×

NMB BANK
NIC ASIA

संगीतमा सफलता

अहिले नाम र दाम कमाएका पाँच चर्चित लोकगायक: जो कुनैबेला विदेशिने तयारीमा थिए

काठमाडाैं | पुस ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भनिन्छ नि, ‘भाग्यभन्दा धेरै र समयभन्दा पहिला कुनै चिज प्राप्त हुँदैन ।’ भाग्य मात्रैले पुग्छ त ? भाग्य छ भन्दैमा डोकोमा दूध अडिँदैन । भाग्यलाई कर्मसँग जोडेर निरन्तर मेहनत गर्दा एक दिन अवश्य सफलता मिल्छ ।

Muktinath Bank

हरेक क्षेत्रमा समयसँगै भाग्य फेरिएका व्यक्तिहरू भेटिन्छन् । हिजो के थियो ? आज के छ ? नेपाली कलाकारिता क्षेत्रमा पनि जिन्दगी बदलेर नाम र दाम कमाएका थुप्रै कलाकारहरू छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँ लोकदोहोरी क्षेत्रका चर्चित पाँच गायकको चर्चा गरिएको छ, जो हिजो धन कमाउन विदेशिने तयारीमा थिए । आज सांगीतिक क्षेत्रबाट उनीहरूले नामसँगै राम्रो दाम कमाइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

कुलेन्द्र विश्वकर्मा 
चर्चित लोकगायक कुलेन्द्र विश्वकर्मा २०५९ सालमा विदेश जाने योजना बोकेर पर्वतबाट काठमाडौं आएका थिए । उनमा गायनप्रति सानैबाट रुचि थियो । भविष्यमा गायक बन्छु भन्ने सपना देखेका थिए । यद्यपि, परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण उनले एसएलसीपछि विदेश जाने सोच बनाएका थिए । ‘विदेशमा ३ वर्ष कमाएर फर्केपछि परिवारको अवस्था अलि सुधार हुन्छ । गायनमा बरु फर्केपछि लाग्छु भन्ने सोच थियो,’ केही समयअघि लोकान्तरसँगको कुराकानीमा उनले भनेका थिए, ‘काठमाडौं आएर कतार जाने प्रक्रिया अगाडि बढाएँ । तर मसँग अप्लाई गरेका सबै साथीहरूको भिसा आयो । मेरो आएन र रोकिनुपर्‍यो ।’

Vianet communication
Laxmi Bank

null

त्यतिबेला विदेश जान रोकिएपछि उनले काठमाडौंमा टिक्न कामको खोजी गर्न थाले । काम खोज्दै जाने क्रममा उनी दोहोरी साँझमा जोडिए । दोहोरी साँझमा गाउँदा गाउँदै गीत रेकर्ड गराए । ‘पश्चिम पूर्वको’ बोलको गीतले उनलाई एक खालको चर्चा दिलायो । 

कमाउन विदेश जान खोजेका उनी सांगीतिक कार्यक्रमको सिलसिलामा बहराइन जाने अवसर पाए । त्यसपछि विस्तारै उनले दिनमा ७–८ वटासम्म गीत गाउने माहोल बन्यो । उनको आर्थिक सकस सुधार हुँदै गयो । उनले स्वर दिएका ‘जोगीको भेषैमा’, ‘नजाऊ है सानु पधेरीमा’, ‘तिमीलाई पछुतो हुने दिन’, ‘जिम्बल बाको आँगनीमा’, ‘हाँस्न सिकायांै’, ‘डाँडै फुर्के सल्लो’ ‘मायाले के–के गरायो’, ‘सालको पातको टपरी’, ‘जलजला’जस्ता थुप्रै गीतहरू निकै रुचाइएका छन् । यीमध्ये ‘सालको पातको टपरी’ उनको मात्रै चर्चित गीत होइन्, नेपाली लोकदोहोरीको इतिहासमा युट्युबमा सर्वाधिक हेरिने गीत पनि हो । 

कुनैबेला रोजगारीका लागि विदेश जाने सोचेका कुलेन्द्र स्टेज कार्यक्रमका लागि थुप्रै देश पुगिसकेका छन् । गीत गाएर काठमाडौंमा घर, गाडी जोड्न सफल छन् । 

