×

NMB BANK
NIC ASIA

अवैध लाइसेन्स प्रकरणको फलोअप [भाग–६]

विभागले गर्‍यो २९ हजारभन्दा बढी अवैध लाइसेन्स ‘इनभ्यालिड’, ७३ हजारको ‘भेरिफिकेसन’ हुँदै

विभागमा सीआईबीको छुट्टै सेल राख्नुपर्नेदेखि अहिलेको ‘सिस्टम’ नै फेर्नुपर्नेसम्म सुझाव

काठमाडाैं | माघ ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

यातायात व्यवस्था विभागले ‘डेटाबेस’मा रहेका अवैध २९ हजार १२७ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले उक्त संख्याका अवैध लाइसेन्सलाई सिस्टममा इनभ्यालिड गरिससकेको लोकान्तरसँग बताए ।

Muktinath Bank

’विभागले आन्तरिक छानबिन गर्नका लागि गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा अनुसूची १, २ र ३ बमोजिम डेटाबेसमा रहेका तर जारी नभएका अवैध २९ हजार १२७ लाइसेन्सलाई हामीले सिस्टममा इनभ्यालिड गरेका छौं,’ रिजालले भने, ’सिस्टमभित्र बेवारिसे भएर बसेका र नाम–फोटो मेटेर बेच्नका लागि बनाइएका ती अवैध २९ हजार लाइसेन्सलाई सिस्टममा राखिरहनुको साटो इनभ्यालिड गरेका हौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागले आईटी निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा नै छानबिन समिति गठन गरेको थियो । ’उक्त प्रतिवेदनका आधारमा डेटाबेसभित्र प्रदुषित भएर रहेका डेटालाई शुद्ध, विश्वसनीय, प्रदुषणरहित  र पवित्र बनाउनका लागि ती लाइसेन्स इनभ्यालिड गरिएको हो,’ रिजालले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी अवैध भएको आशंका लागेका शंकास्पद ७३ हजार ५८४ थान लाइसेन्सको थप भेरिफिकेसनका लागि सम्बन्धित कार्यालयहरूमा पठाइएको छ । ती सबै जारी भएर वितरण गरिसकेका लाइसेन्स हुन् ।

Vianet communication
Laxmi Bank

यसअघि लोकान्तरले नै ३० हजार अवैध लाइसेन्स बनेको विषयमा खुलासा गरेको थियो ।

विभागद्वारा गठित छानबिन समितिले २०७२ साल देखि २०८० मंसिरसम्म डेटाबेसमा इन्ट्री भएका १ लाख २ हजार लाइसेन्सको डेटामा छानबिन गरेको हो ।

सबैभन्दा बढी फेक लाइसेन्स कास्कीको पोखरा, चितवन, वीरगञ्ज, नवलपरासी, बुटवल, कावासोती र इटहरीबाट सिस्टममा इन्ट्री भएको विभागका एक कर्मचारीले खुलाए । यसबाहेक देशका सबै यातायात कार्यालयहरूबाट फेक लाइसेन्सको डेटा इन्ट्री भएको पाइएको पनि उनले बताए ।

’लिखित र ट्रायल नै नदिएकालाई पनि उतीर्ण भएको भनेर डेटाबेसमा इन्ट्री भएको पाइएको थियो । सक्कली लाइसेन्स पाएका व्यक्तिको सोही लाइसेन्स नम्बरमा फोटो परिवर्तन गरेर फेक लाइसेन्स इन्ट्री भएको पाइएको छ,’ उनले थपे, ’हाम्रो डेटाबेसको सिस्टम नै भल्नेरेबल भयो । यातायात व्यवस्था विभागको आईटी शाखा, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारीको नियत खराब भएर यत्रो फेक लाइसेन्स इन्ट्री भएको हो ।’

विभागद्वारा गठित छानबिन समितिले बुझाएको  प्रतिवेदनमा फेक लाइसेन्स इन्ट्री भएका तथा शंकास्पद रहेका सबै लाइसेन्सको हकमा लाइसेन्स नम्बर, व्यक्तिको नाम, थर, ठेगाना, मोबाइल नम्बर समेतको डेटा प्रिन्ट गरिएको छ ।

सीआईबीको सेल स्थापना गरेर छापा हान्न सुझाव  

अवैध लाइसेन्स प्रकरणबारे थप अनिमितता पत्ता लगाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहितको छुट्टै सेल विभागमा स्थापना गर्नुपर्ने प्रतिवदेनमा सुझाव आएको छ । यस्तै सीआईबीको उक्त सेललाई लगेर सबै यातायात कार्यालयहरूमा छापा हान्नुपर्ने प्रतिवेदनमा दिइएको छ । फेक इन्ट्री भएका २९ हजार १२७ लाइसेन्स खारेज गर्नुपर्ने, ७३ हजार ५८४ लाइसेन्स भेरिफिकेसनका लागि यातायात कार्यालयमा पठाउनुपर्ने सुझाव दिइएको छ ।

यातायात कार्यालयहरूमा विगतमा पेपर कार्डमा जारी भएका लाइसेन्स तथा ढड्डामा भएका बदमासी छानबिन गर्नुपर्नेसमेत सुझाव दिइएको छ ।

’अब नयाँ इन्ट्री गर्दा अपरेटरले गर्ने र त्यसको भेरिफिकेसन कार्यालय प्रमुखले गर्ने र एपरुभ प्रदेश सरकारको मन्त्रालयले गर्नुपर्ने भनेर हामीले प्रतिवेदनमा सुझाव दिएका छौं,’ विभागका ती कर्मचारीले थपे,’ अहिले अपरेटरले नै इन्ट्री गर्ने र भेरिफाइ पनि गर्ने काम भएकोले समस्या आएको हो ।’

अहिले जडान भएको प्रणाली नै ठीक नरहेकाले अर्को सफ्टवेयर बनाएर नयाँ प्रणाली लागू गर्नुपर्ने सुझावसमेत दिइएको उनले खुलाए ।

’अहिले भएको प्रणालीको सोर्स कोडसमेत विभागसँग छैन । जसरी राष्ट्रिय परिचयपत्र, राहदानी कार्यालयमा हाइली सेक्योर्ड सिस्टम छ, त्यस्तै सिस्टम अर्को नयाँ सिस्टम पनि विभागमा लागू हुनुपर्ने भनेर हामीले प्रतिवेदनमा सुझाव दिएका छौं,’ उनले भने ।

विभागले यातायात कार्यालयहरूमा निरन्तर निगरानी राख्न छुट्टै डेटा एनालायसिस विंग ( विवरण अन्वेषण इकाई) स्थापना गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

यसरी फेक लाइसेन्स इन्ट्री कसले गरेको हो, कुन–कुन कर्मचारी तथा विचौलियाहरू संलग्न छन् भन्ने विषयमा भने प्रतिवेदनमा उल्लेख नगरिएको उनले बताए ।

उता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित छुट्टै छानबिन समितिले पनि विभागका सम्बद्ध शाखा  र यातायात कार्यालयका कर्मचारीको संलग्नताबिना अवैध लाइसेन्स बन्न नसक्ने ठहर गरेको छ । यसर्थ विस्तृत अनुसन्धानको आवश्यकता रहेको भन्दै उसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन बुझाएको छ । अख्तियारले पनि छुट्टै अनुसन्धान गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x