×

NIC ASIA

सरसर्ती २४ घण्टा

मधेसमा उपेन्द्रलाई एक्ल्याउने रणनीति, बयान नदिन निरन्तर चलखेलमा विनोद चौधरी

काठमाडाैं | फागुन १, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ । 

Muktinath Bank

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ ।
००००
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगतभन्दा एक प्रतिशत मात्र कम गर्नुपर्ने व्यवस्था गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यो लगायत अन्य व्यवस्थाहरू गरेको छ । सोमवार साँझ बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेपछि केही नयाँ व्यवस्थासहित अर्धवार्षिक समीक्षा सार्वजनिक गरिएको हो ।


Advertisment
Nabil box
Kumari

मौद्रिक नीतिमा आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ ।
००००
अर्थमन्त्री डा प्रकाशशरण महतले चालू आर्थिक वर्षको बजेटको आकार घटाएका छन् ।
सोमवार बजेटको अर्धवार्षिक समीक्षा गर्दै १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले त्यसको ८७ दशमलव ३८ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान रहेको बताएका हुन् । 
००००
राजधानीमा सटरमा व्यावसाय गर्ने एक व्यापारीको सामान चोरी भएको घटनामा छानबिन सुरु भएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले नगर प्रहरी निरीक्षक राधाकृष्ण थापाको नाममा स्पष्टीकरण सोधेका हुन् । 

Vianet communication

२४ घण्टे स्पष्टीकरणमा उनी कमाण्डर भएपनि जिम्मेवारीमा लापरवाही भएको ठहर गर्दै चित्तबुझ्दचो जवाफ पेश गर्न भनिएको छ ।
००००
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ जना पक्राउ परेका छन् । ती मध्ये ६७ जना पुरूष र २२ जना महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।
००००
नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९–८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षितरुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ।
००००
महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र हृदयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशील पार्टी सहकार्यका लागि अन्तिम तयारीमा जुटेका छन् ।

आगामी दिनमा दुई पार्टीबीच सहकार्य गरी कार्यगत एकता गर्दै अगाडि बढ्ने विषयमा समझदारी बनिसकेको स्रोतले दाबी र्गयो । स्रोतका अनुसार सो समझदारीलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने तयारी छ । मधेशमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई एक्ल्याउने मुख्य लक्ष्य रहेको उनीहरुको छ । 
००००
बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडप्न खडा गरिएको च्याम्पियन फूटवेयर कम्पनीका शेयर सदस्य समेत रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तयारी गरिरहेको छ । तर, चौधरीले कुनै हालतमा सीआईबी नजाने अडान राख्दै भित्रभित्रै शक्तिको प्रयोग गरेर खेलिरहेको पाइएको छ ।

जग्गा हडप्ने कार्यमा विनोद चौधरीको संलग्नता सम्बन्धमा अनुसन्धान गरिरहेको सीआईबीले उनी अरुण चौधरीसरह शेयरको हिस्सेदार रहेको कागजात फेला पारिसकेको छ । अन्य तथ्यहरू पनि विनोद चौधरीतर्फ सोझिएपछि सीआईबीले बयानको तयारी गरेको हो । यो प्रकरणमा उनले निरन्तर चलखेल गर्दै आएका छन् । 
००००
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुव्र्यवहार भएको छ । सोमवार बिहान कार्यकक्षमा प्रवेश गर्नासाथ रिजालमाथि दुव्र्यवहार भएको हो ।

‘कार्यकक्षमा प्रवेश गर्नासाथ म माथि तीन जनाको समूहले रंग प्रहार गरे, उनीहरूलाई म चिन्दिनँ’ रिजालले भने ।
००००
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको रबैया ठीक नभएको भन्दै गठबन्धनमाथि नै विचार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकलाई सोमबार सम्बोधन गर्दै प्रचण्डले गत चुनावदेखि राष्ट्रिय सभा सदस्यको निर्वाचनसम्म आइपुग्दा कांग्रेसबाट पटक–पटक धोका पाएको बताएको केन्द्रीय सदस्य रामकुमार शर्माले लोकान्तरलाई जानकारी दिए । 

‘कांग्रेसले शुरूबाटै हामीलाई धोका दिएको छ । हामी ५४ सीटबाट ३२ मा र्झयौं । हामीले इमान्दारितापूर्वक कांग्रेसलाई भोट दियौं, तर उनीहरूले दिएनन् । कोशी प्रदेशमा हामीले मुख्यमन्त्री, सभामुख र राष्ट्रिय सभा सदस्य पनि गुमाउनुर्पयो, किनकि कांग्रेसले नै अन्तर्घात र्गयो,’ प्रचण्डले भने, ‘यो प्राकृतिक गठबन्धन पनि होइन । कांंग्रेसले पटक–पटक धोका दिँदै आएकाले गठबन्धनको विषय विचारणीय प्रश्न हो । तर, गठबन्धनबारे अहिले नै निर्णय गर्न उपयुक्त समय आएको छैन । शान्ति प्रक्रियालाई पूरा गर्न बाँकी छ ।’
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार नेप्से परिसूचक १५ दशमलव ३३ अङ्कले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा पुगेको छ ।
००००
लगातार तीन वटा खेल जित्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लीनस्वीप गरेको छ ।  पहिलो खेलमा रोमाञ्चक ७ रन, दोस्रो खेलमा ४ विकेटको जीतपछि अन्तिम खेलमा ९ विकेटको शानदार जीतसहित नेपालले क्लीनस्वीप गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x