×

NMB BANK
NIC ASIA

रेशम चौधरीले बनाएको पार्टीमा उहाँ अध्यक्ष हुँदा म असन्तुष्ट हुने कुरै छैन: रञ्जिता श्रेष्ठ

काठमाडाैं | पुस २८, २०८०

NTC
Premier Steels

नागरिक उन्मुक्ति पार्टीका निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी सर्वसम्मत अध्यक्षमा चयन भएकोमा आफू असन्तुष्ट नभएको बताएकी छिन् । रेशमले बनाएको पार्टीमा उनी नै अध्यक्ष हुँदा आफू असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको उनले बताइन् । रेमश अध्यक्ष हुँदा आफू असन्तुष्ट भएको भन्दै गलत हल्ला फैलाइएको उनले बताइन् । 

Muktinath Bank

कैलालीको टीकापुरमा सम्पन्न महाधिवेशनले रेशमलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । ‘म आफैं निवर्तमान अध्यक्ष हुँ । अहिले रेशमजीलाई अध्यक्षमा सर्वसम्मत बनाएका छौं । म अध्यक्षको दाबेदार हुन्थेँ भने उम्मेदवारी दर्ता गराउँथे । तर, मेरा बारेमा फेसबुकमा नचाहिँदो हल्ला भए,’ श्रेष्ठले लोकान्तरसँग भनिन्, ‘नागरिक उन्मुक्ति पार्टी उहाँ (रेशम)ले जन्माएको पार्टीं हो । देशैभरका महधिवेशन प्रतिनिधिले सर्वसम्मत रुपमा उहाँलाई अध्यक्ष चयन गरेका हौ । सबैले सल्लाह गरेर उहाँलाई अध्यक्ष बनाउनुपर्छ भनेर बनाएपछि अब सिद्धियो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफू सरकारमा मन्त्रीसमेत रहेको भन्दै उनले असन्तुष्ट भएर बच्चाजस्तो नबन्ने बताइन् ।  उनी भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय मन्त्रीसमेत हुन् । ‘म सरकारमा मन्त्री छु । यतै व्यस्त पनि छु । तर पार्टीमा पद नपाएको भनेर असन्तुष्ट बन्ने बच्चाजस्तै कराएर हिँड्ने र फेसबुकमा लेख्ने पक्षमा छैन’ उनले भनिन्, ‘म महाधिवेशन स्थलमा बस्ने नबस्ने विषय अरुका लागि सरोकारको विषय होइन ।’


Advertisment
Nabil box
Kumari

हल्लामा कुनै सत्यता नभएको पनि उनको भनाइ छ । ‘महाधिवेशन नहुँदासम्म म नै अध्यक्ष थिएँ । तर पद नपाएको भनेर मैले असन्तुष्टि व्यक्त गरेको छैन । यी सबै हल्ला हुन् । यस्ता निराधार हल्लाको पछाडि लाग्नु हुन्न’ उनले भनिन् । 

Vianet communication

लोकान्तरसँगको कुराकानीपछि भने आफू कुनै असन्तुष्टि नरहेको भन्दै फेसबुकमै स्पष्टीकरण दिएकी छन् । श्रेष्ठले रेशम अध्यक्षमा निर्वाचित भएको विषयलाई सबैले सहर्ष स्वीकार्नुपर्ने जनाएकी छिन् । ‘नागरिक उन्मुक्ति पार्टी तमाम सीमान्तकृत समुदायको पहिचानको आवाज बुलन्द गर्ने पार्टी हो यसको नेतृत्वमा म थिएँ । आज  यस पार्टीको जन्मदाता पार्टीको सरक्षंक रेशम चौधरी निर्विरोध सबैले चाहेर अध्यक्षजस्तो गरिमामय पदमा हुनुहुन्छ,’ उनले सामाजिक संजालमा लेखेकी छिन्, 'यो कुरालाई सबैले सहर्ष स्वीकार्नुपर्छ न कि सामाजिक संजालमा भ्रामक कुरा गरेर पार्टीलाई कमजोर पार्ने ।’

आममाफी पाएर रेशम अदालतबाट रिहा भएपछि केहीले रञ्जिता नै अध्यक्ष हुने आकलन गरेका थिए । तर उनका श्रीमानसमेत रहेका चौधरीले नै अध्यक्ष हुने इच्छा व्यक्त गरेपछि श्रेष्ठ अगाडि नबढेको नागरिक उन्मुक्ति पार्टीका नेताहरू बताउँछन् । 

तर, माथिल्लो भूमिका दिनुपर्ने आवाज भने पार्टीभित्रै उठिरहेको छ । त्यसका लागि आन्तरिक छलफल भइरहेको नागरिक उन्मुक्तीका एक नेताले बताए । उनका अनुसार श्रेष्ठलाई सहअध्यक्ष बनाउने तयारी छ । 

टीकापुर घटनामा रेशम जेल परेपछि पार्टीको अध्यक्ष उनकी पत्नी रञ्जिता भएकी थिइन् । कैलालीको टीकापुरमा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलनका क्रममा टीकापुर घटना भएको थियो । सो घटनाको योजनाकार भएको आरोप लागेपछि उनले भूमिगत अवस्थामै २०७४ को चुनाव कैलाली १ बाट जित्न सफल भए ।

जिल्ला अदालत कैलालीले २०७५ मा जन्मकैदको सजाय सुनायो । टीकापुर घटनामा  ८ प्रहरी र एक नाबालक मृत्युको घटनाको योजनाकारको रुपमा चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालत दिपायलले दुई वर्षपछि जिल्लाको सजायलाई सदर गर्‍यो ।  

५ वर्ष तीन महिना जेल बसे पनि गणतन्त्र दिवसमा राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी गत जेठ १५ गते रिहा भएका थिए । उनी झण्डै १५ वर्ष जेल सजाय छुट पाउन सफल भए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x