×

NIC ASIA

सरसर्ती २४ घण्टा

गोलघरबाहिर गोरे, एमडीएमएस रोक्ने शंकास्पद निर्णय

काठमाडाैं | माघ २, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य दोषी ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई केन्द्रीय कारागार सुन्धाराको गोलघरबाट बाहिर निकालिएको छ ।

Muktinath Bank

कारागारभित्रको कारागारका रूपमा चिनिने गोलघरबाट ‘गोरे’लाई केही समयअघि नै बाहिर निकालिएको खुलेको हो ।
चालचलन सुध्रिएपछि गोरेलाई गोलघरबाट बाहिर निकालिएको केन्द्रीय कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलले लोकान्तरलाई जानकारी दिए ।
‘उसको चालचलन ठीक देखिएकाले गोलघरबाट बाहिर निकालिएको छ । बाहिर निस्केपछि पनि व्यवहार ठीकै देखिएको छ,’ सूचना अधिकारी लुइँटेलले लोकान्तरसँग भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोलघरमा लामो समय बस्दा मानसिक र स्वास्थ्य समस्या आउन सक्ने खतरा हुन्छ । ‘स्वास्थ्य अवस्थालाई पनि ख्याल गरेर बाहिर निकालिएको हो, बाहिर आएपछि पनि उसको व्यवहार सामान्य नै छ,’ सूचना अधिकारी लुइँटेलले भने । 


Advertisment
Nabil box
Kumari

गोलघरमा हुने कैदीले बस्ने, सुत्ने र खाने लगायतका सबै दैनिकी एकैठाउँमा बिताउनु पर्छ । गोलघरमा आफैं खाना पकाउने र खाने अनि त्यहीँ सुत्ने व्यवस्था हुन्छ ।

Vianet communication

जबकि बाहिर रहेका कैदीबन्दीले अन्यसँग भेट्ने, खेल्ने, मेसमा खाने लगायतका सुविधा पाउँछन् । लामो समय थुनिएर बस्दा मानसिक र स्वास्थ्य समस्या निम्तिने खतरा पनि हुन्छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताएका छन् । 

सोमबार बिहान सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खानेपानीको दिगो व्यवस्थाका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने बताएका हुन् । 

महानगरपालिकाका मेयर बालेन्द्र शाहले मेलम्ची खानेपानी परियोजनाको बारम्बार उद्घाटन गरेर नेताहरूले विश्व कीर्तिमान कायम गरेको भन्दै व्यंग्य गरेका छन् ।

राज्यको अरबौं रुपैयाँको लगानीमा वर्षौंपछि पनि मेलम्ची पूर्ण र सुरक्षितरुपमा तयार नभए पनि पाँचौंपटक प्रधानमन्त्री प्रचण्डले फेरि उद्घाटन गरेपछि बालेनले यस्तो व्यंग्य गरेका हुन् ।
००००
चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ ।
पुस मसान्तसम्ममा मुलुकले रू ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत आम्दानी र ३२ दशमलब ३५ प्रतिशत खर्च भएको छ ।
००००
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ  । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को अनुसार आयोगबाट आजदेखि माघ १२ गतेसम्म सम्बन्धित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यको आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि निर्वाचन हुँदैछ ।
००००
माघे संक्रान्तिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको दिवा भोजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । राष्ट्रपति पौडेलले माघे संक्रान्तिको अवसरमा सोमवार राजनीतिक दलका नेताका लागि शीतल निवासमा दिवा भोजको आयोजना गरेका थिए ।
 ओलीलाई निमन्त्रण गरिए पनि पूर्वनिर्धारित अर्को कार्यक्रममा जानु परेको भ्नदै उपस्थित नभएको स्रोतले बतायो । यसअघि भदौ ५ गते राष्ट्रपतिले आयोजना गरेको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताएका छन् । शीतल निवासमा आयोजित शुभकामना आदानप्रदानमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनका लागि तत्काल कानून बनाउन आग्रह गरे ।
००००
अवैध मोबाइलको ग्रे मार्केटका कारण मासिक ३० करोड रुपैयाँभन्दा बढी राजश्व चुहावट भइरहेका बेला त्यसलाई नियन्त्रण गर्नका लागि लागू भएको मोबाइल म्यानेजमेन्ट डिभाइस सिस्टम ‘एमडीएमएस’ रोकिएको छ । यो निर्णयलाई शंकास्पद रुपमा हेरिएको छ । 

२०८० पुस १७ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रीस्तरीय निर्णय गरेर एमडीएमएस रोकेकी हुन् । सरकारको नीति तथा कार्यक्रम, स्वीकृत वार्षिक कार्यक्रममा समेत एमडीएमएस लागू गर्ने भनिएको थियो ।

यसअघि २०८० भदौ ११ गते सञ्चार मन्त्री रेखा शर्माले नै मन्त्रीस्तरीय निर्णय गरेर एमडीएमएस लागू गर्ने कार्यका लागि सहमति दिएकी थिइन् । तर, २०८० पुस १७ गते मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै उक्त सहमति हाललाई स्थगन गर्न तथा एमडीएमएसका कार्यक्रम सम्बन्धमा कानून बमोजिमबाहेक कुनै भुक्तानी नगर्न नगराउन भन्दै पत्राचार गरेको छ ।
००००
नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्जवल’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खड्कालाई सोमवार अर्घाखाँचीमा पार्टीमा स्वागत गरेका हुन् । 

नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि पूर्व राष्ट्रिय सभा सदस्यसमेत रहेका खड्का फेरि माओवादीमै फर्किएका हुन् ।
००००
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
००००
माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये केही उपचारपछि फर्किसकेका छन् । माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले सोमबार टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । सोमबार देशभर माघे संक्रान्ति स्थानीय प्रचलनअनुसार मनाइएको छ । 
००००
नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाएर माघेसङ्क्रान्ति पर्वका मनाइएको छ । गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x