×

NIC ASIA

सरसर्ती २४ घण्टा

बालेनको अर्को एक्सनदेखि कलाकारको भूमिकामा केपी ओलीसम्म

काठमाडाैं | माघ १५, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)साहले महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन् ।

Muktinath Bank

नगर शिक्षा समितिको निर्णय नभए पनि मध्यबानेश्वरस्थित रत्नराज्य स्कूललाई विज्ञान संकायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको पाइएपछि बालेनले स्पष्टीकरण सोधेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगर प्रमुख बालेनका स्वकीय सचिव भूपदेव साहका अनुसार गत शुक्रवार स्पष्टीकरण सोधिएको हो । यसअघि कर्मचारी नियुक्ति प्रक्रियामा गोलमाल गरेको पाइएपछि बालेन तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीमाथि एक्सन लिएका थिए । 
००००
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसिडपीडितको पीडा सबैको साझा पीडा भएको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

आइतबार एसिड आक्रमणबाट पीडित किशोरीको पीडा र जीवन कथालाई समेटेर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’ को शुभमुहूर्त कार्यक्रममा अध्यक्ष  ओलीले नेपाललाई एसिड आक्रमणरहित देश बनाउनुपर्नेमा जोड दिए ।

Vianet communication

यसैबीच ओलीले सो चलचित्रमा अभिनय गर्ने भएका छन् । आइतवार काठमाडौंको नयाँ बानेश्वरमा फिल्मको औपचारिक घोषणा कार्यक्रममा ओलीले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्ने जानकारी दिइएको हो ।
००००
कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालालाई थप एक कार्यकालका लागि पुनः नियुक्त  गर्ने निर्णय गरेको छ ।

 बैठकले मे २९ का दिन ‘सगरमाथा दिवस’ मनाउने निर्णय गरेको पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले जानकारी दिए ।
००००

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनका लागि आधारभूत संरचना तयार भए पनि अझै केही कानुनहरू परिमार्जन र निर्माण गर्न बाँकी रहेको बताएका छन् ।

सिंहदरबारमा आइतबार आयोजित कार्य विस्तृतीकरण परिमार्जनको मस्यौदा प्रतिवेदन माथिको छलफलमा प्रधानमन्त्रीले जनप्रतिनिधिहरू निर्वाचित भएर पनि एक कार्यकाल सम्पन्न भइसकेको अवस्थामा भोगाइका क्रममा थुप्रै ठाउँमा अस्पष्टता देखिएको बताएका हुन् ।
००००
प्रहरी समायोजन भए पनि प्रहरीको पोशाक र दज्र्यानी चिह्न भने नफेरिने भएको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ दिनभित्र प्रहरी समायोजन गर्न निर्देशन दिएपछि आइतबार गृह मन्त्रालयमा विषयगत समितिको बैठक बसेको थियो । 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा ७ वटा प्रेदशका आन्तरिक मामिला तथा कानून मन्त्रीसहितको बैठकमा यस्तो सहमति जुटेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
००००
निर्वाचन आयोगले यही माघ ११ गते सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।

आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ सदस्यका लागि सात प्रदेशमा निर्वाचन भएको थियो । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुरू गरेको संवाद यात्रा मोरङमा आइपुगेको छ । शनिबार झापादेखि शुरू भएको यात्रा आइतवार मोरङमा आइपुगेको हो । 

मोरङको पुरानो सदरमुकाम रंगेलीदेखि शुरू भएको यात्रा कटहरी विराटनगर हुँदै सुनसरी प्रवेश गर्ने नेताहरूले बताएका छन्  ।

आइतवार कटहरी चोकमा भएको संवादमा हुलाकी राजमार्गको ढिलाईले भोगेका समस्या, रेलको मुआब्जा, रोजगारीको सिर्जना, स्वास्थ्य बीमाका कारण जनताले भोग्नु परेका समस्यालगायतका विषयमा कार्यकर्ताहरूले महामन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।
००००
गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अंकको सुधार देखिएको छ ।
आइतबार नेप्से परिसूचक १० दशमलव  ३७ अंकले बढेर दुई हजार ९४ दशमलव  ४६ को विन्दुमा कायम भएको हो ।
००००
नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानलाई झनै प्रभावकारी बनाउन नेताहरूलाई जिल्ला–जिल्लामा खटाउने निर्णय गरेको छ । 

केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रारम्भ भएको अभियानअन्तर्गत कांग्रेसले फरक जिल्लामा खटिने फरक टोली तोकेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
००००
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूले प्रमुख जिल्ला अधिकारीलाई पनि प्रदेशको संरचनामा राख्न सुझाव दिएका छन् । गृहमन्त्रालयमा आयोजित प्रहरी समायोजनबारे छलफल गर्दै प्रदेश मन्त्रीहरूले सो सुझाव दिएका हुन् ।
००००
विधान संशोधनका लागि नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय परिषद् बैठक काठमाडौँमा सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकमा सो पार्टीको अन्तरिम विधान २०७८ मा जिल्ला तहबाट समेत आएका सुझावसहितको प्रस्तावित संशोधनको मस्यौदा पेश गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x