कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
बुटवल | मंसिर १६, २०८०
लुम्बिनीमा शनिबार बिहान स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै घरका दुई जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारीस्थित लुम्बिनी–ककरहवा सडक खण्डमा आज बिहान ९ बजे दुर्घटना भएको हो ।
रूपन्देहीको लुम्बिनीबाट कालीदहतर्फ जाँदै गएको लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई लु १ क १७७८ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–४ का २१ वर्षका महम्मद इसाद र १६ वर्षकै रूपसना खातुनको घटनास्थलमै मृत्यु भएको हो ।
दुईघटनामा मोटरसाइकलमै सवार १२ वर्षकै अप्सना खानुत घाइते भएकी छन् । घाइते अप्सनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । घाइते खातुनको अवस्था गम्भीर छ ।
रूपन्देहीका प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले उनीहरू एकै परिवारको रहेको बताइए पनि पुष्टि हुन बाँकी रहेको बताए ।
महम्मदले बहिनी रूपसना र अप्सरा (भदैनी)लाई मदरसा लैजाँदै थिए । तर, मदरसा नपुग्दै दाजुबहिनीको दुर्घटनामा मृत्यु भएको छ । भदैनी गम्भीर घाइते छिन् । मोटरसाइकलमा तीन जना सवार थिए ।
दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । अहिले मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।
डीएसपी भट्टका अनुसार शनिबार स्कुल बस कहाँ जाँदै थियो भन्ने खुलेको छैन । बस चालक फरार रहेको र उनको खोजी भैरहेको उनले बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विनोदकुमार श्रीवास्तवले मदरसा जाने क्रममा गाडीले ठक्कर दिएको बताए । ‘वडा नम्बर ४ अमारी गाउँका छेदी मुसलमानका इसाद र रुपसना छोराछोरी हुन्,’ वडाध्यक्ष श्रीवास्तवले लोकान्तरसँग भने, ‘लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ कालीदहस्थित बहिनी र भदैनी (दाइको छोरी)लाई मदरसा छोड्न जाँदै थिए । बाटोमा गाडीको ठक्करबाट इसाद र रुपसनमा मृत्यु भयो । नातिनी घाइते छन् ।’
मदरसा मुस्लिस समुदायका बालबालिका पढ्ने शैक्षिक संस्था हो । मदरसा शनिबार पनि खुल्ने गर्छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...