रामजी खाँण
लोकदोहोरी क्षेत्रका अर्का चर्चित गायक रामजी खाँण पनि कुनैबेला वैदेशिक रोजगारीमा जान तम्तयार थिए । स्याङ्जाली यी ठिटोमा  एसएलसी दिँदासम्म गायक बन्ने हुटहुटी जागिसकेको थियो । साथीभाइ, टोलछिमेक, गाउँको नजरमा उनी त्यतिबेलै गायक कहलिसकेका थिए । 

null

गीत रेकर्ड गराउन/गायक बन्न काठमाडौं जानुपर्छ भन्ने बुझेका उनी परिवारलाई फकाएर एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं आएका थिए । काठमाडौं आएर उनले दोहोरी साँझमा गीत गाए । एकपछि अर्को गीत पनि रेकर्ड गराउँदै गए । दोहोरी साँझ सँगै रेस्टुरेन्ट तथा क्यासेट कम्पनीमा जागिरको अनुभव संगालिसकेका थिए ।

तर, सांगीतिक क्षेत्रमा लागेको १० वर्ष हुँदासम्म पनि आर्थिक हिसाबले सोचेको जस्तो नभएपछि उनी निराश भएका थिए । विवाह गरिसकेका र दुई सन्तान पनि भइसकेकाले उनमा कमाउनुपर्ने दबाब थियो । ‘यतिका वर्ष भयो गीत–संगीत भनेको केही भएन, अब केही गर्नुपर्छ भन्ने कुरा परिवारबाट हुन्थ्यो । त्यसपछि कमाउन विदेश जाने मनस्थितिमा पुगेको थिएँ,’ कुराकानीका क्रममा उनले भने । 

२०६५ सालतिर उनले पासपोर्ट बनाएर भिसाका लागि म्यानपावर कम्पनीमा बुझाए । एजेन्टलाई ‘जुनसुकै कम्पनीमा जस्तोसुकै काममा भएपछि जान्छु’ भनेर आग्रह गरेका थिए । 

विदेश जाने तयारीका साथ म्यानपावरको चक्कर काटिरहेको समयमा उनको गीत सार्वजनिक भयो, ‘देउरालीको भट्टी पसल’ । शिव हमालको शब्द एवं संगीतमा रामजी र देवी घर्तीले गाएको गीत एकाएक चर्चामा आयो । लगत्तै रामजी र शिवको सहकार्यमा अर्को गीत ‘पछयौरी लेउ बैना’ सार्वजनिक भयो । रामजी र विष्णु माझीको स्वर रहेको यस गीत औधी रुचाइयो । गीत चलेसँगै विदेश जाने तयारीमा रहेका रामजीका पाइला नेपालमै रोकिए । उनलाई गीत रेकर्डिङको अफरले पछ्याइरह्यो । 

आर्थिक सकस दूर हुँदै गयो । त्यसपछि सांगीतिक करिअरमा रामजीले पछाडि फर्किएर हेर्नुपरेको छैन । ‘रक्षा गर हरि’, ‘धर्ती कुनको आकाश जूनकै हो’, ‘यो संसारको रीत’, ‘क्षितिज पारी उनको बस्तीमा’, ‘तिम्रो मेरो सम्बन्ध धेरै माथि हो’ जस्ता उनका गीतहरू निकै रुचाइएका छन् । उनी गायन मात्र नभएर मोडलिङमा समेत निकै रुचाइएका छन् । सांगीतिक कार्यक्रमकै सिलसिलामा देशविदेश गरिरहने रामजीले गायनबाटै काठमाडौंमा घर, गाडी जोड्न सफल छन् । 

प्रकाश सपूत
लोकदोहोरीमा यतिबेलाका सर्वाधिक चर्चित गायक हुन् प्रकाश सपूत । हरेक गीतबाट छुट्टै चर्चा पाउँदै आएका उनी चलचित्रको हिरो समेत बनिसकेका छन् । उनको अभिनय रहेको पहिलो चलचित्र ‘परदेशी २’ सुपरहिट सावित भइसकेको छ । धेरैलाई जानकारी नहुन सक्छ, यतिबेला सबैबाट हाइहाइ पाइरहेका प्रकाश पनि कुनैबेला वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । 

