×

NIC ASIA

सरसर्ती २४ घण्टा

भागबण्डा टुंगो लगाउन जुटे सत्तारूढ दल, ईपीएस विवादबारे कोरियासँग छलफल

काठमाडाैं | पुस १८, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

Muktinath Bank

वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले सीपबिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ । मंगलबार बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप गरिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।    


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ गतेदेखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकिएको थियो । नयाँ सूचनाअनुसार परीक्षार्थीले अब पुस २० गतेसम्म  फारम भर्न पाउने छन् ।
००००
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषय उत्पन्न विवादबारे सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफल गरेको छ । छलफलमा अदालतको आदेशपछि नेपाल  सरकारले  उत्पादन  क्षेत्रमा  पुनः  आवेदन  दिनेबारे  गरेको  निर्णयमा  कोरियाबाट सकारात्मक  प्रतिक्रिया  आएको  छ  ।
००००
राष्ट्रियसभा सदस्यको निर्वाचन नजिकिएसँग सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र संवादमा जुटेका छन् ।
आगामी माघ ११ मा हुने १९ सदस्यीय राष्ट्रियसभा सदस्यको निर्वाचनको विषयमा छलफल गर्न कांग्रेस र माओवादीको शीर्ष नेतृत्व छलफलमा जुटेका हो । 


Advertisment
Nabil box
Kumari

‘राष्ट्रिय सभा निर्वाचनको विषयमा मंगलबार डेढ घण्टाजति छलफल भयो । पहिले दलहरूले लिएको सिटको संख्या, मतभारसहितका विषयमा प्रारम्भिक छलफल भएको छ । अब फेरि सत्ता गठबन्धनका दलसँग पनि छलफल गरेर बस्ने कुरा भएको छ’ महामन्त्री गगन थापा निकट स्रोतले भन्यो, ‘गठबन्धनका कुन दलले कुन प्रदेशमा कति संख्यामा लिने भन्ने टुंगो लाग्न भने बाँकी छ ।’
००००
रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

Vianet communication

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको जानकारी दिए ।
००००
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालमा रहेका विदेशी दूतावासलाई धन्यवाद दिएको छ । 
नेपालमा पर्यटक भित्र्याएर सरकारको लक्ष्य पूरा गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्रालयले दूतावासलाई पत्राचार गरी धन्यवाद दिएको हो । 

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्र लगायत सरोकारवाला सबैलाई धन्यवाद दिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको आर्थिक समृद्धिको सपनालाई पर्यटनमार्फत साकार पार्न दूतावासहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । मंगलवार नेप्से परिसूचक ३० दशमलव ०५ अङ्कले घटेर दुई हजार ३० दशमलव १० को बिन्दुमा कायम भएको हो ।

मंगलवार तीन सय पाँच कम्पनीको एक करोड ११ लाख ८५ हजार सात सय १२ कित्ता शेयर ८५ हजार चार सय ३५ पटक खरिद–बिक्री हुँदा रू चार अर्ब चार करोड ४६ लाख ५९ हजार नौ सय २२ बराबरको कारोबार भएको छ ।
००००
वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरालले आफ्नै मन्त्रालयका मन्त्री वीरेन्द्र महतोले लगाएको आरोपको जवाफ फर्काएका छन् ।

मन्त्रालयमा मंगलवार दिउँसो सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले वन तथा वातावरणमन्त्री महतोले कर्मचारीलाई टेरेनन् भन्ने आरोपको जवाफ फर्काएका हुन् ।

बूढानीलकण्ठमा निर्माण गरिएको ‘होटल फरेस्ट इन’सम्बन्धी फाइल अगाडि नबढेपछि आक्रोशित बन्दै मन्त्रालय पुगेका नेपाली कांग्रेसका सांसद दीपक खड्कालाई सम्बोधन गर्ने क्रममा वनमन्त्री महतोले कर्मचारीले आफूलाई नटेरेको बताएका थिए । त्यसैको जवाफ दिँदै सचिव खरालले मन्त्री र प्रधानमन्त्रीले कानूनसम्मत दिएका निर्देशन आफूहरूले पालना गरेको बताएका छन् । 
कानूनमा अस्पष्टता भएमा कसैको निर्देशन पनि मान्न नसकिने उनले स्पष्ट पारेका हुन् ।
००००
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जनताले माओवादी संस्कार र संस्कृतिमा उदासीन भएको विषयमा प्रश्न उठाएको बताएका छन् ।

पार्टीले गरेको रुपान्तरण अभियानको समीक्षाबारे मंगलवार पत्रकार सम्मेलन गर्दै सापकोटाले संस्कार र संस्कृतिमा पहिले सुझबुझ देखाउने माओवादीमा अहिले देखिएको उदासीनताले प्रश्न उठाएको बताएका हुन् ।

‘हामीलाई जनताको प्रश्न छ । संस्कार र संस्कृतिप्रति पहिले पार्टीमा सुझबुझ थियो । स्पष्ट थियो । तर अहिले उदासीन भएको हो कि भन्ने प्रश्न हाम्रो अगाडि राख्नुभएको छ’ सापकोटाले भने ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । 
लामिछानेले अधिवक्ता अफताब आलमलाई वारेस राखेर काठमाडौं जिल्ला अदालतमा मंगलवार मुद्दा दायर गरेका हुन् ।
००००
लामो समयदेखि विवादमा रहेको डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विवाद समाधानतर्फ अघि बढेको छ ।
सोमवार साँझ ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x