×

NMB BANK
NIC ASIA

‘कट्टा हान्दिन्छु’ शीर्षकमा सातामै दुई गीत, कसको कपी भन्ने विवाद शुरू !

काठमाडाैं | माघ २२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

‘कट्टा हान्दिन्छु’ शीर्षकमा एक सातामै दुई वटा गीत सार्वजनिक भएका छन् । ​

Muktinath Bank

एलिना चौहान र खेम सेञ्चुरीको स्वरमा रहेको गीत सार्वजनिक भएको एक सातामै विश्वराम कार्कीको स्वरमा सोही शीर्षकमा अर्को गीत सार्वजनिक भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१३ दिन अगाडि खेम र एलिनाको स्वरमा ‘कट्टा हान्दिन्छु’ बोलको गीत सार्वजनिक भएसँगै चर्चामा आयो । उक्त गीतले अहिले झन्डै ४१ लाख भ्युज पाइसकेको छ । अहिले पनि यो गीत युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा छ । ​


Advertisment
Nabil box
Kumari

ओबी रायमाझीको युट्युबमा रिलिज भएको म्युजिक भिडियोमा रायमाझीसँगै आश्मा विश्वकर्माको नृत्य छ । यसको नृत्यलाई लिएर पनि छुट्टै चर्चा भएको छ । एलिनासँगै खेमले स्वर दिएको गीतमा खेमकै संगीत छ भने गीतका रचनाकार नेत्र अर्याल हुन् । 

Vianet communication
Laxmi Bank

तीन दिन अगाडि मात्र युट्युबमा ‘कटटा हान्दिन्छु’ बोलमा अर्को गीत आएको छ । विश्वराम कार्कीको स्वरमा रहेको गीतमा कार्कीजी र मेगेन्द्र सुवेदीको शब्द तथा कार्कीजी कै संगीत छ । 

यसको भिडियोमा चर्चित द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी र अभिनेता जयकिशन बस्नेतको अभिनय छ । साता दिनमा एउटै शीर्षकका दुई गीत आएपछि कसको कपी भन्ने चर्चा शुरू भएको छ । ​

रिलिजको समयलाई हेर्ने हो भने एलिनाको गीत अगाडि आएको देखिन्छ । तर, पछिल्लो रिलिज गीतका गायक विश्वराम कार्कीले एलिना र खेमको गीत भन्दा आफूले पहिले नै गीत तयार पारेर अडियो प्लेटफर्ममा सार्वजनिक गरेको दाबी गर्छन् ।

गीत रिलिज कार्यक्रममा अभिनेता जय किशन बस्नेतले पनि एलिना चौहानको ‘कट्टा हान्दिन्छु’ गीतमा आफूले चलचित्रमा बोल्ने गरेको संवादका शब्द बिना अनुमति प्रयोग गरिएको बताएका छन् । 

यो विषयमा एलिना चौहान केही बोलेकी छैनन् । उनले स्वर दिएको गीतका गीतकार नेत्र अर्याल, संगीतकार खेम सेञ्चुरी र मोडल ओबी रायमाझीले पनि आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x