×

NMB BANK
NIC ASIA

धनगढीमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न

काठमाडाैं | पुस १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको धनगढीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

Muktinath Bank

आयुक्त डा हरि पौडेलको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री  प्रकाश बहादुर देउवाको प्रमुख आतिथ्यमा बुधवार उक्त अन्तरक्रिया सम्पन्न भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा सुदूर पश्चिम प्रदेशका प्रमुख सचिव डा हरि लम्सालले सुशासन प्रवर्द्धन एवम् भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले सार्वजनिक जबाफदेहिता वहन गर्दै कानुन सम्मत ढङ्गले कार्यसम्पादन गर्नुपर्ने विषयलाई जोड दिए । 
यस्तै प्रदेश मन्त्री देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सबैको साझा अभिभारा भएको भन्दै सुशासन प्रवर्द्धन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका उल्लेखनीय रहेको बताए । उनले प्रदेश सरकारले सुशासन प्रवर्द्धन गर्न भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिएको विषय व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

यस्तै आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले जिम्मेवार र नयाँ सोच सहितको नागरिक समाज, निःस्वार्थी र समर्पित राजनीतिज्ञ तथा सकारात्मक र कर्मयोगी कर्मचारीतन्त्रको सहकार्यबाट सुशासन कायम राख्न सकिने बताए ।

Vianet communication
Laxmi Bank

 सहभागीहरूले राखेको जिज्ञासालाई एकमुष्ट रूपमा सम्बोधन गर्दै आयोगका आयुक्त डा हरि पौडेलले भ्रष्टाचार नियन्त्रण गर्न सबैको साझा प्रतिबद्धता आवश्यक हुने बताए । उनले निजी लाभ र स्वार्थमा नपरी सार्वजनिक हितका लागि काम गरेमा सुशासन प्रवर्द्धन हुने बताए । 

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरका कार्यालय प्रमुख सहसचिव रमेश कुमार केसीले सहभागीहरूलाई स्वागत गर्दै कार्यपत्र प्रस्तुत गरेका थिए । साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव ईश्वरी प्रसाद अर्यालले आयोगको समग्र विवरण सहितको कार्यपत्र प्रस्तुत गरेको प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x