×

NIC ASIA

सरसर्ती २४ घण्टा

बालकुमारी घटनामा चार बुँदे सहमति–दुई मन्त्री छानबिनमा, रविलाई गृहमन्त्रीको कडा जवाफ !

काठमाडाैं | पुस १७, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

गत शुक्रवार ललितपुरको बालकुमारीमा भएको घटनामा मृतकको परिवार र सरकारबीच ४ बुँदे सहमति भएको छ । 
सोमवार गृहमन्त्रालयमा पीडित परिवारलाई रोजगारी दिने र शहीद घोषणाको लागि पहल पनि गरिने सहमति भएको हो । 
उक्त सहमतिमा गृह मन्त्रालयको तर्फबाट उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गरेका छन् भने मृतक वीरेन्द्र शाहको परिवारको तर्फबाट बुबा टेकबहादुर शाह र मृतक सुजन राउतको तर्फबाट मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहमतिमा मृतकका परिवारलाई परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १–१ जनालाई रोजगारी उपलब्ध गराउने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि सहजीकरण गर्ने, मृतक दुवैलाई शहीद घोषणाका लागि आवश्यक कदम अघि बढाउने र मृतकका परिवारले शव बुझेर गृहजिल्ला र्पुयाउने उल्लेख छ ।
००००
गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन् । विगतका दिनमा कानूनी कुराबाट उन्मुक्ति मिले पनि अब दोषी देखिए नछाड्ने उनको भनाइ छ ।


Advertisment
Rupse Holidays
Nabil box

बालकुमारीमा शुक्रवार भएको प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको विषयमा छलफल गर्न सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्रीले यस्तो बताएका हुन् । रवि प्रश्न गरेर हिँडेपछि गृहमन्त्रीले पत्रकारहरूलाई सुनाइदिनुहोला भन्दै जवाफ दिएका थिए ।

Vianet communication

‘आफूले गरेको गल्तीमा कानूनी कुराले छुट पाएँ भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर कल्पना गर्न भएन, त्यस्तो त हुँदैन, दोष छ भने पक्रेर कानूनको दायरामा ल्याइन्छ, तर प्रतिशोध शून्य हिसाबले । खुट्टा उचालेपछि भाग्न पाइहाल्छु भन्ने होइन, खुट्टा उचाले पनि छाडिन्न, सामाइहाल्छौं,’ गृहमन्त्री श्रेष्ठले भने । 

यसैबीच राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनाका विषयमा भौतिक पूर्वाधार तथा यातायात, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र मन्त्रालयमाथि पनि छानबिन गर्न निर्देशन दिएको छ ।
सोमवार समितिमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा आईजीपी वसन्तबहादुर कुवँरसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

‘उक्त घटना घट्नुमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री र मन्त्रालयको भूमिकाबारे पनि छानबिन गर्न निर्देशन दिने’ समितिको चौथो नम्बरको निर्देशनमा उल्लेख छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारीमा दुई जनाको हत्या हुनु लोकतन्त्र र गणतन्त्रमाथिको डिजाइन भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा काठमाडौंमा गरेको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले आफूसँग प्रुफ नभए पनि यसमा केही न केही डिजाइन भएको बताएका हुन् ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा वातावरण बनाउने प्रयास भएको भन्दै परिवर्तनगामी शक्तिबीच एकता हुनुपर्ने बताए । 

यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले झापाको दमकमा भ्यु टावर बनाउनु देशको प्राथमिकता नभएको बताए । 

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको भ्यु वाटरको बचाउ गरेका थिए । 
‘कांग्रेसले एकतले घरमात्र चाहेको हो ? जमिन बचाउन अग्लो भवन बनाउँदा विरोध गर्ने ? दमकको भ्यु टावर घुमाउरो र्भयाङ चढेर हेर्ने टावर मात्र होइन । अग्लो भवन भएकोले भ्यु टावर भनिएको हो । त्यो एउटै भवनमा दुई वटा अस्पताल चल्न सक्छन्, कलेज सञ्चालन हुन सक्छ । त्यहाँ कतिले रोजगारी पाए, कति पैसाको ट्रान्जिक्सन भयो ?’ ओलीले भ्यु टावरको बचाउ गर्दै भनेका थिए ।

कार्यक्रमको शुरूमा मन्तव्य राखेर ओली हिँडेका थिए । ओलीभन्दा पछि बोलेका नेता नेपालले देशको अहिलेको प्राथमिकता भ्यु टावर नभएको बताए ।

यस्तै ओलीले बालकुमारीमा मन्त्रीले गाडी लिएर भीडलाई उत्तेजित बनाएको आरोप पनि लगाएका छन् ।
००००
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर प्रदर्शन गरेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको आँगनमै पुगेर ३ युवाले सरकारविरुद्ध अर्धनग्न प्रदर्शन गरेका हुन् । उनीहरूले मान्छे मार्न पाइँदैन, नो एमसीसीलगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए ।
००००
भारतको नयाँ दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्दै आएको अभियोगमा एक नेपाली दम्पतीसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा स्याङ्जाको गल्याङ नगरपालिका( ७ ठेगाना भएका ३५ वर्षीय टीकाराम भण्डारी, उनकी श्रीमती ३१ वर्षीया अस्मिता भण्डारी, रिया वली भन्ने टीकाकुमारी वली रहेका छन् ।
००००
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सामुदायिक वनमा गोली हानी एक जङ्गली हात्ती मारिएको छ । नगरको मुनालझोडास्थित जनजागरण सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको हो ।
००००
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई छुट बिलिङ गरिएको विद्युत खपतको महशुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने नयाँ व्यवस्था गरेको छ । विभिन्न उद्योगहरुमा लाइन काटिएपछि विवाद उत्पन्न भइरहेको बेला यस्तो व्यवस्था गरिएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिए ।  
००००
आफ्ना जायज मागहरू पूरा गर्न सरकार उदासीन रहेको भन्दै नेपाल निर्माण ब्यवसायी महासंघले आक्रोश व्यक्त गरेको छ । महासंघको सडक आन्दोलन पश्चात् महासंघसँग सरकारले उच्च स्तरमा गरेको सहमति समेत कार्यान्वयन नभएपछि महासंघ आक्रोशित भएको हो । 

म्याद थप गर्ने, माइलस्टोन खारेज गर्ने, मुल्य समायोजन गर्ने, म्याद थप हुन नसक्ने आयोजनाहरु सुविस्ताको आधारमा अन्त्य गरी फरफारक गर्ने लगायतका सहमतिका बुँदाहरु कार्यान्वयन नभएको महासंघको भनाइ छ ।
००००
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उनीहरूलाई थुनामा राख्नुपर्ने कारणसहितको कैफियत प्रतिवेदन उच्च अदालत पाटनबाट झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सह(प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।
००००
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैं महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेता कार्यकर्तालाई छुटाएका छन् ।

पार्टीले आयोजना गरेको ‘राष्ट्रिय धोती दिवस’र्को याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि र्यालीमा सहभागी नेता कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x