×

NIC ASIA

सरसर्ती २४ घण्टा

अवैध लाइसेन्स बाँड्ने धन्दाको पर्दाफासदेखि सत्ता गठबन्धनमा खैलाबैलासम्म

काठमाडाैं | पुस २०, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ ।

Muktinath Bank

विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमाणमा लाइसेन्स जारी भएको खुलेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागस्थित छुट्टाछुट्टै स्रोतबाट लोकान्तरलाई प्राप्त विवरणअनुसार करोडौं चलखेल गरी ए र बी क्याटोगोरीको अवैध लाइसेन्स बाँडिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल, विभागका आईटी शाखा प्रमुख समेत रहेका निर्देशक मुकेश रेग्मी, विभागको डेटाबेसमा पहुँच प्राप्त गरेको एक कन्सल्टेन्सीका प्रतिनिधि सविन श्रेष्ठ तथा विभिन्न यातायात कार्यालयका प्रमुख एवं कर्मचारीको मिलेमतोमा ६ महिनाकै अवधिमा करिब ३० हजार अवैध लाइसेन्स विभागको सिस्टममा प्रविष्ट भएको पाइएको हो । यससम्बन्धी विस्तृत समाचार लोकान्तरमा पढ्न सकिनेछ । 
००००
परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा एस जयशंकर नेपालको औपचारिक भ्रमणमा छन् । बिहीबार बिहान नेपाल आइपुगेका जयशंकर दिनभर विभिन्न भेटवार्तामा सहभागी भए भने दुईपक्षीय बैठकपछि नेपालसँग विभिन्न सहमति  र समझदारी पनि भएका छन्। 


Advertisment
Nabil box
Kumari

जसअनसार नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकपछि जयशंकर र नेपाली समकक्षी साउदले  विभिन्न सम्झौता र समझदारीपत्र आदानप्रदान गरे । मन्त्रालयका अनुसार भारत र नेपालबिच नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) कार्यान्वयनका लागि सम्झौता भएको छ । नयाँ सम्झौतामा, एचआईसीडीपीहरूको कार्यान्वयनको लागि बजेटरी सिलिङ २० करोड बनाइएको छ ।

Vianet communication

यस्तै भारत सरकार र नेपाल सरकारबिच दीर्घकालीन विद्युत् व्यापारका लागि सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत १० वर्षको समयावधिभित्र नेपालबाट भारततर्फ विद्युत् निर्यातको मात्रा बढाएर १० हजार मेगावाट पु-याउने उल्लेख छ ।  यसका लागि नेपालको जलविद्युत् उत्पादन क्षेत्र र प्रसारण पूर्वाधारमा पारस्परिक लाभकारी लगानीलाई प्रोत्साहित गर्न आवश्यक सबै कदम चाल्ने सहमति भएको छ । 

यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले विकास गरेको मुनाल स्याटेलाइटका लागि  प्रक्षेपण सेवा सम्झौता भएको छ । नेपाली विद्यार्थीले विकास गरेको यो भूउपग्रह भारतीय प्रक्षेपण रकेटबाट निःशुल्क प्रक्षेपण गरिने सहमतिपत्रमा उल्लेख छ । 

यस्तै नवीकरणीय ऊर्जा विकासमा सहयोगसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ । यो समझदारीपत्रले  नवीकरणीय ऊर्जामा सहकार्यका लागि सकारात्मक नतिजा हासिल हुने विश्वास गरिएको छ । 

यस्तै रक्सौल–परवानीपुर लाइनको दोस्रो सर्किट, कटैया–कुसाहा लाइनको दोस्रो सर्किटसहित तीन वटा १३२ केभी अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन भएको छ । 

यस्तै भारत सरकारले उपलब्ध गराएको जाजरकोट भूकम्पपछिको राहत सामग्रीको पाँचौँ किस्ता नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । 
 यसबाहेक, जाजरकोटमा हालैको भूकम्पपछिको पुनर्निर्माणमा सहयोग पु¥याउन भारत सरकारले अनुदान सहायताअन्तर्गत करिब रु १००० करोडको आर्थिक सहायता प्याकेज उपलब्ध गराउने पनि विदेश मन्त्रालयले घोषणा गरेको छ ।

बिहीबार नै जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरे। यी भेटमा पारस्परिक हितका द्विपक्षीय विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा विदेशमन्त्रीले नेपालका अन्य वरिष्ठ राजनीतिक नेताहरूसँग पनि भेटवार्ता गरेका थिए । उनको सम्मानमा बिहीबार नै साउदले रात्रिभोजको पनि आयोजना गरेका थिए ।

