारमा उपलब्ध गराएका छन् ।
प्रत्येक वर्ष दशैंमा मुस्ताङलगायत हिमाली जिल्लाबाट काठमाडौंमा च्याङ्ग्रा र देशभरका विभिन्न जिल्लाबाट खसीबोका ल्याउने गरिएको छ । 
घटस्थापनाको दिनदेखि नै भक्तपुरको सल्लाघारीमा च्याङ्ग्रा बेच्न थालिएको छ । जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकिलो १३ सय कायम गरिएको छ ।
००००
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट शक्तिहरू कमजोर हुँदा काठमाडौंको सडकमा परिवर्तनविरोधी नारा लाग्न थालेको आरोप लगाएका छन् । उनले नयाँ खुलेका दललाई विषालु झारपातको संज्ञा दिए ।
००००
नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । माओवादी केन्द्र कोशी प्रदेशको सोमवार बसेको बैठकले गठबन्धन कायम राख्नका लागि विश्वासको मत दिने निर्णय गरेको हो ।


Advertisment
Rupse Holidays
Nabil box

माओवादी केन्द्र कोशी प्रदेशका इञ्चार्ज चक्रपाणि खनाल बलदेवले मत दिनुपर्छ भन्ने निष्कर्षमा आफूहरू पुगेको बताए । उनले  केन्द्रबाट कुनै निर्देशन भने नआएको  बताए । मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन् । 
००००
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन सोमबार चीन प्रस्थान गरेका छन् ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अंकले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ ।
००००
नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ (ए–ए प्लस) क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान गरेको छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताएका छन् ।    

Vianet communication

रास्वपाद्वारा मूल दस्तावेज निर्माणका लागि सुझाव लिन सोमवार राजधानीमा आयोजित ‘नीति मन्थन’ कार्यक्रममा उनले विषयकेन्द्रित कटाक्ष गरे पनि परिवर्तनमा अन्य राजनीतिक दलका नेताको योगदानलाई अवमूल्यन नगरेको स्पष्ट पारे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x