×

NIC ASIA

सरसर्ती २४ घण्टा

एनसेलको सेयर बिक्रीबारे संसदीय समितिको चासोदेखि ग्राउण्ड ह्याण्डलिङ विवादसम्म

काठमाडाैं | मंसिर २१, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच बुधबार भेटवार्ता भएको छ ।     


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । उनीहरूबीच एनसेल खरिदबिक्री प्रकरणबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
००००
एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीबारे संसद्का दुई समितिले चासो देखाएको छन् । सार्वजनिक लेखा समिति र अर्थ समितिले बुधवार चासो देखाएका हुन् । 


Advertisment
Rupse Holidays
Nabil box

लेखा समितिले ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न सरकारलाई बुधवार निर्देशन दिएको हो । 
त्यस्तै, यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान र जाँचबुझ गरी आवश्यक कारबाही गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

Vianet communication

यस्तै बुधवार नै अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारबाट हटाउँदा देश कंगाल बन्न लागेको आरोप लगाएका छन् । देशको भविष्य बनाउनको लागि २०८४ मा एमालेलाई एकल बहुमत दिन अपिल समेत गरेका छन् ।
००००
नेपाल वायु सेवा निगमले राष्ट्रिय सुरक्षाका कारण पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा सरकारी स्वामित्वको संस्थानले नै पाउनु पर्ने बताएको छ ।

उपकरणमा गरिएको अरबौं रुपैयाँ लगानीको सुनिश्चितता र व्यावसायिक दक्षताका कारण ग्राउण्ड ह्याण्डलिङ आफैले पाउनु पर्ने निगमको भनाइ छ ।
००००
सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधवार श्रीमान् मोतीबाबुलाई थुनामा पठाउने आदेश दिएको हो ।
००००
मधेस प्रदेशसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन संविधानको अनुसूचीमा रहेका अधिकार सङ्घीय सरकारबाट प्राप्तिका लागि यथाशीघ्र पहल गर्न निर्देशन दिइयोस् भनेर पेश भएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
००००
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशको बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड २०८० लाई स्वीकृत गरेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले सामाजिक विकास मन्त्रालयको एक र स्वास्थ्य मन्त्रालयको चार गरी पाँच जना दशौँ तहका अधिकृतलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ ।  
००००
काठमाडौंको न्यूरोडबाट बरामद भएको सुन सात किलोग्राम एक सय ८५ ग्राम भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार राति पक्राउ गरी गरेको चेकजाँचका क्रममा उक्त परिणाममा सुन भएको खुलेको हो । पक्राउ परेका व्यक्ति हुण्डी कारोबारी पनि रहेको खुलेको छ।  
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो ।
००००
नेपालीलाई अवैध रूपमा रुसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
००००
नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको विषयमा उच्च अदालत पाटनमा मंसिर २८ गते सुनुवाइ हुने भएको छ ।
उच्च अदालत पाटनका प्रवक्ता तीर्थ भट्टराईका अनुसार २८ गते एकल इजलासमा पेसी तोकिने भएको हो ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि आन्दोलन गर्नेबारे छलफल शुरू गरेको छ । बुधवार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष  राजेन्द्र लिङ्देनले राजसंस्था, हिन्दूराष्ट्रको पुनस्र्थापनालगायत विभिन्न ७ वटा एजेण्डा छलफलका लागि प्रस्तुत गरेका छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ललितपुरमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री दाहालले शासकीय सुधार गरेर समग्र कार्यपद्धतिमै परिवर्तन ल्याउन जरुरी रहेको धारणा राखे ।
००००
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ । मुटुमा समस्या देखिएपछि गएराति गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने चिकित्सकहरूले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x