बागलुङमा निम्नवर्गीय परिवारमा हुर्किएका हुन् प्रकाश । उनका बुबाले भारतमा रोजगारी गरेर परिवार पाल्दै आएका थिए । बुवा घर फर्किएपछि परिवार पाल्ने जिम्मेवारी प्रकाशको काँधमा आएको थियो । त्यसपछि उनले कतार जाने तयारीका साथ पासपोर्ट बनाएका थिए । काठमाडौं आएर २५ दिनको सेक्युरिटी गार्डको तालिम समेत लिएका थिए । तर, सानै भएका कारण सेक्युरिटी गार्डका लागि अयोग्य ठहरिएको उनले कुराकानीका क्रममा बताएका छन् । त्यसपछि घर फर्किएका उनी केही समयपछि फेरि काठमाडौं आए । संयोगले दोहोरी साँझमा काम पाए । 

null

विस्तारै केही गीतहरू रेकर्ड गराउँदै गए । एकाध गीतहरू राम्रै चले । धेरै गीतहरूमा मोडलिङ गरे । यसैबीच उनले र्‍याप ब्याटलको अवधारणा सोचे । दोहोरी र ब्याटलको फ्यूजन गरेर ‘दोहोरी ब्याटल’ गीत निकाले । गीतले स्रोता दर्शकलाई नयाँ स्वाद दियो । प्रकाशलाई चर्चा दिलायो । त्यसपछि ‘बोल माया’ बोलको गीत ल्याए । यो गीत निकै चल्यो । यसपछि ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘कुरा बुझ्न पर्च’, ‘पीर’, ‘सकम्बरी’, ‘जाले रुमाल फाट्यो’ जस्ता उनका गीतहरू निकै रुचाइए । अहिले देशभित्र मात्र नभएर विदेशका स्टेज कार्यक्रममा पनि उनी निकै डिमाण्डेड गायनमा पर्छन् । सांगीतिक क्षेत्रबाटै काठमाडौंमै घर जोडेका उनले २ वर्षअघि आधा करोडको गाडी पनि किनिसकेका छन् । उनको नयाँ गीत ‘मुटु कटक्कै’ आउँदो शुक्रवार सार्वजनिक हुँदैछ । आफै चलचित्र निर्माण एवं निर्देशनको समेत तयारी गरेका उनी यतिबेला भने कार्यक्रमको सिलसिलामा यूकेमा छन् । 

खेम सेञ्चुरी
हिट गीतको थुप्रो लगाएका अहिलेका अर्का चर्चित लोकगायक खेम सेञ्चुरी चार/पाँच वर्ष अगाडिसम्म रोजगारीका लागि विदेश जाने सोच बनाइरहन्थे । रूपन्देहीको रुद्रपुरमा जन्मिएका, त्यही हुर्किएका उनी सानैदेखि गीत गुनगुनाउँथे । एसएलसी दिएपछि गायक बन्ने सपना बोकेर उनी काठमाडौं आएका थिए । काठमाडौं आएर ७/८ वर्ष सांगीतिक क्षेत्रमा बिताउँदा पनि आर्थिक हिसाबले सबल नभएपछि बीचमा धेरैपटक विदेश जाने सोच बनाएको स्वयंले बताएका छन् । 

null

तर, खेमको सांगीतिक यात्रामा केही यस्ता गीतहरू आए, जसले उनको रोजगारीका लागि विदेश जाने सोच अन्त्य गरिदियो । उनले संगीत भरेको ‘चिया छानेको’ बोलको गीतले राम्रो चर्चा पायो । ‘औंठी बेरुवाको’, ‘कपलु कोरेर’, ‘कामी दाइको छोरो’, ‘लरी लरी लै’ बोलको गीतलाई श्रोता दर्शकले मन पराए । त्यसपछाडि सार्वजनिक भएको ‘सोचे झैं जिन्दगी रै’नछ’ र ‘झ्यालमा पर्दा छ’ गीत त औधी चले । त्यसपछि आर्थिक सकस केही कम भएपछि उनले विदेश जाने सोच बदलेका थिए । यी गीतपछि उनी स्टेज कार्यक्रममा निकै व्यस्त बन्दै गए । उनका ‘रमरम मरौटी’, ‘सुर्ती माड्दै माड्दै’, ‘कमाउने नि हो रमाउने नी हो’ लगायतका गीतहरू पनि निकै रुचाइएका छन् । 
हिजो वैदेशिक रोजगारीमा जाने सोँच पटकपटक बनाएका खेम सांगीतिक कार्यक्रमको सिलसिलामा थुप्रै देश पुगिसकेका छन् । उनी आज स्वदेशसँगै विदेशको कार्यक्रममा पनि खोजीको गायनमा पर्छन् । 