यसैबीच भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ भवन जयशंकरले शुक्रबार  उद्घाटन गर्नेछन् । नेपालको कार्यक्रम सकेर उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
००००
राजनीतिक सल्लाहकारबाट दिएको राजीनामा स्वीकृत भएसँगै नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलको राजीनामा पत्र सार्वजनिक भएको छ । सार्वजनिक भएको गजुरेलको राजीनामा पत्रमा भ्रष्टाचारविरुद्ध संघर्षलाई निष्कर्ष पुर्याउँदैन भन्ने जनताको आशंकालाई निराकरण गर्न नसकिएको उनले बताएका छन् । 

‘सरकारले भ्रष्टाचारविरोधी सङ्घर्षलाई तार्किक निष्कर्षमा पुयाउँदैन कि भन्ने जनताको आशङ्कालाई हामीले पछिल्ला दिनहरूमा मेटाउन सकेनौं । आफ्नो सन्दर्भमा माओवादीले के गर्छ भन्ने जनताको शंकालाई पनि हामीले निराकरण गर्न सकेनौ,’ उनको राजीनामा पत्रमा उल्लेख छ, ‘हाम्रा यिनै कमजोरीमा टेकेर टपरटुइयाँहरूले टाउको उठाउने मौका पाएका छन् । जुन अत्यन्तै दुःखद कुरा हो । जनअपेक्षा पूरा गर्ने वातावरण नभएको वर्तमान अवस्थामा जिम्मेवारीमा रहिरहन उचित नहुने भएकाले आजकै मितिदेखि मुख्य सल्लाहकारको जिम्मेवारीबाट अलग रहने निर्णय लिएको छु ।’
००००
रुपन्देहीको भैरहवामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिएको छ । बिहीवारको अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित, पूर्वमहारानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा सहभागी थिए । कार्यक्रममा ‘राजा आउ देश बचाउ’जस्ता नारा लगाइएको थियो ।
अभिनन्दनअघि विभिन्न ठाउँबाट हजारौँ नागरिक र विभिन्न संघ–संस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।
००००
भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल भारतबीच ऐतिहासिक महत्त्वको दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीबार दिउँसो दुवै देशका ऊर्जा सचिवले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सिंहदरबारमा आयोजित कार्यक्रममा नेपालका ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि आगामी १० वर्षभित्र नेपालबाट भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने बाटो खुला भएको छ । यसका लागि जलविद्युत आयोजनाको लगानीकर्ता नेपाली या भारतीय हुनुपर्छ ।
००००
शान्ति प्रक्रिया टुंग्याउन साथ पाउने विश्वासमा एमालेलाई पनि राष्ट्रिय सभामा भागबन्डा दिने गठबन्धन दलभित्रको तयारी विवादमा परेको छ ।
२० मध्ये १९ सीटमा हुने निर्वाचनमा आफू शून्य हुने भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले कांग्रेस र माओवादीसँग आफूलाई नछुटाउन आग्रह गर्दै आएको छ । 

उसलाई ३ सीटसम्म दिन कांग्रेस र माओवादीको शीर्ष नेतृत्व तयार रहेको नेताहरूको दाबी छ । तर, एमालेबाटै छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी र कांग्रेसभित्रैको एउटा पक्ष यसको विरोधमा उत्रिएको छ । 

एमालेलाई समेत भागबन्डा दिने गरी बुधबार र बिहीबार भएको बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आपत्ति जनाएका छन् ।
००००
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टङ्कलाल घिसिडको अध्यक्षतामा बिहीवार बसेको बैठकले उक्त प्रस्ताव गर्ने निर्णय गरेको हो ।
००००
सिभिल सहकारीका अध्यक्ष एवं पूर्व सभासद इच्छाराज तामाङको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मागेको छ ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा तामाङलाई पुर्पक्षका लागि थुनामा राख्ने गरी विशेष अदालतले गरेको आदेशविरुद्ध तामाङले सर्वोच्चमा निवेदन दिएका थिए ।
००००
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेबारे पुस २५ गतेपछि मात्र आधिकारिक निर्णय गर्ने भएको छ ।
क्यानका सचिव पारस खड्काले बिहीवार वार्षिक क्यालेन्डर सर्वाजनिक गर्ने कार्यक्रममा उनलाई टोलीमा राख्ने वा नराख्ने भन्ने निर्णय २५ गतेको अदालतको फैसलापछि मात्र गरिने जानकारी दिएका छन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट कोशी प्रदेश सभाको सभामुख बन्ने लगभग पक्का भएको छ ।
गत साउन १६ मा तत्कालीन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएपछि कोशी प्रदेश सभाको सभामुख पद रिक्त छ ।
००००
शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । सातामा कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से ८.७१ अंकले गिरावट आएर २०४९.२८ बिन्दुमा कायम भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x