×

NMB BANK
NIC ASIA

सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तनाब

बिरामीको मृत्युपछि आम्दा अस्पतालमा तनाब: मेसुमाथि कुटपिट, घाइते डाक्टरको आईसीयूमा उपचार हुँदै

बुटवल | मंसिर १३, २०८०

NTC
Sarbottam
तस्वीर: आम्दा अस्पताल र बिरामीका आफन्तको कुटाइबाट घाइते भएका मेसु डा. राजेन्द्र बस्याल ।
Premier Steels
Marvel

बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा सुत्केरीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट भएको छ । बिरामीका आफन्तको आक्रमणबाट अस्पतालका मेडिकल सुपरिटेन्डन (मेसु) डा. राजेन्द्र बस्याल गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । 

Muktinath Bank

गुल्मीको सत्यवती गाउपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंसिर ११ गते अपरेसन गरी बच्चा जन्मेको थियो । मंगलबार सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाब उत्पन्न भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले सुत्केरीको मृत्यु भएपछि तनाब उत्पन्न भएको र मृतकका आफन्तले डाक्टरमाथि आक्रमण गरेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सुत्केरीको मृत्यु भएपछि उत्पन्न तनाब समाधानमा क्रममा बिरामीका आफन्तले डा. बस्यालमाथि आक्रमण गरी गम्भीर घाइते बनाएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल स्रोतका अनुसार मृतकका आफन्तले मृत्युको विषयमा छानबिन गर्नेभन्दा पनि सुरुदेखि नै ५० लाख रुपैयाँ क्षतिपूर्ति रकम मागेपछि स्थिति असहज बन्दै गएको थियो । 

Vianet communication
Laxmi Bank

छलफलकै क्रममा बिरामीका आफन्तले चिकित्सकहरूमाथि कार्यालयकै कुर्सी टेबलका खुट्टा भाचेर टाउको र छातीमा प्रहार गरेको अस्पताल जनाएको छ ।  अस्पताल प्रशासनसँग सहमति भई मृतकको शव आफन्तले शव बहानमा राखेर निस्कने तयारी भए पनि केही उत्तेजक समूहको भीड पसेर मेसु बस्यालमाथि आक्रमण गरेको एक चिकित्सकले बताए। 

अहिले मृतक महिलाको शव अस्पताल परिसरमै शव बहानमा राखिएको छ । मृतकका आफन्तको आक्रमणले अस्पतालको प्रशासनिक भवनका झ्याल ढोकालगायत फर्निचर तोडफोड भएका छन् ।

अस्पताल अहिले प्रहरीको सुरक्षामा रहेको र कुनै पनि नयाँ बिरामीहरूको भर्ना गरिएको छैन । बिहान २ बजेबाट अस्पताल आउने बिरामीहरू अस्पतालकको गेटबाटै फर्काइएको छ भने अहिले अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरू हेर्नेबाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ । 

प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको जनाएको छ । ‘हामीले घटनामा संलग्न भएका ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं,’ थापाले लोकान्तरसँग भने । 

अस्पतालका बाल रोग विशेषज्ञ डा. सन्तोष पोखरेलले आक्रमणबाट डा. बस्याल गम्भीर अवस्थामा पुगेको बताए । ‘उहाँको पेटमा रगत बगेको छ । आईसीयूमा उपचार भइरहेको छ । टाउकोमा पनि गम्भीर चोट छ,’ पोखरेलले लोकान्तरसँग भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x