×

NIC ASIA

सरसर्ती २४ घण्टा

विमानस्थलको कुटाकुट प्रकरणमा कारबाही सिफारिस, पेट्रोलयम पदार्थको मूल्यवृद्धि

काठमाडाैं | माघ १८, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटना छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । 

Muktinath Bank

सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले बुधवार गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा दुई जना प्रहरी जवानलाई विभागीय कारबाही गर्न सिफारिस भएको छ । यसैगरी समितिले एक जना असईलाई निलम्बनका साथै विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजन गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम सेनाले उद्योग पुनः सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो।
००००
प्रहरी समायोजन ऐन, २०७६ मा केही त्रुटी भएको भन्दै परिमार्जन गर्न लागिएको छ । 
प्रहरी समायोजन ऐनमा केही विषय परिमार्जन गर्न लागिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई बताए । 


Advertisment
Nabil box
Kumari

‘प्रहरी समायोजन ऐनमा केही परिमार्जनको आवश्यकता देखिएको छ,’ प्रवक्ता भट्टराई भने, ‘उदाहरणका लागि त्यो बेलामा दज्र्यानी चिह्न कस्तो हुने भन्ने विषयमा छुटेको थियो ।’

Vianet communication

उनका अनुसार प्रदेश प्रहरीमा ‘प्रहरी नायब उपरीक्षक वा’ भन्ने वाक्यांश भएकाले त्यसलाई परिमार्जन गरेर ‘वा’ को स्थानमा ‘र’ राख्न लागिएको छ ।
००००
सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ । 

कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मंगलवार उक्त मुद्दामा मिसिल झिकाउने आदेश गरेको हो । रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो ।
००००
मेलम्ची खानेपानी विकास समिति आयोजनाका तत्कालीन कार्यकारी निर्देशक (हाल खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक) कमलराज श्रेष्ठले २७ करोड रुपैयाँको परामर्श सेवा खरिद कार्यमा अनियमितता गरेको आरोप लागेको छ ।

मेलम्ची खानेपानी विकास समिति विघटन भएको अवस्थामा अधिकार क्षेत्रभन्दा बाहिर प्रतिस्पर्धा सीमित गरी एक मात्र फर्मले लाभ पाउने गरेर स्पेसिफिकेसन बनाउनुका साथै स्पेसिफिकेसनमा पटक(पटक संशोधन समेत गरेको पाइएपछि यस्तो आरोप लागेको हो ।

श्रेष्ठलेआईआरडी(टीयुएमएएस(ईआरएमसी जेभीसँग  सेटिङमा परामर्श सेवा खरिद गरेको विभिन्न तथ्यले देखाउँछ ।
००००
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ ।  
यसैगरी एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।
००००
दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपको सुपर सिक्समा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
सुवास भण्डारीको ५ विकेटका बाबजुद नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।
००००
ताप्लेजुङमा रहँदा अचानक बिरामी भएका नेकपा (एमाले)का नेता तथा सांसद वसन्तकुमार नेम्वाङलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई बुधवार साँझ हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
००००
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले संविधानको रक्षा गर्ने कर्तव्य राजनीतिक दल भएको बताएका छन् ।  चितवनमा पत्रकारसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताए । ‘लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन’, उनले भने ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ को विन्दुमा पुगेको छ ।
आज तीन सय १३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार एक सय १० कित्ता शेयर ९५ हजार छ सय ४५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ बराबरको कारोबार भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x