कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
काठमाडाैं | पुस २६, २०८०
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् ।
प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवासबाटै पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनको निवास निकै आलिसान थियो । निवासमा भीआईपीले प्रयोग गर्ने अधिकांश सुविधा उपलब्ध रहेको प्रहरीले बताएको छ ।
‘उनको घरमा स्वीमिङ पुलबाहेक हरेक किसिमका अत्याधुनिक सुविधा उपलब्ध रहेछन्,’ पक्राउ गर्न गएका एक प्रहरी अधिकारीले भने ।
घरभित्रै जिम हल, सुविधासम्पन्न बाथटबसम्मका सुविधा उपलब्ध रहेको पाइएको उनले खुलाए । बम्जनको निवासमा आउनेरजाने व्यक्तिहरूको नाइटभिजन सीसीटीभी क्यामेराबाट निगरानी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । ‘बम्जनले खाने, सुत्नेसहितका अधिकांश कोठामा उक्त सीसी क्यामेराको मोनिटर राखिएको रहेछ । उनले त्यसबाट हरेक समय प्रत्यक्ष निगरानी गर्ने रहेछन्,’ ती अधिकारीले भने ।
प्रहरी टोली घरमा छिरेको थाहा पाएपछि उनी भाग्नका लागि तेस्रो तलाबाट दोस्रो र दोस्रो तलाबाट भुइँतलामा हामफालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोकी निर्देशक तथा एआईजी किरण बज्राचार्यले पत्रकार सम्मेलनमा बताइन् ।
बम्जन तालिमप्राप्त भएकाले उनी हामफाल्दा पनि चोटपटक नलागेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार उनले जिममा दैनिक व्यायाम गर्ने गरेका थिए । साथै, कराँते, कुङ्फुलगायतका तालिम समेत गरेका छन् ।
उनको निवासबाट ३ करोड ३ लाख नेपाली रुपैयाँ तथा १७ देशको ३० लाख बराबरको मुद्रा समेत बरामद भएको छ । उक्त रकम अनुयायीहरूले दिएको दाबी बम्जनले गरेका छन् । एक आनीले बलात्कारको उजुरी दिएसँगै उनी खोजीको सूचीमा थिए । यस्तै उनले केही अनुन्यायीलाई बेपत्ता बनाएको आरोप पनि छ ।
००००
सत्ता गठबन्धनमा आबद्ध दलहरूले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन निर्वाचन केन्द्रीय समन्वय समिति गठन गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा तीन पार्टीका सदस्य रहेको समिति गठन गरेका हुन् । समितिले सातवटै प्रदेश र ७७ वटै जिल्लामा राष्ट्रियसभा निर्वाचन जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।
००००
विशेष अदालत काठमाडौंले मदन पुरस्कार विजेता नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहलाई ३ वर्षको जेल सजाय सुनाएको छ ।
रकम हिनामिना मुद्दामा दोषी ठहर्याउँदै उनलाई ३ वर्षको जेल सजायसँगै १६ लाख ६९ हजार ४२ रुपैयाँ ४४ पैसा जरिवानासमेत तोकिएको अदालत स्रोतले जानकारी दिएको छ ।
००००
विश्व बैंकले आर्थिक वर्ष २०२४–२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने बैंकले जनाएको छ ।
००००
सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिमा सभापति चयन भएका छन् । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका चार विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट, सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीकी माया पन्त, सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका वीरबहादुर थापा तथा अर्थविकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी निर्वाचित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको पहिलो दिनको बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत भएको छ ।
बैठकमा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । साथै प्रदेश समितिको तर्फबाट प्रदेश इन्चार्ज तथा तथा प्रतिनिधिले रकम चेम्जोङ, आत्माराम साह, सुशीला श्रेष्ठ, शिवलाल थापा, राजकिशोर यादव, प्रकाश अधिकारी र मालामती राना थारुले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
००००
अलपत्र परेको गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणको बाटो खुला भएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले रङ्गशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको छ ।
००००
अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज कारोबार गरेको फेला परेपछि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ‘अपरेशन केक’ शुरू गरेको छ । उक्त अपरेशनअन्तर्गत प्रहरीले हालसम्म तीन जनालाई पक्राउ गरेको छ ।
००००
प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारी घुससहित पक्राउ परेका छन् ।
कृषि प्रयोजनको लागि ल्याइएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।
००००
काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालत, पाटन जाने भएका छन् ।
जिल्ला अदालतले सुनाएको ८ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सजायको फैसलाविरुद्ध सन्दीप चाँडै उच्च अदालत जाने उनका वकिल सरोजकृष्ण घिमिरेले बताए ।
उनका अनुसार अदालतको निर्णयबाट असन्तुष्ट भएका सन्दीप पुनरावेदनका लागि उच्च अदालत जान लागेका हुन् ।
यसैबीच क्रिकेटर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीबाट अलग भएका छन् । बलात्कार मुद्दामा दोषी ठहर भएसँगै नेपाल क्रिकेट संघ (क्यान)लाई एक पत्र लेख्दै लामिछानेले आफू राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका हुन् ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी लाइसेन्स छानबिनका लागि यातायात व्यवस्था विभागमा छापा हानेको छ ।
अख्तियारको टोलीले बुधबार अपरान्ह मीनभवनस्थित विभागको कार्यालयमा छापा हानेको हो ।
झण्डै २ घण्टा लगाएर कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दियो ।
००००
नेपाल स्टक एक्सचेञ्ज परिसूचक ९ दशमलव ५० अङ्कले बढेर २ हजार ८९ दशमलव ६२ को विन्दुमा पुगेको छ ।
बुधबार तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ ।
००००
कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चयकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ ।
कोषले सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...