×

NMB BANK
NIC ASIA

रुपन्देहीमा धार्मिक सद्भावको सन्देशः हिन्दूको महायज्ञ उद्घाटन बौद्ध गुरुबाट

बुटवल | पुस १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय मुलुकमा धार्मिक साम्प्रदायिकताविरोधी आवाजहरू उठिरहेको बेला रुपन्देहीको तिलोत्तमामा भने धार्मिक सद्भावको सन्देश देखिएको छ ।

Muktinath Bank

हिन्दू धर्मसँग सम्बन्धित श्रीमद् भागवत ज्ञान महायज्ञ एंव श्रृङारिक महाआरती कार्यक्रमको बिहीवार बौद्ध दर्शनका गुरु एंव लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)बाट उद्घाटन गराएर धार्मिक सद्भावको सन्देश दिइएको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पण्डित दीनबन्धु पोखरेल प्रमुख कथावाचक रहेको महायज्ञमा बौद्ध दर्शनका बारेमा देशविदेशमा प्रवचन दिने लामा प्रमुख अतिथि बनेर धार्मिक सद्भाव र नेपालीहरू एकताबद्ध रहेको सन्देश दिएका हुन । कोटहीमाई मन्दिर प्राङ्गण तिलोत्तमा नगरपालिका वडा न. १७ पकडीहवामा आयोजित महायज्ञमा हिन्दू धर्मका अगुवाहरूको उपस्थिति थियो ।


Advertisment
Nabil box
Kumari

महायज्ञको उद्घाटन गर्दै कोषका उपाध्यक्ष डा लामाले नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको बताए । उनले सबैको सम्मानजनक उपस्थिति हुनुपर्ने बताउँदै नेपालीहरूबीचको एकतालाई साझा सम्पत्ति बनाउन सक्नुपर्ने बताए । 

Vianet communication
Laxmi Bank

उपाध्यक्ष लामाले लुम्बिनी र बुद्धलाई सबै नेपालीहरुले अपनत्व मान्नुपर्ने बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनी शान्ति र पवित्रस्थल रहेकाले सबै धर्म र सम्प्रदायले अपनत्व गर्नुपर्ने उल्लेख गरे । उनले बुद्धजन्मस्थलको जिल्लामा भएको महायज्ञ आर्थिक संकलनसँगै समाजलाई जोड्ने काम गरेको पनि बताए । 

उक्त अवसरमा उपाध्यक्ष लामाले महायज्ञका लागि ५५ हजार ५५५ रुपैयाँ दिनेसमेत घोषणा गरेका छन् । कार्यक्रममा कथावाचक पोखरेलले नेपाली समाज सामाजिक रुपमा एकताबद्ध र धार्मिक रुपमासमेत मिलेर बसेको समाज रहेको बताए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x