×

NMB BANK
NIC ASIA

लुम्बिनी सरकार विस्तार

लुम्बिनी सरकारमा ‘डन’ पृष्ठभूमिका रोज राणाको प्रवेश र आरजू ‘कनेक्सन’

बुटवल | पुस ८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सरोज थापा उर्फ रोज राणा लुम्बिनी प्रदेशको उद्योग तथा यातायात मन्त्री बनेका छन् । गुण्डागर्दी पृष्ठभूमिका राणालाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कांग्रेस नेत्री एवं सभापति शेरबहादुर देउवापत्नी आरजू राणाको ठाडो आदेशमा सिनियर नेतालाई पाखा लगाउँदै मन्त्री बनाएका हुन् । 

Muktinath Bank

पार्टीभित्रबाट आफूविरुद्ध अप्ठ्यारो परिस्थिति सिर्जना नहोस् भनेर मुख्यमन्त्री चौधरीले ‘डन’ को पहिचान बनाएका प्रदेशसभा सदस्य राणालाई मन्त्री बनाएको पार्टीका सांसदहरूले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राणालाई मन्त्री बनाएर मुख्यमन्त्रीले आफ्नो अहिलेसम्मको साख पनि गुमाएको कांग्रेसका एक सांसदले बताए । चलचित्र निर्माणमा समेत सक्रिय रहे पनि रात्रिकालीन व्यवसायमा बदनामी कमाएका राणा प्रहरीबाट बच्न कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए । 


Advertisment
Nabil box
Kumari

राणा थुप्रैपटक पक्राउ परेर मुद्दा मामिला पनि खेपिसकेको प्रहरीको तथ्यांक छ । उनी नेपाली कांग्रेसको तर्फबाट प्यूठान प्रदेशसभा– २ बाट निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार तथा पूर्वमन्त्री हरिप्रसाद रिजाललाई १ हजार ७१२ मतान्तरले पराजित गर्दै राणा निर्वाचित भएका थिए । राणाले २२ हजार ५१९ मत पाउँदा रिजालले २० हजार ८०७ मत मात्र पाएका थिए ।

Vianet communication
Laxmi Bank

टिकट वितरणको अन्तिम दिन कांग्रेस नेतृ तथा पार्टी सभापति देउवाकी पत्नी आरजू राणाले टिकट दिएपछि उनले सोही दिन प्यूठान पुगेर नोमिनेसन दर्ता गरेका थिए ।

प्यूठान नगरपालिका साविक ऐरावती गाविसका रोज गृहजिल्ला जाँदा दाङको भालुवाङबाट उनको ग्याङका सदस्यहरूले मोटरसाइकलमा स्कर्टिङ गरेर लैजान्थे ।

फिल्मी क्षेत्रमा राणाले दादागिरी, दोस्ती, डन, म छु नि तिम्रो र टक्कर दुई मुटुकोलगायत चलचित्रमा अभिनय गरेका छन् । फिल्मको पर्दामा हिट भएका राणा अहिले जनप्रतिनिधि छन् ।

प्यूठानमा कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाको चुनावी तालमेल थियो । प्रतिनिधि सभामा जनमोर्चाकी दुर्गा पौडेल पराजित भइन् भने प्रदेशमा राणाले बाजी मारे । राणाको परिवार सशस्त्र द्वन्द्वका बेला विस्थापित भएर काठमाडौं गएको थियो । काठमाडौं गएपछि राणाले गुन्डागर्दी शुरू गरेका थिए । 

उनी कांग्रेसबाट मन्त्री बनेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टीका सिनियर नेताहरूलाई पाखा लगाउँदै राणालाई मन्त्री बनाइएको छ ।

null

मन्त्री बन्ने पहिलो प्राथमिकतामा रहेका पाल्पाका वीरबहादुर राना आफ्नो नाम काटेर राणालाई मन्त्री बनाइएपछि आश्चर्यमा परेका छन् । 

‘उहाँ (रोज) को नाम कसरी आयो मुख्यमन्त्रीलाई नै थाहा होला, उहाँको विषयमा छलफल समेत भएको थिएन । म पनि आश्चर्यमा छु,’ रानाले भने । राजनीतिमा यस्ता नयाँ–नयाँ पात्र र परिवेश आउनु नियति नै बनेको राना  बताउँछन् । 

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रदेश सरकार संस्कारशून्य बनेको आरोप लगाएको छ । राणा मन्त्री पदमा पुगेपछि राजनीतिमा मौलाएको अपराधीकरणको विकृत रूप देखिएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए । 

कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजनय तिमिल्सेनाले मुख्यमन्त्री भन्ने एउटा, गर्ने अर्कैतर्फ लागेको टिप्पणी गरे । ‘रोजलाई मन्त्री बनाएर मुख्यमन्त्रीलाई सहज होलाजस्तो मलाई लाग्दैन । राम्रो–नराम्रो अब मुख्यमन्त्रीले भोग्दै जानुपर्छ,’ तिमिल्सेनाले लोकान्तरसँग भने । 

राजमो प्यूठानका नेता विमल पोखरेलले आरजू राणाको संगतका कारण रोज राणाले कांग्रेसमा छिटो फड्को मार्न सफल भएको बताए ।

‘कांग्रेसमा ढिलो लागेर छिटो अवसर र फड्को मारेको देखिन्छ । शुरूमा उनको गुण्डागर्दी पृष्ठभूमि थियो । अहिले सुध्रिएको मैले देखेको छु,’ पोखरेलले भने । 

राणासँगै कृष्णा केसी खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री बनेकी छिन् । नेकपा माओवादी केन्द्रकी उनी लुम्बिनीमा एक मात्र निर्वाचित महिला सांसद हुन् । उनी बाँकेबाट दोस्रोपटक पनि प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

यसअघि एमालेका लीला गिरी नेतृत्वको सरकारमा पनि मन्त्री बनेकी उनले मन्त्रालय चित्त नबुझेपछि राजीनामा दिएकी थिइन् । दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन । १४ वैशाख २०८० मा ५८ सांसदको समर्थनसहित मुख्यमन्त्री बनेका चौधरीले एक वर्ष हुन लाग्दा समेत सरकारलाई पूर्णता दिन नसक्दा आलोचना बढ्दै गएको  छ ।

सरकारको मन्त्रालय थप्ने र मन्त्रालयको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै मन्त्रालयको संख्या थप गर्न बाटो खुलेको छ ।

बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली– २०७९ को अनुसूची १ र २ हेरफेर गर्ने निर्णय गरेको हो । नियमावलीको अनुसूची १ मा लुम्बिनी प्रदेशमा रहने मन्त्रालयको संख्या किटान गरिएको छ । 

अनुसूची १ अनुसार लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, अर्थ, उद्योग पर्यटन तथा यातायात, कृषि तथा भूमि व्यवस्था, खानेपानी ग्रामीण तथा सहरी विकास, भौतिक पूर्वाधार, वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय गरी १० मन्त्रालय मात्र रहने व्यवस्था छ । 

सरकारले त्यसलाई हेरफेर गर्दा मन्त्रालयको संख्या तलमाथि हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x