×

NMB BANK
NIC ASIA

विदेशिएका नेपालीको व्यथा

रुस–युक्रेन युद्धमा ज्यान गुमाएका गंगाराज, जो २ महिनाअघि मात्रै रुस गएका थिए

विराटनगर | मंसिर १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

रुस–युक्रेन युद्धमा परी ३ जना नेपाली युवाले ज्यान गुमाएका छन् । रुसको मस्कोस्थित नेपाली दूतावासले गत ८ गते नेपालस्थित कन्सुलर सेवा विभागलाई पत्राचार गरेर ३ नेपालीको मृत्यु भएको जानकारी दिएको थियो । उनीहरूको गत कात्तिक २९ गते भाइटीकाको दिन रुसी सेनामा कार्यरत रहेकै बेला मृत्यु भएको हो । तर २ सातापछि मात्र घटना सार्वजनिक भएको छ ।

Muktinath Bank

दूतावासका अनुसार मृत्यु हुनेमा इलाम नगरपालिका–९ का गंगाराज मोक्तान पनि छन् । उनी रुसको बंकरभित्र नै मारिएको बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गंगाराज २ महिनाअघि मात्रै रुस गएका थिए । नेपाली सेनाको जागिर छाडेर उनी यूएईमा वेटरकाे रुपमा काम गर्थे । त्यहाँ उनले ४ वर्ष बिताए । नेपाली सेनाको जागिरबाट राजीनामा दिएर उनी वैदेशिक रोजगारीका २०७६ साल मंसिर ७ गते दुबईमा गएका थिए ।  


Advertisment
Nabil box
Kumari

गंगाराज दुबईमा वेटरकाे जागिर छोडेर केही समयअघि मात्रै उनी रुस छिरेका थिए । ५२-५३ दिन अघिमात्रै उनी रुस गएको इलाम नगरपालिका वडा– ९ का वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए ।  

Vianet communication
Laxmi Bank

गंगाराजले हप्तामा एकपटक उतैबाट फोन गर्ने गरेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै वडाध्यक्ष चौहानले जनाए । ‘उता लडाइ चलिरहेको छ । यताबाट फोन गर्न नमिल्ने भन्दै उनले उतैबाट श्रीमतीलाई फोन गर्ने गर्दा रहेछन्,’ वडाध्यक्ष चौहानले भने । 

गंगाराजले नागरिकता ताप्लेजुङको साथीलाई दुबईमा छोडेको पाइएको उनले बताए । ‘साथी आउँदा ल्याइदिन्छ भनेर उनले भनेका रहेछन्,’ उनले भने, ‘मलाई दायाँ–बायाँ भयो भने तिम्रो नम्बर दिएको छु । तिमीलाई सिधै फोन आउँछ । सिधै फोन आएन भने राजदूतावासबाट खबर आउँछ भनेर मारिनुभन्दा अगाडि घरमा श्रीमतीलाई फोन गरेका रहेछन् ।’  

वडाध्यक्ष चौहानका अनुसार गंगाराजको मृत्यु भएको खबर ३ दिनअघि कन्सुलर विभागमार्फत जानकारी आएको थियो । त्यसपछि मृतकका भाइ–बहिनीसहित प्रहरीकहाँ पुगेर खोजीगर्दा पुष्टि भएको थियो । 

गंगाराजको शव नेपाल ल्याउनका लागि वडाले कागजात तयार पारेर पठाएको पनि वडाध्यक्ष चौहानले जानकारी दिए ।  

गंगाराजका छोरा ८ वर्षका मात्र छन् । उनी सानैमा टुहुरो भएका छन् । यस्तोमा गंगाराजको मृत्युको खबरले यतिबेला परिवार मात्र होइन गाउँ नै शोकमा डुबेको छ । शब आउँछ–आउँदैन भनेर चिन्ता छाएको उनका छिमेकीहरू बताउँछन् ।

रुसमा गंगाराजसँगै ज्यान गुमाउनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की र दोलखाका मेलुङ गाउँपालिका–६ का राजकुमार रोका रहेका छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x