×

NIC ASIA

सरसर्ती २४ घण्टा

त्रिकोणात्मक प्रेम सम्बन्धले प्रिन्सिपलको हत्यादेखि डिजेलको मूल्यमा गिरावटसम्म

काठमाडाैं | कात्तिक १५, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पछिल्लो २ दशकमा नेपालले तय गरेको यात्रा हेर्नलायक रहेको बताएका छन् ।

संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा मंगलवार सम्बोधन गर्दै गुटेरेसले स्वाधीनताको रक्षाका लागि नेपालले तय गरेको यात्रा हेर्नलायक रहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग तपाईँहरू आफैंले बनाउनुभएको छ,’ गुटेरेसले भने, ‘विगत २० वर्षको तपाईंहरूको यात्रा हेर्नलायकको छ । अद्भुत छ ।’


Advertisment
Rupse Holidays
Nabil box

भूराजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेको पनि उनले बताए । गुटेरेसले सम्बोधनअघि मंगलबार लुम्बिनी र पोखराको भ्रमण गरेका थिए । उनी आइतबार चार दिने नेपाल भ्रमणको सिलसिलामा आएका हुन् । 
००००

Vianet communication

नेपाल र संयुक्त अधिराज्य बेलायतबिच सन् १९२३ मा मैत्रीसन्धीमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा एक उच्चस्तरीय लगानी सम्मेलन सम्पन्न गरिएको छ । 

मंगलबार सिटी अफ लन्डनको म्यान्सन हाउसमा आयोजित उक्त सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले नेपालको समृद्धि र आर्थिक रूपान्तरणका लागि ठुलो वित्तीय श्रोतको आवश्यकता रहेको बताए । 

त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको महतको भनाइ छ ।
००००
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ बुधबार हुने भएको छ । 
 
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । सो दिन महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए ।
००००
स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई पक्राउ गरिएको छ । 

प्रिन्सिपल स्वर्णकारको हत्या त्रिकोणात्मक प्रेम सम्बन्धका कारणले भएको पाइएको छ । भारतीय नागरिक मनोज गुप्ता, स्कूलकी पूर्वशिक्षिका राधा गुप्ता र स्वर्णकारको प्रेम सम्बन्धका कारण उनको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । ‘प्रेमकै कारणले हत्या भएको देखिएको छ । हामीले त्यसलाई पुष्टि गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक ददिराम न्यौपानेले भने ।

००००
उच्च अदालत, पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया १५ दिन रोक्न सम्बन्धित बैंकलाई अन्तरिम आदेश दिएको छ ।

उच्च अदादतले लिलामी पक्रिया १५ दिन रोेक्न लक्ष्मी सनराइज बैंकलाई मंगलवार आदेश दिएको वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले जानकारी दिए ।
यसअघि अभिनेत्री स्वेता खड्काको नामले चिनिने रञ्जना खड्का र उनको स्वेताश्री फाउण्डेशनले नमुना वस्ती निर्माणका क्रममा माझीहरुले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएको थियो । 

तर अहिलेसम्म पनि ऋण रकम भुक्तानी नदिएपछि उक्त बैंकलाई लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो ।
००००
काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले रु ९३ करोड ४१ लाख मात्र राजस्व सङ्कलन गरेको थियो ।
००००
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको छ । बुधबारदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ४ रुपैयाँ घटाउने निर्णय गरेको हो । 

यससँगै काठमाडौँ उपत्यकामा डिजेल र मट्टितेलको मूल्य १६४ रुपैयाँ कायम भएको छ । पेट्रोल र ग्यासको मूल्यमा भने कुनै घटबढ भएको छैन ।
००००
ठगी र सरकारी कागजात कीर्तेमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना प्रहरी पक्राउ परेका छन् । विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई सोमवार नेपाल प्रहरीले पक्राउ गरेको हो ।
००००
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।
राष्ट्रियसभाको मंगलबार बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गरेको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
००००
जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । मंगलवार प्रदेश पार्टी कार्यालय, इटहरीमा बसेको प्रदेश कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
००००
नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय डिल्लीराम खनाल रहेका छन् ।
००००

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गएराति द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायत विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।
००००
आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा मलेसियालाई सजिलै हराउँदै घरेलु टोली नेपाल एक खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार दिउँसो सकिएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जीत निकाल्दै समूह चरणको अन्तिम खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x