×

NIC ASIA

सरसर्ती २४ घण्टा

माओवादीको विधान मस्यौदामा पूरक प्रस्ताव, पार्टीको नाम फेर्नुपर्ने

काठमाडाैं | पुस २९, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थिगत भएका छन् । 
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पेश भएको विधान मस्यौदामाथि पूरक प्रस्ताव पनि दर्ज गराइएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकमा विधान मस्यौदा समितिले तयार गरेको मस्यौदा पेश भएकामा त्यसमाथि थप प्रस्ताव पनि पेश भएको हो । नेता जनार्दन शर्माले पूरक प्रस्ताव पेश गर्दै पार्टीको नाम नै फेर्नुपर्ने उल्लेख गरेका छन् । 

Muktinath Bank

पूरक प्रस्तावमा पार्टीको नाम फेरेर ‘नेकपा समाजवादी’ हुनुपर्ने प्रस्ताव गरिएको छ । यसैगरी संगठन परम्परागत नभई आजको समस्याहरुको सम्बोधन गर्दै जनतासंग जोडिने हुुनपर्ने माग गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै केन्द्रीय समितिको बहुपदीय संरचना राख्दा एउटा पद दुई वटा भन्दा बढी नहुने र सोही बहुदीय संरचना भएको विभिन्न पदहरुको आ–आफ्नो स्पष्ट जिम्मेवारी तोकिएको हुनु पर्ने पूरक प्रस्तावमा उल्लेख गरिएको छ । 
००००
माओवादी केन्द्रले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्न प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा एकता संयोजन समिति गठन गर्नेसहितका निर्णय गरेको छ । 


Advertisment
Nabil box
Kumari

काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान सम्मेलन फागुन १ देखि ३ गतेसम्म गर्नेसहितका निर्णय गरेको जानकारी प्रवक्ता अग्नीप्रसाद सापकोटाले दिए ।
००००
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ ।  यसअघि उनलाई कुनै भूमिका नदिएको भन्दै असन्तुष्ट बनेको खबर बाहिरिएको थियो । तर श्रेष्ठले भने त्यस्तो कुनै विवाद नरहेको जकिर गरेकी थिइन् ।
००००
त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु आवागमन ३०.१८ प्रतिशतले वृद्धि भएको छ ।
सन् २०२३ मा ४५ लाख ४१ हजार १३७ जना यात्रुको आवागमन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
००००
शुक्रवार राति साढे १० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको प्रहरीले जनाएको छ । 
मृत्यु हुनेमा बाँकेका चारजना, भारतीय नागरिक तीनजना, रुकुमपश्चिम, चितवन, मकवानपुर, काठमाडौं र जुम्लाका एक–एकजना छन् । दुर्घटनामा परी बाँके खजुरा गाउँपालिका–३ का सञ्जय केसी, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, बाँके कोहलपुर–८ का २८ वर्षीय अर्पण थापा छन् ।
त्यस्तै रुकुम साविक गोतमकोट गाउँपालिका–९ का २५ वर्षीय दीपक कामी, चितवन भरतपुर नगरपालिका–२५ का ३५ वर्षीय अनिल खड्का, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरिका ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम, भौतपुरका ४५ वर्षीय चेतराम सिल्पकार र उत्तर प्रदेशका ३१  वर्षीया मुनेको मृत्यु भएको हो । सो दुर्घटनामा परी २१ जना घाइते भएका छन् ।
००००
खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । 
सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, “मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ १ गते बिहान ९ बजेदेखि काठमाडौँमा वितरण सुरु हुन्छ ।”
००००
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको  कार दुर्घटना हुँदा चालक डा महेशकुमार गौतम र उनका दुई सन्तान ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियान्स गौतमको मृत्यु भयो ।
दुर्घटनामा काठमाडौंको मैतिदेवी बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको पनि मृत्यु भयो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलमा झेल गरेर चुनाव जित्ने मानसिकता रहेको बताएका छन् ।
पार्टीका काठमाडौं ८ का सांसद विराजभक्त श्रेष्ठको एक वर्षे कार्यकालका प्रतिवेदन सार्वजनिक कार्यक्रममा रविले पुराना दल कहिल्यै नसुध्रिने बताएका हुन् ।
००००
आगामी माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि  उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ ।
निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिन्ह प्रदान गरेको हो ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x