प्रकाश दूतराज 
पछिल्लो समय यत्रतत्र, सर्वत्र छाएको गीत ‘रिमै’का गायक एवं सर्जक प्रकाश दूतराज ३ वर्ष अगाडिसम्म पनि विदेशिने सोचमा पुगेका थिए । त्यसअघि उनले ‘बैनी झ्यालैमा’ जस्तो हिट गीत दिइसकेका थिए । तर, आर्थिक हिसावले राम्रो नभएपछि उनी विदेश जाने तयारीमा पुगेका थिए । त्यसबेला उनले फेसबुकमै लेखेका थिए ‘अन्ततः परदेशिने सोच बनाएको छु थोरै खुशीहरू खोज्नका लागि ।’ यो स्टाटस अहिले पनि उनको टाइमलाइनमा भेट्न सकिन्छ । यद्यपि, यो स्टाटस् उनको विदेश जाने तेस्रो पटकको तयारीपछि लेखिएको स्टाटस् थियो । 

null

म्याग्दी जिल्लामा निम्न वर्गीय परिवारमा जन्मिएका प्रकाशमा गीत गाउने रहर सानैदेखि थियो । परिवारको जेठो सन्तान भएकाले परिवारलाई गरीबीबाट उकास्ने दायित्व पनि उनको काँधमा थियो । आफ्नो देशमा रोजगारीको भरपर्दो आधारको कमी रहेको देखेका कारण उनले विदेश जाने तयारी गरेका थिए । 

उनले विदेश जाने पहिलो तयारी १२ कक्षा पढ्दै गर्दा गरेका थिए । त्यो समय पासपोर्ट बनाए र काठमाडौं आए । यहाँ आएर उनले आफ्नो तर्फबाट सम्पूर्ण तयारी पूरा गरे तर त्यो तयारी पूरा भएन ।

त्यसपछि फेरि आफ्नै गाउँ फर्किएर दुःख गर्न थाले । २०७२ सालको भूकम्पपछि विदेश जाने तयारीका साथ फेरि काठमाडौं आए । त्यसपटक राम्रो कम्पनीमा जानका लागि केही महिना लाग्ने भनेपछि उनी गाउँ नफर्किएर दोहोरी साँझमा पुगेर गीत गाउन थाले । त्यहाँ उनी बिस्तारै रमाउँदै गए । विदेश जानुभन्दा अगाडि केही महिना काम गरौं भनेर दोहोरी साँझमा गाउन थालेका उनको कमाइ ठिकै हुन थाल्यो । यता सांगीतिक क्षेत्रमा नशा पनि चढ्दै गयो । त्यसपछि केही समय विदेशबारे सोँचेनन् । 

दोहोरी साँझमा गाउँदै गर्दा केही फरक खालका सिर्जनाहरू ल्याउने हुटहुटी चलेको थियो । त्यसबीच उनले केही गीत ल्याएका थिए । यद्यपि, उनको पहिलो हिट गीत भने ‘बैनी झ्यालैमा’ हो । केही महिनाअघि लोकान्तरसँगको कुराकानीमा उनले भनेका थिए ‘केही ऋणधन गरेर अरुसँगको सहकार्यमा गीत ल्याएको थिएँ तर, गीतहरूले सोचेजस्तो नगरेपछि सांगीतिक क्षेत्रको काममा बरु विदेश गएर आएर पनि लागूँला भन्ने सोचें र विदेश जाने तयारी थालें । म्यान पावरलाई डकुमेन्ट पनि बुझाइसकेको थिएँ ।’ 

सोहीबीचमा आएको गीत ‘घर कता हो बैनीको’, यो गीत निकै चलेसँगै उनको पाइला स्वदेशमै रोकिए । यो गीतले आफूलाई विचलित हुन नदिएको प्रकाश बताउँछन् । ‘स्रोता दर्शकले रुचाउनुभएपछि एक किसिमको बन्धनमा पनि बाधिँदो रहेछ । राम्रो गर्न छुट्टै ऊर्जा पनि मिल्दो रहेछ,’ उनले भने । त्यसपछि उनी विदेश जाने सोँच ल्यागेर गीतसंगीतमै सक्रिय रहिरहे । त्यसपछिका अधिकांश गीतले निकै माया पाउँदै गए । ‘चोली मैलै भो’, ‘जाम भो माइली’, ‘मन भुल्छ’, ‘जुन माया’, ‘देउरालीमा’ हुँदै ‘रिमै’सम्म आउँदा उनले लोक दोहोरीमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । देश विदेशका स्टेज कार्यक्रममा उनको डिमाण्ड बढ्दो छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x