×

NMB BANK
NIC ASIA

अब ४ लेनको बन्दै बुटवल–गोरूसिंगे सडकः निर्माणका लागि टेन्डर आह्वान

बुटवल | पुस ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको गोरूसिंगेसम्मको सडक ‘फोर लेन’मा स्तरोन्नति गर्न टेन्डर प्रक्रिया शुरू भएको छ । पहिलो खण्डअन्तरर्गत बुटवलदेखि गोरूसिंगेसम्म ५० किलोमिटर सडक दुई खण्डमा स्तरउन्नति गर्ने गरी सडक विभागले बिहीवार टेन्डर आह्वान गरेको हो । 

Muktinath Bank

तीन वर्षभित्र सक्ने लक्ष्य आयोजनाको टेन्डर आह्वान गरिएको सडक विभाग वैदेशिक सहायता कार्यान्वन महाशाखाका उपमहानिर्देशक विजय जैसीले बताए ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘३० दिनको समय दिएर टेन्डर आह्वान छ,’ जैसीले लोकान्तरसँग भने, ‘यो सडक दुई प्याकेजमा बन्नेछ । २५–२५ किमी दुई खण्डबाट बन्नेछ ।’ उनका अनुसार यो आयोजनाको डिजाइनसमेत तयार भइसकेको छ । विस २०२० सालमा बनेको यो सडकखण्ड ६ दशकपछि स्तरउन्नति हुने भएको हो । 


Advertisment
Nabil box
Kumari

बुटवल, गोरुसिंगे हुँदै चन्द्रौटासम्म सडक स्तरउन्नति गर्ने योजना भए पनि पहिलो चरणमा बुटवल–गोरूसिंगेका लागि टेन्डर आह्वान भएको हो । यो सडक विस्तारको योजना नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले ल्याएका थिए । यो सडक बनेपछि यात्रा ४० प्रतिशतले घटने अपेक्षा गरिएको छ । बुटवल–नारायणगढ ११४ किमी सडक विस्तारको क्रममा छ । अबको सडक विस्तारले कपिलवस्तुदेखि नारायणगढसम्मको सडक यात्राको समय छोट्टिनेछ । आयोजनाको लागत अनुमान २२ अर्ब रुपैयाँ रहने छ । 

Vianet communication
Laxmi Bank

एमालेका उपाध्यक्ष पौडेलले आयोजना टेन्डर आह्वाप्रति खुसी व्यक्त गर्दै निर्धारित मितिमै गुणस्तरीय काम हुनेमा विश्वास व्यक्त गरे ।

null

‘स्थानीय जनताको चाहना र राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्दै लामो समयदेखि हामीले गरेको प्रयासअनुरूप बोलपत्र आह्वान भएको छ,’ पौडेलले भने, ‘तर, हामीकहाँ पूर्वाधार निर्माणका आयोजनाहरू निर्धारित गुणस्तर, समय र लागतमा सम्पन्न नहुने चिन्ताजनक अवस्था रहिआएको छ ।’ 

विश्वबैंकको ऋण लगानीमा सम्पन्न हुने यस आयोजनाले थप दुर्गति बेहोर्न नपरोस् भनेर स्तरोन्नति गर्न लागिएको नेता पौडेलको भनाइ छ । ‘स्वस्थ एवम् पारदर्शी प्रक्रियाद्वारा सक्षम निर्माण कम्पनी छनोट गरियोस् र छनोट हुने कम्पनीले निर्धारित समय र प्रक्षेपित लागतमा गुणस्तरीय निर्माण सम्पन्न गरोस् भन्ने मेरो चाहना हो,’ उनले थपे । 

त्यसैगरी गोरूसिंगेदेखि चन्द्रौटासम्मको १९ किमी सडकको विस्तृत डिजाइन शीघ्र सम्पन्न गरी निर्माण कार्य आरम्भ गर्नसमेत नेता पौडेलले माग गरेका छन् । विस २०२० को समयमा पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा तत्कालीन राजा महेन्द्र शाहले भारत, रुस र बेलायतको सहयोग मागेका थिए । सडकका डिभाइडर पनि बेलायती मोडलकै थिए । महेन्द्रले नवलपरासीको गैंडाकोटमा राजमार्गको शिलान्यास गरेपछि ‘महेन्द्र राजमार्ग’ नामकरण गरिएको थियो । देशमा गणतन्त्र आएपछि राजमार्गको ‘महेन्द्र’ नाम हटाएर ‘पूर्वपश्चिम’ राजमार्ग कायम गरिएको छ ।

null
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x